कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
२६ चैत्र २०७८
•
१ मिनेट पाठ
कर्णाली मन्त्रिपरिषद् बैठकः जगदुल्ला र अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय
कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ।




मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु पाँच करोड शेयर लगानी गर्ने निर्णय गरेको हो।

यी दुवै आयोजनाका प्रवर्द्धक कम्पनीले शेयर खरिदका लागि प्रदेश सरकारसमक्ष आग्रह गर्दै आएका थिए। सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टद्वारा जारी पे्रस नोटका अनुसार जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेड बानेश्वर काठमाडौँले कम्पनी ऐन, २०६३ बमोजिम प्रदेश सरकारलाई छुट्याइएको ११ करोड ७१ लाख ५०० कित्ता शेयर स्वीकार गरिएको उल्लेख छ।

बैठकले शेयरवापतको रकम रु ११ करोड ७१ लख ५० हजार कम्पनीको बैंक चल्ती खातामा दाखिला गर्ने निर्णय गरेको छ। जगदुल्ला १०६ मेगावाटको आयोजना हो। प्रदेश सरकारले २.१५ मेगावाटको अपर पराजुली खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक रारा हाइड्रोपावर कम्पनीले गरेको आग्रहबमोजिम विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि शेयर कायम हुने गरी रकम सुनिश्चितताको प्रतिबद्धता जनाएको छ।

मन्त्रिपरिषद् बैठकले आयोजनामा शेयर लगानीका सम्बन्धमा पत्राचार, अभिलेख, शेयर प्राप्ति र शेयरवापतको रकम भुक्तानीलगायतका आवश्यक कार्य गर्न जलस्रोत तथा ऊर्जा मन्त्रालयलाई अख्तियारी दिएको छ।

त्यस्तै बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृति दिनुका साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ लाई पनि स्वीकृत गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनाको डिजाइन संशोधन गरिने
१४ भदौ २०७९
•
४ मिनेट पाठ
जलविद्युत् आयोजनाको डिजाइन संशोधन गरिने
सरकारले अर्धजलाशय (पीआरओआर) र नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको डिजाइन डिस्चार्ज (क्यू) संशोधन गर्ने भएको छ। सरकारले अहिले अर्धजलाशय तथा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरू डिजाइन डिस्चार्ज(क्यू) ४० लाई संशोधन गरेर क्यू २५ मा झार्ने तयारी गरेको छ।  




ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन भएको कार्यदलले जलविद्युत् आयोजनाको विकास, सर्वेक्षण एवं उत्पादन अनुमतिपत्र र निर्देशिका तथा विद्युत् खरिद बिक्री सम्झौतामा अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदनमा पनि जलविद्युत् आयोजना क्यू ४० बाट क्यू २५ मा निर्माण गर्न सकिने सुझाव दिएको थियो।  

सोही सुझावको आधारमा मन्त्रालयले आवश्यक निर्देशिका संशोधन गरेर जलविद्युत् आयोजनाको क्यू ४० बाट क्यू २५ मा झार्ने तयारी गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले भारतमा बिजुली निर्यात गर्न थालेपछि जलविद्युत् आयोजनाको क्यू परिवर्तन गर्न लागेको बताए। ‘भारतमा बिजुली निर्यात हुन थालेसँगै नेपालका जलविद्युत् आयोजनाको क्यू परिवर्तन गर्न लागिएको हो,’ उनले भने– ‘क्यू परिवर्तन गरेसँगै नेपालले भारतमा बिजुली निर्यात गर्ने क्षमतामा पनि धेरै वृद्धि हुनेछ।’

कार्यदलको प्रतिवेदनमा क्यू ४० को आयोजना क्यू २५ मा झार्दा औषतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्न सक्ने सुझाव दिइएको छ। ‘क्यू ४० को आयोजना क्यू २५ मा झर्दा औषतमा आयोजनाको जडित क्षमता ८५.४ प्रतिशतले बढ्न सक्नेछ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ– ‘आयोजनाबाट वार्षिक उत्पादन हुने ऊर्जा ४०.२ प्रतिशत र वर्षायामको ऊर्जा ५९.३ प्रतिशतले बढ्न सक्नेछ।’  

आयोजनाको प्लान्ट फ्याक्टर ६८.२ प्रतिशतबाट ५९.३ प्रतिशत हुने अनुमान गरिएको छ। कार्यदलको प्रतिवेदनले आयोजनाको स्पेसिफिक प्रोजेक्ट लागत १५६० अमेरिकी डलर प्रतिकिलोवाटबाट घटेर एक हजार ९२ डलरप्रति किलोवाट हुने प्रक्षेपण गरिएको छ। क्यू ४० अनुसार नेपालका जलविद्युत् आयोजना निर्माण गर्दा कम्तिमा ४३ हजार मेगावाट बिजुली उत्पादन हुन सक्छ तर क्यू घटाएर निर्माण गर्ने हो भने कम्तिमा ७५ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ।  

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न गरिसकेका तर निर्माणमा नगएका आयोजनाहरूले पनि आफ्नो डिजाइन डिस्चार्ज परिवर्तन गरी आयोजना निर्माण गर्न चाहेमा परिवर्तन गर्न दिने भएको छ। मन्त्रालयले वर्षायाममा थप हुने ऊर्जाको रेट प्रति युनिट ३.६१ रूपैयाँ कायम गर्ने प्रस्ताव गरेको छ। यसअघि वर्षातको समयमा ४.८० रूपैयाँ प्रति युनिट बिजुली खरिद गर्ने दररेट कायम गरिएको थियो।

मन्त्रिपरिषद्को २०७९ असार २४ गतेको बैठकले ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६ हजार ७ सय ५० मेगावाट क्षमता नपुगेसम्म साविकको पीपीए रेट अनुसार नै वर्षायाममा ४.८० रूपैयाँ र हिउँदेयाममा ८.४० नदी प्रवाहमा आधारित आयोजनाको पिपिए गर्ने निर्णय गरेको थियो। त्यसैगरी पिपिए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने ऊर्जाको रेट प्रति युनिट ३.६१ रूपैयाँ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ।

सरकारले ऊर्जा सम्मिश्रणको अधिकतम सीमा ६७ सय ५० मेगावाट पुगेपछि पिपिए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाइन डिस्चार्जमा आयोजना निर्माण गर्ने भए पनि वर्षायाममको विद्युत् खरिद दर प्रतियुनिट ४.२४ रूपैयाँ कायम गरेको छ।

पीआरओआर आयोजनाको हकमा समेत मन्त्रिपरिषद्को निर्णय अनुसार कायम सीमा ४५०० मेगावाटसम्म हालकै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ। त्यसैगरी पिपिए गरिसकेपछि प्रवद्र्धकले क्यू परिवर्तन गर्न चाहेमा वर्षायाममा थप हुने ऊर्जाको रेट प्रतियुनिट रु ३.६१ कायम हुने गरी परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ। सो सीमा पश्चात् पीपीए गर्ने आयोजनाको हकमा जुनसुकै डिजाइन डिस्चार्जमा आयोजना निर्माण गर्ने भए पनि वर्षायामको विद्युत् खरिद दर प्रतियुनिट ४.२४ हुने कायम गरेको छ।

क्यू भनेको के हो ?

जलविद्युत् आयोजनामा प्रयोग हुने क्यूले आयोजनाको डिजाइन डिस्चार्जलाई बुझाउने गर्छ। कुनै पनि जलविद्युत् आयोजना क्यू ४० मा डिजाइन गर्दा सो जलविद्युत् आयोजनाले ४० प्रतिशत समय अर्थात् ४.८ महिना क्यू ४० मै बिजुली उत्पादन हुने गर्छ। अरू समयमा भने सो क्षमताभन्दा कममा बिजुली उत्पादन हुने गर्छ। सामान्यतया ४० क्यूभन्दा माथि पुगेपछि लगभग शतप्रतिशत विद्युत् उत्पादन अवधि बढ्दै जानेछ। हालसम्म नेपालमा क्यू ४० कै आधारमा जलविद्युत् आयोजनाको अध्ययन गरेर विद्युत् विकास विभागबाट अनुमतिपत्र जारी गर्ने प्रचलन रहँदै आइरहेको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस