भारतीय बिजुली महँगिदा नेपालमा असर
१० चैत्र २०७८
•
४ मिनेट पाठ
भारतीय बिजुली महँगिदा नेपालमा असर
भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स)मा बिजुलीको मूल्य अकासिएसँगै नेपालले भारतबाट महँगोमा बिजुली आयात गरेर स्वदेशी माग थेग्ने कि लोडसेडिङ गर्ने भन्ने दुईवटा विकल्प देखिएका छन्। नेपाल विद्युत् प्राधिकरणले अहिले दैनिक ४ सयदेखि ६ सय मेगावाट बिजुली भारतबाट आयात गरेर स्वदेशी माग धान्दै आएको छ।




भारतीय बजारमा पछिल्लो समय ऊर्जाको अत्यधिक माग बढेसँगै नेपालले भारतबाट आयात गर्ने बिजुलीको भाउ पनि अत्यधिक मात्रामा बढेको छ। नेपालले विगतमा प्रतियुनिट भारु ६ रूपैयाँ ११ पैसा खरिद गर्ने बिजुलीको बजार मूल्य अहिले भारु २० रूपैयाँभन्दा माथि पुगेको छ।

अर्काेतर्फ भारतमा बिजुलीको उत्पादन घटिरहँदा माग तीव्र गतिमा बढिरहेको देखिन्छ। नेपाल विद्युत् प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्ज (आइइएक्स) बाट दैनिक बिडिङ (बोलकबोल) बाट बिजुली खरिद गर्छ। प्राधिकरणले महँगोमा बिजुली आयात गर्न नसक्ने हो भने नेपालमा लोडसेडिङ गर्नुको विकल्प छैन।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले मंगलबार प्राधिकरणले इनर्जी एक्सचेन्ज गरेको बिडिङ नपरेकाले एक दिन बिजुली नआएको बताउँछन्। ‘प्राधिकरणले मंगलबार गरेको बिडिङ परेन। भारतीय बजारमा बिजुलीको भाउ अचाक्ली बढेकाले बिडिङ नपरेको हो,’ उनले भने, ‘प्राधिकरणले बुधबार १२ रूपैयाँ भारुमा ९० वटा ब्लकमा बिडिङ प्रस्ताव गरेको छ। सम्भतः बिडिङ स्वीकृत होला कि!’  

प्राधिकरणले मंगलबार भारतीय बजारमा प्रतियुनिट भारु ८ रूपैयाँमा बिजुली खरिद गर्न बिड गरेको थियो। तर भाउ अत्यधिक बढेकाले नेपालले बिड गरेअनुसारको बिजुली प्राप्त गर्न सकेन। पिक आवरमा प्रतियुनिट भारु १२ को बिडिङ प्रस्ताव समेत स्वीकृति भएन। नेपालले भारतीय बजारमा बढी मूल्यमा गरेको बिड समेत अस्वीकृत हुन थालेको छ।

भारतमा बिजुली पनि सेयरबजारमा जस्तै खरिदबिक्री हुन्छ। प्रत्येक १५–१५ मिनेटमा बजार भाउ फरक हुने गर्छ। भारतीय ऊर्जा बजारमा ९६ वटा ब्लकमा बिजुलीको बजार मूल्य तोकिएको हुन्छ। प्राधिकरणले भारतबाट भारु ६ रूपैयाँ १८ पैसा, ६ रूपैयाँ ६८ पैसा, ७ रूपैयाँ र ८ रूपैयाँका दरले बिजुली खरिद गर्दै आइरहेको थियो। अहिले प्राधिकरणले भारु १२ रूपैयाँमा समेत बिजुली खरिद गर्न पाइरहेको छैन। पिक आवरमा अधिकतम प्रतियुनिट भारु २० भन्दा धेरै पर्न थालेको छ।

प्रवक्ता भट्टराईले भारतमा पिक आवरमा प्रतियुनिट बिजुलीको बजारमूल्य भारु २० रूपैयाँभन्दा धेरै भएकाले महँगोमा आयात गरेर सरदर नेपाली ९ रूपैयाँमा बेच्न कठिन हुने बताउँछन्। ‘भारु २० रूपैयाँमा खरिद गरेको बिजुली अन्य शुल्क जोड्दा करिब ३५ रूपैयाँ पर्न आउँछ,’ उनले भने, ‘३५ रूपैयाँ किनेर हामीले सरदर ९ रूपैयाँमा बेच्नुपर्ने हुन्छ। राज्यले यस्तो गर्न सक्छ कि सक्दैन भन्ने कुरा छ।’

प्रवक्ता भट्टराईले प्राधिकरणले अहिलेसम्म लोडसेडिङ गर्ने सोच नबनाएको दाबी गरे। भट्टराईले भारतबाट बिजुली आयात गर्न नसकेको खण्डमा जनताले घरमा बल्ने बिजुलीभन्दा पनि औद्योगिक क्षेत्रको बिजुली केही समयको लागि कटौती गर्न सकिने बताए। ‘बिजुलीको भाउ जति बढे पनि जनताको घरको बिजुली कुनै पनि हालतमा काटिँदैन। औद्योगिक लोडको क्वान्टमहरू घटाउन भने सकिन्छ,’ उनले भने, ‘पहिला २४सै घन्टा उद्योगहरू चल्थे। क्राइसिस भएको खण्डमा १८ घन्टा मात्रै सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्छ। पहिला उद्योगहरू चार–तीन सिफ्टमा काम हुन्थे भने अब एक सिफ्ट घटाउनुपर्ने हुन सक्छ।’

प्राधिकरणले भारतीय इनर्जी एक्सचेन्जसँग मात्रै होइन, बिहारसँग पनि छुट्टै सम्झौता गरेर सस्तोमा बिजुली खरिद गर्दै आएको थियो। तर अहिले बिहारले पनि प्राधिकरणलाई सस्तोमा बिजुली उपलब्ध गराउन नसक्ने जानकारी गराएको छ। ‘यसअघि बिहारले पनि आन्तरिक बजारमा सस्तोमा बिजुली खरिद गरेर नेपाललाई बिक्री गर्दै आएको थियो,’ उनले भने, ‘अहिले बिहारले पनि सस्तोमा बिजुली खरिद गर्न पाइरहेको छैन। बिहारतर्फको भाउ पनि धेरै नै बढेको छ।’ प्राधिकरणका अनुसार बिहारले दिउँसोको समयमा उपलब्ध गराए पनि पिक आवरमा उपलब्ध गराउन सकिरहेको छैन।

पछिल्लो समय रुस र युक्रेनबीच युद्ध चर्केसँगै संसारभरि नै कोइलाको भाउ अत्यधिक बढेको छ। भारतमा पनि कोइलाको स्टक सकिएसँगै बिजुलीको भाउ बढेको हो। अहिले नेपालमा ३० हजार मेगावाट आवर बिजुलीको माग छ। त्योमध्ये झन्डै एक तिहाइ भारतबाट आयात गरेर माग धान्दै आएको अवस्था छ। अहिले भारतबाट १२ हजार मेगावाट आवर बिजुली आयात गर्नुपर्ने अवस्था छ। अहिले प्राधिकरण मातहतका आयोजना र निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धक कम्पनीबाट करिब १८ हजार मेगावाट आवर बिजुली उत्पादन भइरहेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस