बदलिँदै अत्तरिया
१८ चैत्र २०७८
•
३ मिनेट पाठ
बदलिँदै अत्तरिया
सहरीकरणपछि बदलिएको अत्तरिया क्षेत्र। तस्बिरः पुष्पराज/नागरिक
कुनै बेला स्थानीय सानो बजारका रुपमा  रहेको अत्तरिया पछिल्लो समय बदलिएर ठूलो सहर बनेको छ। कर्कटपाताका छाप्रे होटेल तथा दैनिक उपभोग्य सामानका लागि थोरै पसल रहेको अत्तरिया बदलिएर ठूल्ठूला होटेल तथा होलसेल पसल, उद्योगहरु एकपछि अर्को गर्दै खुल्न थालेका छन्।




साना एक तले घर पनि अहिले गगनचुम्बी महलमा उठेका छन्। पछिल्लो समयमा धमाधम नयाँ घर थपिने क्रम पनि बढ्दै गएको छ। तसर्थ त अत्तरिया बजार अब बजारमा सीमित नभई ठूलो सहरमा परिणत भएको छ।

थोरै पसल र कम जनघनत्व भएको अत्तरियामा पछिल्ला तीन वर्ष यता सोचेभन्दा बढी व्यापारिक प्रतिष्ठान, कलकारखाना, होटेल तथा पसलहरु एकपछि अर्को गर्दै खुल्न थालेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए। उनले भने,‘सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएपछि भने अत्तरिया क्षेत्रमा व्यापारिक प्रतिष्ठान तथा होटेल, कलकारखाना र पसलहरु खुल्न थालेका छन्।’

सुरु–सुरुमा साढे ३ सय पसल दर्ता भएको अत्तरिया उद्योग वाणिज्य संघमा भने पछिल्लो तीन वर्ष यता भने करिब १२ सय पसल, होटेलहरु दर्ता भएको उनले बताए। ‘पहिले अत्तरियामा त्यति पसलहरु थिएनन् र त अत्तरिया उद्योग वाणिज्य संघमा दर्ता हुने व्यापारिक प्रतिष्ठानहरु नै दर्ता थिएनन्,’ उनले भने,‘पछिल्लो समयमा भने एकाएक बढेर १२ सय बढी व्यवसायीले आफ्नो व्यापारिक फर्म दर्ता गराएका छन्। जसबाट पनि के पुष्टि हुन्छ भने अत्तरियामा बजारीकरण बढेको छ।’  

पहिले दुई वटा गाविस जोडिएको अत्तरिया बजार पछिल्लो समयमा स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका बनेपछि अत्तरियाको भौतिक विकासमा फड्को मारेको बताउँदै उनले भने,‘नगरपालिका भएपछि केही परिवर्तन भए पनि २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सभाले गोदावरी नगरपालिकाको तेघरीमा राजधानी घोषणा गरे पछि भने अत्तरियामा सहरीकरण फष्टाएको हो।’  

थोरै मात्र होटेल व्यवसाय भएको अत्तरियामा पछिल्लो दुई वर्षको अन्तरालमा मात्रै ३ सय बढी होटेलहरु थपिएको गोदावरी होटेल व्यवसायी संघकी अध्यक्ष धना चोखालले बताइन्। उनले भनिन्,‘छाना छाप्रे होटेलहरु रहेको अत्तरियामा पछिल्लो समयमा ठूला सुविधा सम्पन्न होटेलहरु थपिने क्रम बढेका छन्।’ प्रदेशको राजधानी घोषणा भएपछि भने अत्तरिया क्षेत्रमा सुविधा सम्पन्न होटेल व्यवसाय थपिन थालेको उनले बताइन्।

‘यहाँ ठूला सेमिनार गर्ने खालका हलसहितका सुविधा सम्पन्न होटेलहरु खुलिसकेका छन्,’ उनले भनिन्,‘पहिले अत्तरियामा ठूला होटेलहरु नभएका कारण संघसंस्था तथा सरकारी निकायले कार्यक्रम गर्दा धनगढीका होटेलमा जानुपर्ने बाध्यता थियो, तर पछिल्लो समयमा यही ठूला होटेल तथा कटेजहरु एकपछि अर्को गर्दै खुलिसकेका छन्।’  

अत्तरिया बजार आसपासका ग्रामीण क्षेत्रमा पुराना कच्ची घर भएकाहरुले पनि बसोबासका लागि पक्की घर निर्माण गर्ने तथा गाउँको जग्गा जमिन बेचेर अत्तरिया बजार क्षेत्रमा भवन निर्माण गर्ने क्रम पनि बढेको स्थानीय कैलाश जोशी बताउँछन्। अत्तरिया क्षेत्रमा सहरीकरण बढ्न थालेपछि यहाँ अहिले जग्गाका कारोबार पनि बढेको उनी बताउँछन्। ‘कुनै बेला अत्तरिया बजार क्षेत्रमा मात्रै ५०/६० लाख रुपैयाँमा पाइने घडेरी अहिले डेढ करोड बढीमा किनबेच भइरहेको छ,’ उनले भने,‘यो सब बढ्दो सहरीकरणका कारणले हो।’

अत्तरियामा व्यापार व्यवसायका लागि पसल तथा होटेल मात्रै नभई त्यत्तिकै मात्रामा अस्पताल तथा मेडिकलहरु पनि खुल्ने क्रम बढेको छ। बढी जनघनत्व भएको र ७ पहाडी जिल्ला तथा कञ्चनपुर जाने मुख्य ढोका अत्तरिया भएकै कारण यहाँ निजी लगानीमा ठूला अस्पतालहरु पनि खुल्ने क्रम बढेको स्थानीय बताउँछन्।  

अत्तरिया क्षेत्रमा मात्रै धमाधम नयाँ घर तथा भवन निर्माण भइरहेको गोदावरी नगरपालिकाको तथ्याङ्कले पनि देखाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा गोदावरी नगरपालिकामा १ सय ८ वटा नयाँ घरका नक्सा पास भएका छन् भने चालू आर्थिक वर्षको फागुनसम्ममा ९२ वटा नयाँ घर थपिएका छन्। गोदावरी नगरपालिका भवन तथा वस्ती विकास शाखाका सव इञ्जिनियर नरेन्द्र शाहीका अनुसार पछिल्लो समयमा अत्तरियामा व्यापार व्यवसायका लागि मात्रै नभई बसोबासका लागि पनि नयाँ घर निर्माणका कार्यहरु दैनिक बढ्दै गएका छन्।

‘अत्तरिया क्षेत्रमा व्यापारिक प्रयोजनका लागि नयाँ भवन निर्माण तीव्र गतिमा भइरहेका छन्, भने आवास तथा बसोबासका लागि ग्रामीण क्षेत्रमा पनि उत्तिकै मात्रामा नयाँ घर तथा भवन निर्माणका कार्य भइरहेको छन्,’ शाहीले भने,‘यसबाट पनि के पुष्टि हुन्छ भने अत्तरिया क्षेत्रमा पछिल्लो समय सहरीकरण बढ्दै गएको छ।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
यो पनि पढौँ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस