पालुङटारको च्याङ्लीमा साढे चार करोडको ‘म्याङ्गो गार्डेन रिसोर्ट’
०४ वैशाख २०७९
•
३ मिनेट पाठ
पालुङटारको च्याङ्लीमा साढे चार करोडको ‘म्याङ्गो गार्डेन रिसोर्ट’
म्याङ्गो गार्डेन रिसोर्ट। तस्विर: नागरिक
आँपको बगैँचाका केही रुखलाई चौतारो जस्तै गरी घेरिएको छ। एकै ठाउँमा ३९ वटा आँपको बिरुवा छन्, त्यही बगैँचाको बिचमा सुन्दर रिसोर्ट छ।




गोरखाको पालुङटार नगरपालिका ७ नयाँ पुलको कामधेनु गाई फार्म छेउमा २० रोपनी जग्गामा स्थानीय मिलेर साढे चार करोड लगानीमा रिसोर्ट संचालन गरेका हुन्। नयाँ वर्षको अवसर पारेर २०७९ वैशाख १ गतेबाट रिसोर्टले सेवा सुरु गरेको छ।

‘कोलाहाल वातावरणमा मुक्त हुन, पारिवारिक जमघट र बिदाको सदुपयोग गर्न पनि यो रिसोर्ट उपयुक्त छ’ होटलका सञ्चालक समिति अध्यक्ष राजिबराज पन्तले भने। रिसोर्टमा स्विमीङ पुल छ। बाल उद्यानका सामग्री पनि राख्ने तयारी छ। बालवालिका खेल्ने, भुल्ने ठाउँकोरुपमा पनि विकास गर्ने उनले बताए। रिसोर्टभित्र कलात्मक ढुङ्गो धारामा पानी झरिरहेको, पानीको फोहोरा घुमिरहेको, आँपको रुखलाई चौतारोको रुपमा सिङ्गारिएको दृष्य निकै लोभलाग्दो छ। राजमार्ग छेउबाट झट्ट देख्दा भन्दा रिसोर्टभित्र गएर हेर्दा गार्डेनका फूल र सजावटले ग्राहकको मन लोभ्याउँछ।  

होटलमा १० वटा रुम छन्। दुईवटा छुट्टै घरसहितको रुम छ भने आठ वटा रुममा एसीसहितका सुविधा छन्। रिसोर्टभित्र कटेजहरु रहेका संचालक प्रकाश खनाल बताउँछन्। ग्राहकले आँपको रुखको छहारीमा बसेर हरियाली वातावरणमा बिभिन्न परिकार खान पाउँछन्। रिसोर्टभित्र ८० जना अट्ने क्षमताको हल पनि छ।

आँपको बगैँचाभित्र रिसोर्ट तयार गरिएको छ। ३९ वटा आँपको रुखलाई रिसोर्टभित्रै सजाईएको छ। सिजनका बेला रिसोर्टका पाहुनालाई निशुल्क आँप खुवाउने योजना पनि उनीहरुको छ। राजमार्ग छेउमा शान्त र पारिवारिक वातावरण, धुवाँ धुलो नभएकाले रिसोर्ट ग्राहकको रोजाईमा पर्ने अपेक्षा संचालकले लिएका छन्।  

ग्राहकलाई अर्गानिक खाना खुवाउने र स्थानीय उत्पादनमा जोड दिने अध्यक्ष पन्तले बताए। खसी, कुखुराको मासु, मस्र्याङ्दीको माछा, साग, सब्जी, दुध, दही पनिर, घ्यूका परिकार स्थानीय स्तरमा उत्पादित प्रयोग गर्ने उनले बताए। ‘अहिले हामी नजिकै गाउँबाट खरिद गर्छौँ, बिस्तारै सागसब्जीहरु आफैँ लगाउने, कुखुरा पाल्न लगाएर किसानसँग किन्ने योजनामा छौँ’, अध्यक्ष पन्तले भने।  

रिसोर्टले आसपासका राजमार्गको होटल भन्दा आफ्नो रिसोर्टमा मूल्य पनि सस्तो रहेको दावी गरेको छ। स्थानीय उत्पादन ल्याएर ग्राहकलाई सहुलियतमा दिने संचालक सदस्य निशान पाठकले बताए। ‘हाम्रो जस्तै अन्य रिसोर्टको मेनु भन्दा हाम्रोमा ३० प्रतिशतसम्म कम मूल्य छ’, उनले भने। दुई हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्मका कोठा रिसोर्टमा उपलब्ध छ। रिसोर्टको मुख्य आकर्षक रमाईलो  शान्त वातावरण, स्विमङ पुल र लोकल अर्गानिक परिकार हो।

‘हामीले निर्माण सुरु गर्दा कोभिड सुरु भएकाले पूरा गर्न साँढे दुईवर्ष लाग्यो’, संचालक मध्येका एक निशान पाठकले भने ‘कोभिडका कारण समय धेरै लाग्ने खर्च पनि बढ्यो।’ पृथ्वीराजमार्गको आँबुखैरेनी डुम्रे सडक खण्डको नयाँ पुल तरेपछि गोरखातर्फ रिसोर्ट रहेको छ।

सोही ठाउँमा कामधेनु गाई फार्म संचालन गरेर बसेका राजिबराज पन्त, निसान पाठक, रमेशप्रसाद कँडेल र प्रकाश खनाल मिलेर उक्त रिसोर्ट संचालनमा ल्याएका हुन्।  फरक फरक पेशा ब्यवशाय गर्दै आएका उनीहरु मिलेर होटल ब्यवशाय सुरु गर्ने योजना तीनवर्ष अघि बनेको संचालक सदस्य पाठक बताउँछन्।  

रिसोर्टले केही समयपछि पर्यटकलाई लक्षित गरेर लिगलिगकोट, मनकामना, गोरखकाली लगायत गोरखाका धार्मिक, पर्यटकीय स्थलमा घुमाउने गरी प्याकेज संचालन गर्ने योजना बनाएको संचालक समितिका अध्यक्ष राजिबराज पन्तले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस