२० वर्ष पुराना गाडी गुडाउन चलखेल
२९ चैत्र २०७८
•
४ मिनेट पाठ
२० वर्ष पुराना गाडी गुडाउन चलखेल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले २० वर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्ने भन्दै चलखेल सुरु गरेकी छन्। मन्त्री यादवले यातायात व्यवसायीसँगको मिलेमतोमा प्रतिबन्ध उल्टाउने योजना बनाएकी हुन्।




मन्त्री यादवले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौं महाधिवेशनको उद्घाटनका क्रममा २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन दिने वा नदिने विषयमा मन्त्रालयमा छलफल भइरहेको अभिव्यक्ति दिएकी थिइन्।

विदेशी डलर सञ्चितिको मात्रा घटेको कारण देखाउँदै २० वर्षे थोत्रा गाडीलाई फेरि सडकमा गुडाएर सर्वसाधारणको जीउधनमाथि खेलबाड गर्न खोजिएको छ। २०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले २० वर्षभन्दा पुराना सम्पूर्ण सार्वजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट २०७३ फागुन १८ देखि २० वर्ष नाघेका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको थियो। त्यसैगरी सरकारले १ चैत २०७४ देखि मुलुकभर २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन गुडाउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यस्तै १५ वर्ष पुगेका सार्वजनिक सवारीसाधनको हेरफेर दर्ता समेत नगर्ने निर्णय भएको थियो।

यातायात व्यवसायीको चर्काे दबाबका कारण मन्त्री यादव यसअघिको निर्णय उल्टाउने प्रयासमा जुटेकी छन्। ‘यातायात व्यवसायीले सुरुवातदेखि नै २० वर्ष पुराना सार्वजनिक सवारीसाधनमा प्रतिबन्ध लगाउन नहुने बताउँदै आइरहेका थिए,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मन्त्रीज्यूले मुलुकमा विदेशी डलर सञ्चितिको अभाव देखाउँदै २० वर्ष नाघेका सवारीसाधनको प्रतिबन्ध खुलाउने विषयमा व्यापक मात्रामा छलफल गर्दै आइरहनुभएको छ ।’ ती उच्च अधिकारीले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनको प्रतिबन्ध हटाउने विषयमा मन्त्री यादवले विभिन्न चरणमा छलफल गरेको बताए।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजयबहादुर स्वाँर लामो समयको प्रयासपछि मात्रै यातायात व्यवसायीले २० वर्ष नाघेका सवारीसाधनको विषयबारे सरकारलाई बुझाउन सकेको बताउँछन्। उनले २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनको प्रतिबन्ध हटाउने भन्दा पनि वैज्ञानिक आधारमा अध्ययन गरेर यसअघि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताए। ‘सवारीसाधनको २० वर्षे आयु केलाई मान्ने ? गाडी गुडेको किलोमिटरको आधारमा मान्ने कि गाडी आयात गरेको वर्षलाई मान्ने भन्ने विषयमा विवाद छ,’ उनले भने, ‘सरकारसमक्ष सार्वजनिक सवारीसाधनको आयु सम्बन्धमा वैज्ञानिक तबरले अध्ययन गरेर निर्णय गर्न बारम्बार माग गर्दै आएका छौं।’

अध्यक्ष स्वाँरले २० वर्षे नीतिकै कारण बर्सेनि ठूलो रकम सवारीसाधन आयात गर्दा बिदेसिने भएकाले पनि यस्तो नीतिमा परिमार्जन गर्नुपर्ने तर्क गरे। ‘गुडाउन योग्य भएका सार्वजनिक सवारीसाधनलाई २० वर्षे मापदण्ड मात्रै देखाएर रोक्नु हुँदैन,’ उनले भने, ‘सवारीसाधनको अवस्था लगायतका पक्षलाई हेरेर निर्णय गर्दा उपयुक्त होला।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुनजंग थापाले मुलुकमा विदेशी विनियम डलरको सञ्चिति घट्दै गइरहेको अवस्थामा सवारीसाधनको आयात केही समय रोक्नुपर्ने भएकाले पनि मन्त्रालयले यो विषयमा छलफल सुरु गरेको बताए। ‘अहिले सवारीसाधन आयातमा केही समय रोक लगाउनुपर्ने अवस्था भयो। त्यो कारणले पनि यो विषयमा छलफल चलिरहेको छ। अहिलेसम्म निर्णय भने भइसकेको छैन।’

सहसचिव थापा २० वर्षे सवारीसाधनमा प्रतिबन्ध लगाइएको निर्णय उल्टाउनेभन्दा पनि केही समयका लागि चल्न दिने कि भन्ने विषयमा मात्रै कुरा उठेको दाबी गर्छन्। ‘यातायात व्यवसायीले २० वर्ष नाघेका सवारीसाधनको प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आइरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म यो विषयमा कुनै पत्राचार वा निर्णय भइसकेको छैन।’

विभागका अनुसार २० वर्षे नीतिका कारण २०७५ सालसम्म १६ हजार सार्वजनिक सवारीसाधन चलाउन प्रतिबन्ध लागेको थियो। १६ हजारमध्ये आठ हजार सार्वजनिक सवारीसाधन बिग्रिएर वा अन्य कारण ग्यारेजमा थन्किएका छन्। महासंघका अनुसार हाल काठमाडौं उपत्यकामा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन २१ सयभन्दा धेरै छन्। त्यसैगरी मुलुकभर २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनको संख्या ७५ सयभन्दा धेरै छ।  

महासंघका अनुसार हरेक वर्ष २० वर्ष पुग्ने सवारीसाधनको संख्या थपिँदै जाने गर्छ। अहिले यातायात व्यवसायीले २० वर्ष पुग्नै लागेका सार्वजनिक सवारीसाधन विभिन्न विद्यालयलाई बेच्ने गरेका छन्। निजी विद्यालयले ती सार्वजनिक सवारीसाधनलाई निजी बनाएर विद्यालयका विद्यार्थी ओसारपसारका लागि प्रयोग गर्दै आइरहेका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धानले ३८ प्रतिशत वायुप्रदूषण सवारीसाधनको धुवाँका कारण भएको देखाएको छ।
अर्को समाचार
मन्त्री यादवले प्राथमिकता छुट्याएर काम गर्ने
२२ असोज २०७८
•
१ मिनेट पाठ
मन्त्री यादवले प्राथमिकता छुट्याएर काम गर्ने
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन्।




शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी हुन्। ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के के छ, प्राथमिकताको रुपमा म यो देशको लागि सर्वप्रथम आवश्यक चीज के के हुन् प्राथमिकताको रुपमा छुट्याउछु र त्यो अनुसारले म अगाडी बढाउँछु।’

मन्त्री यादवले देश कोरोनाको कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पूरा गर्ने बताइन्। 
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस