इलाम सदरमुकामस्थित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु भएको १ महिनामा ८ उडान भएका छन्। विमानस्थलमा खटिएका इलाम नगरपालिकाका कर्मचारीका अनुसार व्यावसायिक परीक्षणका लागि गरिएका कुनै पनि उडानमा यात्रु अभाव भएको छैन।
सुरुमा आइतबार र बुधबार उडान गरिने भनिएपनि अहिले प्रत्येक आइतबार र शुक्रबार काठमाडौं–इलाम उडान–अवतरण भइरहेको छ। तारा एयरको ट्वीनअटर जहाज सातामा २ पटक आउ–जाउ गर्दा यात्रु अभाव नभएको विमानस्थलले जनाएको छ। त्यहाँ खटिएका नगरका कर्मचारी कमल अधिकारीका अनुसार सुरुको उडानमा आधा मात्र यात्रु भएपनि त्यसयता प्रत्येक उडानमा १३ देखि १७ जनासम्म भएका छन्। शुक्रबार काठमाडौंबाट १६ जना लिएर आएको जहाजले यहाँबाट १३ जनालाई काठमाडौं लगेको छ। ‘आउँदो आइतबारका लागि पनि १३ यात्रुले टिकट बुक गरिसकेका छन्,’ अधिकारीले भने, ‘टिकट इ–सेवाबाटै बुक गर्न सकिन्छ।’
इलाम नगरपालिकाले उडानको व्यावसायिकता परीक्षणका लागि तारा एयर प्रालिसँग सम्झौता गरी जहाज सञ्चालन गरेको हो। मेयर महेश बस्नेतले ठूलो रकम लगानी भएको विमानस्थल सञ्चालन गर्न नगरले प्रयास गरेको बताए। ‘अहिलेसम्म भइरहेको उडानले इलामलाई उत्साह थपेको छ,’ उनले भने, ‘नगरले धेरै लगानी गर्नुपरेको छैन, यात्रु पर्याप्त भइरहेका छन्।’ अहिलेसम्मको उडान–अवतरणले इलाम–काठमाडौं उडान व्यावसायिक बन्ने देखिएको उनले जनाए। इलामको पर्यटन र आर्थिक विकासका लागि विमानस्थलले सुविधा पुर्याउने विश्वास लिएको मेयर बस्नेत बताउँछन्।
नगरका प्रशासकीय अधिकृत रामकुमार शाहले इलाम–काठमाडौं व्यावसायिक उडान सम्भावना पुष्टि भएको बताए। ‘नगरले नै लगानी गरी यहाँको नवनिर्मित विमानस्थल सञ्चालनमा ल्याउन तारा एयरसँग १२ वटा उडानको सम्झौता गरेको छ,’ उनले भने, ‘अहिलेसम्मका उडानमा यात्रु अभाव भएको छैन, सबै उडानमा यात्रुको संख्या पुग्दो छ।’
सम्झौताअनुसारका १२ उडानमा कुनै यात्रु नभएपनि नगरले प्रत्येक उडानमा ११ यात्रुको खर्च बेहोरिदिने सम्झौता भएको थियो। सम्झौताअनुसार ठीक १ महिनाअघि (गत फागुन ११) यता नियमित उडान भइरहेको छ। त्यति मात्र होइन, नगरपालिकाले यात्रुहरूको प्राथमिकताक्रम तोकेर भाडामा सहुलियतसमेत दिइरहेको छ। नगरले एकतर्फी टिकट गरेका यात्रुलाई अर्काेतर्फी टिकट गरिदिँदैछ। इलाम–काठमाडौं एकतर्फी भाडादर ८ हजार ७ सय रुपैयाँ छ। नगरको प्राथमिकतामा परेका यात्रुले यो भाडा रकम तिरेपछि २ उडान गर्न पाउँछन्।
नगरले सहुलियत दिइने यात्रुको प्राथमिकतासूचीको पहिलो नम्बरमा ज्येष्ठ नागरिकलाई राखेको छ। कडा रोग भइ सिफारिस भएका व्यक्ति, खेलाडी, संघ–संस्था तथा गैरसरकारी संस्थाकर्मी, इलाम उद्योग वाणिज्य संघले सिफारिस गरेका व्यवसायी, पर्यटक र नेपाल पत्रकार महासंघले सिफारिस गरेका सञ्चारकर्मी सहुलियतको प्राथमिकतामा छन्। इलाम कृषि क्याम्पसका पदाधिकारी, सदस्य, प्राध्यापक र विद्यार्थी, इलाम आँखा अस्पतालका पदाधिकारी, सदस्य तथा कर्मचारी र इलाम नगरपालिकाका जनप्रतिनिधि सहुलियत पाउने प्राथमिकतामा रहेको नगरले जनाएको छ। इ–सेवामार्फत् टिकट खरिद गर्न सकिने र दुईतर्फी टिकट नगरपालिकामा पेस गरेपछि प्राथमिकताका आधारमा यो सुविधा प्राप्त हुने नगरले जनाएको छ।
पर्यटन क्षेत्रमा समेत क्रियाशील महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहप्राध्यापक राजेन्द्र बरालले आफ्नै घर–आँगनबाट हवाईजहाज चढ्न पाउँदा खुसी लागेको बताए। शुक्रबारको जहाजमा काठमाडौं पुगेका बरालले भने, ‘घर–आँगनबाटै उडेर एकैछिनमा देशको राजधानी पुग्न पाउँदा खुसी छु, भाडादर चाहिँ अझ कम गर्नसके यात्रु–पर्यटकलाई सजिलो हुन्छ।’
जहाज बिहानको समयमा आउने–जाने गरिदिए चाहिँ अझ आफूहरूलाई सहज हुने इलामबासी बताउँछन्। गर्मी मौसममा दिउँसो हावा–हुरीको समेत सम्भावना भएकाले बिहानकै समयमा जहाज आउ–जाउ गर्दा मौसमको समस्या नहुने र यात्रलाई अझ सजिलो हुने स्थानीयको भनाइ छ।
इलामकै कमला बरालले बिहान १० बजे काठमाडौंबाट आएर पुनः १२ बजेसम्ममा यताका यात्रु काठमाडौं पुग्नसके अझ प्रभावकारी हुने बताइन्। ‘इलामका यात्रु १२ बजेसम्ममा काठमाडौं पुग्नसके कार्यालयीय कामसमेत भ्याइनेरहेछ,’ उनले भनिन्, ‘र, उडान पनि ढिलो–छिटो नगरी तोकिएकै समयमा भइदियो भने यात्रुले अझ सुविधा पाउँछन्।’ सर्वसाधारणसमेत उत्साहित हुँदै जहाज आएका बेला हेर्न विमानस्थलसम्म पुग्नेगरेका छन्। इलामसहित झापा, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दाले यहाँको विमानस्थलको सुविधा पाइरहेका छन्।
२८ करोड हाराहारी रुपैयाँ खर्चेर गतवर्ष कालोपत्रेसहित निर्माण सकिएको विमानस्थलमा स्थायी टर्मिनल, व्यवस्थित शौचालयलगायतको भने अझै अभाव छ। अस्थायी रूपमा बनाइएको एक कच्ची छाप्रो पनि साँघुरो भएको छ। कच्ची शौचालय निर्माण भइसक्न लागेको छ तर पानी अभाव छ। यहाँसम्म बिजुलीसमेत पुगेको छैन। यात्रु, सुरक्षाकर्मी र काउन्टरका लागि तत्काललाई कच्ची टहरो नै भएपनि अलग–अलग र फराकिलो बनाउनु आवश्यक देखिएको छ।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...