महोत्सवमा स्थानीय उत्पादनतिर आकर्षण
२८ चैत्र २०७८
•
४ मिनेट पाठ
महोत्सवमा स्थानीय उत्पादनतिर आकर्षण
इलामको ठूलो टुँडिखेलमा जारी महोत्सवमा ढाका कपडाको स्टल। तस्बिरः भीम/नागरिक
परीपरीका टोपी र परीपरीका साढी–चोली। गलबन्दी, दौरा–सुरुवाल, सर्ट, इस्टकोट। इलाम नगरपालिका–७ की तीला लिम्बूले सदरमुकामको ठूलो टुँडिखेलमा ढाकाका उत्पादन बेचेको ४ दिन भयो। ‘पहिलो दिन त सुनसानजस्तै भो, त्यसयताको बिक्री राम्रो छ,’ उनले भनिन्, ‘८ दिनमा २ लाख रुपैयाँजतिको ढाका बेच्ने लक्ष्य छ।’  




चैत २५ देखि इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा केचना–कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव चलिरहेको छ। मेची क्षेत्रका इलाम, पाँचथर, ताप्लेजुङ र झापाका विभिन्न स्थानीय उत्पादन महोत्सवको आकर्षण बनेका छन्। इलाम सदरमुकामकै सम्झना ढाका उद्योगकी व्यवसायी लिम्बू कुनैबेला आफ्नो स्टलमा ग्राहकको भिड लागेको र कुनैबेला भने सुनसान पनि भएको बताउँछिन्। ‘महोत्सव सुरु भएको आज (सोमबार) चार दिन भयो, सुरुको दिनबाहेकका ३ दिनको व्यापार राम्रो छ,’ उनले भनिन्, ‘व्यापार त हुने नै हो, त्योभन्दा ठूलो मौका चाहिँ हाम्रो उत्पादन यस्तो छ है भनेर धेरै मानिसलाई एकैपटक देखाउन पाइएको छ।’  

इलाममात्र होइन, महोत्सवमा ताप्लेजुङदेखिका व्यवसायीले स्थानीय उत्पादनको स्टल राखेका छन्। ढाका, अल्लोका कपडा, अचार, दूधका परिकारलगायत स्थानीय उत्पादनले महोत्सवमा बजार पाएको छ। त्यतिमात्र होइन, चारै जिल्लाका उत्पादनमा आगन्तुक लोभिएका छन्। इलाममा उत्पादित अकबरे खोर्सानी, स्थानीय उत्पादनको अचारका दर्जनौ परिका महोत्सवको एकै स्टलमा छन्।  

सदरमुकामकै नमुना कलेक्सन अचार उद्योगकी सीता बाँस्कोटाले महोत्सवमा खोर्सानी, खोर्सानीको पेस्ट, टिमुर, कागतीको अचार, लसुन, आँपलगायतको अचारका परिकारको स्टल राखेकी छिन्। उनको पनि व्यापार बढ्दोक्रममा छ। ‘हिजो (आइतबार) स्टल सुरु गरेकामा सुरुको दिन हावा–हुन्डरीले बाधा गर्‍यो, आजदेखि व्यापार राम्रो भएको छ,’ उनले भनिन्, ‘यहाँ नकिनी पछिलाई अर्डर गरेर जाने ग्राहकहरू पनि आउँदैहुनुहुन्छ।’ उनले महोत्सवको समापनसम्ममा व्यापार आसलाग्दो नै रहने सम्भावना देखिएको बताइन्। ‘मेलाहरूमा आफ्ना उत्पादनको प्रचारसमेत हुने भएकाले व्यापारलाई मात्र फाइदा हेरिँदैन,’ उनले भनिन्, ‘यहाँ यस्तो उत्पादन पाइन्छ भन्ने थाहा हुनु पनि व्यापार हो।’

इलामको ठूलो टुँडिखेलमा जारी महोत्सवमा अचारको स्टल।
ताप्लेजुङको फुङलिङकी आशा आङ्बुहाङले अल्लो, खाँडीका कपडा, ब्याग, ढाकाको बथान, चोलीलगायत उत्पादनको स्टल राखेकी छिन्। उनले महोत्सवमा कारोबार राम्रै भइरहेको बताइन्। ‘कारोबार पनि भइरहेकै छ, हामीले उत्पादन गरेका सामानको प्रचार पनि भएको छ,’ आङ्बुहाङले भनिन्, ‘एक सय ६० देखि ७ हजार रुपैयाँ प्रतिगोटासम्मका कपडा बिक्रीमा राखेकी छु।’  

महोत्सवमा ७० स्टल तयार गरिएका छन्। अब १२ वटा भरिन बाँकी छ। यी स्टल पनि पाँचौं दिनदेखि भरिने सम्भावना रहेको आयोजक बताउँछन्। अहिले महोत्सवमा इलामको चिया, छुर्पी, बम्बइसन, ललीपप, घिउदेखि फूलका बिरुवासम्म स्टलमा अटाएका छन्। मेची क्षेत्रका जिल्ला–जिल्लाबाट आफ्नो स्थानीय उत्पादन मेलामा स्टल राखिएको महोत्सवको मूल आयोजक केचना–कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताउँछन्। ‘पर्यटकीयस्थलको प्रचारका सामग्रीसमेत स्टलमा रहने छन्,’ उनले भने, ‘महोत्सवका माध्यमबाट मेची क्षेत्रको पर्यटक प्रवर्द्धन गर्नु हाम्रो उद्देश्य हो।’  

महोत्सवअन्तर्गत नै फिल्म क्षेत्रबाटसमेत यहाँको पर्यटन प्रवर्द्धन प्रयास गरिँदैछ। यस क्षेत्रका युवाका लागि फिल्म उत्पादनबारे कार्यशालासमेत आयोजना गरिएको छ। कार्यशालामा  १ नम्बर प्रदेशस्थित नेपाल चलचित्रकर्मी संघले युवालाई अभिनय, निर्देशन र क्यामेराबारे सिप सिकाउँदै छ। फिल्म निर्माता केबल तामाङले पर्यटन प्रवर्द्धनका लागि फिल्मको ठूलो भूमिका हुने भएकाले कार्यशाला राखिएको बताए।  

महोत्सवमा प्रत्येक साँझ विभिन्न चर्चित कलाकारको प्रस्तुतिले दर्शक–स्रोता आकर्षित गरिरहेको छ। महोत्सवमा कलाकारहरू रचना रिमाल, तुल्सी घिमिरे, दीपकराज गिरी, दीपाश्री निरौला, उत्तम प्रधान, पूजा शर्मालगायत सहभागी हुँदैछन्।  

लामो समयदेखिको कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र र अन्य व्यवसाय उकास्न महोत्सव आयोजना गरिएको हो। केचना–कञ्चनजंघा पर्यटन विकास समिति, होटल एसोसिएसन, इलाम उद्योग वाणिज्य संघ, इलाम नगरपालिकाअन्तर्गतको पर्यटन समितिलगायत दर्जन हाराहारी संघ–संस्थाको सहकार्यमा इलाममा महोत्सव आयोजना गरिएको हो।  

महोत्सवले चारै जिल्लाको कृषि, स्थानीय कला, संस्कृतिलगायतको प्रवर्द्धन गर्दै बजारीकरण गर्न महोत्सवले सघाउने आयोजक मूल समिति संयोजक धौरालीले बताए। महोत्सवमा पालिकाहरूबीच व्यापारिक समन्वयका लागि अन्तर्क्रियासमेत राखिएको छ। कार्यक्रममा चार जिल्लाका ४२ पालिकाका प्रमुख र व्यवसायीहरू भेला भइ पर्यटन, कृषि, कला, संस्कृतिलगायतको आदानप्रदान गर्नेछन्। ‘महोत्सवमा पालिकाहरूले आ–आफ्ना पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नेछन्,’ धौरालीले भने, ‘बी टु बी (बिजनेस टु बिजनेस) छलफलले व्यवसायीलाई व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस