ग्राहकको रोजाइमा पर्दै मार्ट
१० वैशाख २०७९
•
३ मिनेट पाठ
ग्राहकको रोजाइमा पर्दै मार्ट
धनगढी–६, मटियारीकी सरस्वती क्षेत्री दैनिक उपभोग्य सामान किनमेलका लागि अचेल पसल पसल धाउन छाडिसकेकी छिन्। उनी धनगढीमा रहेका मार्टमा छिर्छिन् र चाहिने घरायसी सामान त्यही मार्टबाट उठाउँछिन्। धनगढीमा ठाउँ–ठाउँमा मार्टहरू सञ्चालन भएपछि उनी मात्रै होइन, धेरै ग्राहकको रोजाइमा तिनै मार्टहरू पर्न थालेका छन्।




‘घरायसी सामान किन्न पसल पसल धाउनु भन्दा एउटै छानामुनि रहेको मार्टमा छिरेपछि सबै सामान त्यहीं पाइन्छ’, उनले भनिन्– ‘यस्तो उखरमाउलो गर्मीमा पसल पसल चाहर्नु भन्दा मार्टमै गए सजिलो मात्रै नभई सस्तो र सुलभ सामान पाइने रहेछ।’ आफू पछिल्लो समयमा सामान किनमेलका लागि मार्टमै जाने गरेको उनले बताइन्। धनगढीमा एकपछि अर्को गर्दै ठाउँ ठाउँमा मार्टहरू खुलेपछि पसल पसल धाइरहनु पर्ने झन्झटबाट मुक्त भएको उनको भनाइ छ।

सरस्वती मात्रै हैन, धनगढीकी सिर्जना जोशी पनि सामान किन्न मार्टमा जाने गरेकी छिन्। मार्टमा एउटै छानामुनि सबै सामान सहजै पाउन सकिने र अन्य ठाउँको तुलनामा सस्तो पनि हुने गरेको उनले बताइन्। ‘अन्य खुद्रा पसलमा गएर सामान किन्दा बार्गेनिङ गर्नु भन्दा एउटै छानामुनि सबै सामान सस्तो दरमै पाइने गरेको छ’, उनले भनिन्– ‘त्यसैले पनि म अचेल सामान किन्न मार्टमै छिर्ने गरेकी छु।’ मार्टमा ब्राण्डेड सामान पनि पाइने गरेको उनले बताइन्। ‘मार्टमा लोकल सामान नभई ब्राण्डेड सामानहरू पाइने गर्छ’, उनले भनिन्–‘मूल्य र क्वालिटीका लागि मार्ट नै सहज र विश्वासिलो लाग्ने गरेको छ।’

बजारभरिका पसल–पसल डुलेर सामान छान्दै किन्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिलाउन धनगढीमा पछिल्लो समयमा एकपछि अर्को गर्दै मार्टहरू सञ्चालनमा आउन थालेका छन्। एउटै छानामुनि दैनिक उपभोग्य सामानका साथै अन्य घरायसी सामग्रीहरू सहजरूपमा उपलब्ध गराउन पछिल्लो समयमा मार्टहरू सञ्चालनमा आउन थालेपछि ग्राहकको रोजाइमा पनि मार्ट तथा ठूला डिपार्टमेन्ट स्टोर पर्न थालेका छन्।

परम्परागत शैलीको व्यापार व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समय ग्राहकको रोजाइ र समय बचत गराउन मार्टहरू सञ्चालनमा आउन थालेका हुन्। मार्ट सञ्चालनमा आउन थालेपछि यहाँका ग्राहकको रोजाइमा पनि पसल पसल डुलेर सामान किन्नुभन्दा एउटै छानामुनि सबै सामान पाइने मार्ट पर्न थालेका हुन्। धनगढीमा मात्रै ओम ट्रेड सेन्टर, चौलानी डिपार्टमेन्ट स्टोर, चौलानी मार्ट, भूमिराज मार्ट, साथी मार्ट, बिबी मार्ट र हेलो मार्ट सञ्चालनमा आएका छन्। धनगढीको भर्जिन मार्केटलाई लक्षित गर्दै पछिल्लो समयमा काठमाडौंको भाटभटेनीले पनि आफ्नो शाखा सञ्चालनमा ल्याउन भवन निर्माण गरिरहेको छ।

धनगढी सुदूरपश्चिमकै प्रमुख व्यापारिक केन्द्र रहेको र यहाँ व्यापार व्यवसायको अथाह सम्भावना रहेको बिबी मार्टका सञ्चालक हरिष चटौत बताउँछन्। ‘धनगढी प्रदेशकै ठूलो सहर भएको छ’, उनले भने– ‘त्यसैले यहाँ मार्ट संस्कृतिको विकास भइसकेको छ।’ यहाँका ग्राहकले समयको सदुपयोगका साथै सबै सामग्री एउटै छानामुनि खोज्न थालेकाले मार्ट संस्कृतिको विकास भएको उनी बताउँछन्। ‘यहाँ ठाउँ ठाउँमा मार्टहरू खुल्न थालेका छन्’, उनले भने– ‘मार्ट संस्कृतिको विकास हुनुका साथै समय अभाव तथा व्यस्त जीवनशैलीका कारणले मार्ट संस्कृति मौलाउन थालेको हो।’

यस्तै एकपछि अर्को गर्दै मार्टहरू खुल्न थालेको नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटी बताउँछन्। उनले भने– ‘धनगढीका मानिसको जीवनशैली व्यस्त हुँदै गएकाले उनीहरू दैनिक उपभोग्य सामान किन्न पसल पसल धाउन छाडेर मार्ट रोज्न थालेको छन्।’ ग्राहकको मार्टप्रतिको रोजाइ र विश्वास पलाउन थालेपछि धनगढीमा मार्ट, डिपर्टमेन्ट स्टोरहरू खुल्न थालेको उनी बताउँछन्। ‘एउटै छानामुनि सस्तोमा सबै सामग्री पाउने भएपछि यहाँका उपभोक्तालाई सामान किन्न बजार डुल्ने समयको बचत हुनुका साथै रिक्सा तथा मोटरसाइकलमा इन्धनको बचत हुन थालेको छ’, उनले भने– ‘त्यसैले पनि मार्टप्रति ग्राहकको आकर्षण बढ्दो छ।’ परम्परागत व्यापार व्यवसायलाई परिमार्जन तथा परिवर्तन गर्दै अहिले यहाँका व्यापारीहरूले पनि मार्ट ‘कन्सेप्ट’ सञ्चालनमा ल्याउन थालेको उनी बताउँछन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
यो पनि पढौँ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस