मेलम्ची पानी: कुन ठाउँमा कहिले आउने सूचीसहित
११ वैशाख २०७९
•
४ मिनेट पाठ
मेलम्ची पानी: कुन ठाउँमा कहिले आउने सूचीसहित
सरकारले साढे ३६ करोड रुपैयाँ खर्चेर बाढीपहिरोले क्षतिग्रस्त मेलम्चीको हेडवक्र्सबाट अस्थायी संरचनामार्फत मेलम्चीको पानी फेरि उपत्यकामा वितरण थालेको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतबार एक कार्यक्रमकाबीच मेलम्चीको पानी पुन वितरण कार्यक्रमको शुभारम्भ गरेका हुन। मन्त्री चौधरीले चौधरीले सरकारको अथक प्रयत्नकै कारणले बाढीपहिरोले क्षतिग्रस्त भएको मेलम्चीको हेडवक्र्सबाट मेलम्चीको पानी फेरि उपत्यकाबासीको घरदैलोमा ल्याउन सकिएको बताए।




'प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको निर्देशन बमोजिम नै मेलम्चीको क्षतिग्रस्त संरचना अस्थायी रुपमा तयार पारेर मेलम्चीको पानी उपत्यका ल्याएका हौं,’ उनले भने‘ मन्त्रिपरिषद्को बैंठकले मेलम्चीबो हेडवक्र्स क्षेत्रमा थुप्रिएको ग्रेगान हटाउने काम भेरिएसन मार्फत काम गराएको थियो।’ मन्त्री चौधरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची आयोजनाको सम्पूर्ण संरचना तयार नहुँदै हतार हतारमा उद्घाटन गरेको समेत आरोप लगाए।‘पूर्वप्रधानमन्त्री ओलीले मेलम्चीको पानी आउँदैन भनेर अफ्वाह फैलाउँदै हिँडेको सुनेको छ,’ उनले भने,‘ओलीज्यूले त नेपालको पानी नखाने पनि सुनेको छु। एकपटक मेलम्चीको पानी पूर्ण रुपमा सुरक्षित छ एकपटक पिएर त हेर्नुस।’

यस्तो छ मेलम्चीको पानी वितरण हुने स्थान

महांकालचौर पानीपोखरीबाट आइतबार देखि मेलम्चीको पनि दुई दिन विराएर काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ। यो पोखरीबाट देवकोटा सडक, बत्तिसपुतली, जय बागेश्वरी, चावहिल, सिफल, मालीगाउँ, विशालनगर, नक्साल, मैतिदेवि, घट्टेकुलो, डिल्लीबजार, चारखाल, कमलादी, वागबजार,इनबहाल,ज्याठा, भोटाहिटी,कमलाक्षी,बानेश्वर, सिनामंगल, मिलनचोक,संगमचोक,न्यूरोड र त्रिपुरेश्वर एरियामा वितरण गरिनेछ।

मिनभवन ओभरहेड खानेपानी ट्याक्कीबाट आइतबारबाटै खानेपानी वितरण गर्न थालिएको छ। यो वितरण केन्द्रबाट मध्यबानेश्वर, मिलनचोक, थापागाउँ,बानेश्वरहाइट, सुविधानगर, सहयोगीनगर, हेम्स अस्पतालका क्षेत्रहरु, शान्तिनगर, गैह्रीगाँउ, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, शंखमुल,कुरिया गाउँ, श्रीनगर,प्रयागमार्ग र नापीहाइट क्षेत्रमा पानी वितरण गरिनेछ।  

अनामनगर ओभरहेड ट्याक्कीबाट पनि आइतबारबाटै पानी वितरण थालिएको छ। यो अन्तर्गत अनामनगर,घट्टेकुलो, बिजुलीबजार, माइतीघर क्षेत्रमा दिनहुँ मेलम्चीे को पाानी वितरण गरिनेछ। त्यसैगरी लगन,दलाक्षी,नायापाचोँ,न्यूरोड, त्रिपुरेश्वर क्षेत्रमा एक दिन विराएर मेलम्चीको पानी वितरण गरिनेछ।  

खुमलटार ट्याक्कीबाट पनि आइतबारबाटै खानेपानी वितरण गर्न थालिएको छ। यो मातहत धोबीघाट, अल्का हस्पिटल, चापागाउँदोबाटो, लगनखेल, प्रयागपोखरी, कुपोण्डोल, झम्सीखेल, सरस्वती मन्दिर चोक,महालक्ष्मीस्थान, सातदोबाटो र मानभवन क्षेत्रमा भने एक दिन विराएर पानी वितरण गरिनेछ।

महाराजगन्ज पानीपोखराबाट पनि वैशाख १२ गतेदेखि पानी वितरण गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ। महाराजगन्ज वितरण केन्द्रबाट सामाखुसी,दक्षिकाली मन्दिर, रानीदेवि स्कुल, लाजिम्पाट, गौरीघाट, नानीगंज,महाराजगन्ज लोकलपम्प बजार एरिया, बालुवाटार क्षेत्रमा एक दिन विराएर पानी उपलब्ध गराउनेछ।

बासबारी पानीपोखरीबाट पनि वैशाख १२ गतेदेखि नै मेलम्चीको पानी नरदेवी, रक्तकाली, क्षेत्रपाटी, गल्कोपाखा, सुन्धारा, पिपलबोट, कालधारा,धौवीचौर, महाराजगन्ज बजार, भगवानवाल,पुष्पाञ्जली मार्ग, मनोहरा लाइन, कपुरधारा, गोगंबु प्लटिङ,शितलनिवास,बालुवाटार क्षेत्र पनि एक दिन विराएर पानी वितरण गरिनेछ।

बालाजु पानीपोखरीबाट पनि वैशाख १२ गतेदेखि दुई दिन विराएर पानी उपलब्ध गराइनेछ। यो पोखरीबाट वैशाख १२ गतेबाट मात्रै मेलम्चीको पानी विभिन्न क्षेत्रमा वितरण गरिनेछ। जसमा बालाजु, नयाँबजार,वनस्थली, स्वयम्भू, डल्लु,छाउनी, र वाफल क्षेत्रमा पानी वितरण गरिनेछ।  

कीर्तिपुरको पानी ट्याङकीबाट मेलम्चीको पानी वैशाख १३ गतेबाट वितरण गरिने कार्यतालिका राखिएको छ। केयुकेएलका अनुसार यी क्षेत्रमा एक दिन विराएर पानी वितरण गरिनेछ  देवढोका, क्वांचो,चिलान्चो, जांखा, भाजंगाल,गाम्चा, र चोभार क्षेत्रमा वितरण गरिनेछ। यो लाइनबा ग्राहकले एक दिन विराएर पानी पाउनेछन्।

टिगनी ट्याक्कीबाट पनि वैशाख १३ बाट दैनिक मेलम्चीको पानी उपलब्ध गराउने केयुकेएलले जनाएको छ। यो अन्तर्गत् सिन्टिटार, बोडे, मिलरोड, भुलाखेल,सुन्दरनगर र कोरियन अस्पताल क्षेत्रमा दैनिक पानी वितरण गरिनेछ।  

भक्तपुर कटुन्जे ट्याङकीबाट मेलम्चीको पानी वैशाख १५गतेदेखि मात्रै वितरण गरिनेछ। योबाट सिर्जनानगर, चुनदेवी, सल्लाघारी, विनायक,इटाछे, भार्भाचो, क्वाछे,कालिका मन्दिर, मंगलाछे,वंशगापाल,गहिटीबजार,सूर्यविनायक र गपलीचोक क्षेत्रमा दैनिक पानी वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। केयुकेएलले पानी उपलब्धताको आधारमा पानी वितरणको समय हेरफेर हुन सक्ने जनाएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस