बुटवल–नारायणगढ सडकः ९० प्रतिशत समयमा १५ प्रतिशत मात्र काम
०८ चैत्र २०७८
•
४ मिनेट पाठ
बुटवल–नारायणगढ सडकः ९० प्रतिशत समयमा १५ प्रतिशत मात्र काम
गत पुसमा खिचिएको तस्बिरमा बुटवल–नारायणगढ सडकको अस्तव्यस्त अवस्था। फाइल तस्बिर: नागरिक
बुटबल–नारायणगढ सडक विस्तारको ठेक्का लिएर काममा ढिलासुस्ती गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले उल्टै दुई वर्ष म्याद थप गर्न माग गरेको छ। ठेक्का सम्झौतामा उल्लेखित समयको ९० प्रतिशत सकिँदा १५ प्रतिशत मात्र काम सकाएको चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेसनले अर्को दुई वर्ष समय थपिदिन आग्रह गरेको हो।  




उक्त कम्पनीले ३८ महिनाअघि बुटबल–नारायणगढ सडक खण्ड विस्तारको ठेक्का लिएको थियो। ४२ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिएको कम्पनीले अहिलेसम्ममा १५ प्रतिशत काम पनि सकाएको छैन। निर्माण कछुवा गतिमा भइरहेको छ।  

१ सय १३ किलोमिटर सडक स्तरोन्नतिको काम २०७५ चैत ८ गते सुरु भएको थियो। ठेक्का सम्झौतामा यो सडक स्तरोन्नति ४२ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने सर्त छ। सम्झौता अनुसार उक्त सडकको ठेक्का म्याद आगामी साउन २२ गते (२०२२ अगस्ट ७) सम्म मात्रै छ।  

सरकारले आर्थिक वर्ष २०७५/७६ मा १ सय १३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो। ठेक्का सम्झौतामा तोकिएको लक्ष्यअनुसार यसको काम आगामी साउन २२ भित्र सम्पन्न गर्नुपर्छ। तीन वर्षको भौतिक प्रगति हेर्दा तोकिएको समयभित्र आयोजना सम्पन्न हुने सम्भावना कहीँ कतै देखिँदैन।  

सडक विभागका अनुसार हालसम्म यसको समष्टिगत भौतिक प्रगति १५ प्रतिशत मात्रै छ। अबको चार महिनामा बाँकी ८५ प्रतिशत काम कुनै पनि हालतमा सकिँदैन। तोकिएको समयमै सडक निर्माण नगरेको ठेकेदार कम्पनीले थप दुई वर्ष म्याद थपको लागि प्रयास गरिरहेको छ।  

ठेकेदार कम्पनीले बुटवल–नारायणगढ सडकको पूर्वी र पश्चिम खण्डको म्याद थप्न एक महिनाअघि नै निवेदन दिइसकेको छ। उसले कम्तीमा दुई वर्ष (सन् २०२४ को अगस्टसम्म) म्याद थप गर्न माग गरेको छ।  

सडक स्तरोन्नतिलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। पूर्वी खण्डमा ६४.४२५ किलोमिटर पर्छ। पश्चिम खण्डमा ४८.५३५ किलोमिटर छ। पूर्वी खण्डका योजना प्रमुख रमेश दृष्टिले उक्त खण्डको ठेकेदार कम्पनीले दुई वर्ष म्याद थपिदिन आग्रह गरेको बताए।

‘ठेकेदार कम्पनीले दुई वर्ष म्याद गर्न प्रस्ताव पेस गरेको छ,’ उनले भने, ‘परामर्शदाता कम्पनीले अध्ययन गरिरहेको छ। परामर्शदाताले दिएको सुझावको आधारमा आवश्यक मूल्यांकन गरेर निर्णय लिइनेछ।’  

पूर्वी खण्डको अहिलेसम्मको भौतिक प्रगति १४ प्रतिशत मात्रै छ। यो खण्डमा मोबिलाइजेसन बाहेक अहिलेम्म ८९ करोड रूपैयाँ खर्च भएको छ। चालु आवमा ६५ करोड रूपैयाँ खर्च भएको उनले बताए।

यस्तो छ पूर्वी खण्डको प्रगति

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) अन्तर्गत ६४.४२५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ। जस अन्तर्गत दाउन्ने खण्डमा ४.१ किलोमिटर तीन लेनको सडक विस्तार गरिँदैछ। बजार क्षेत्रमा १७.४ किलोमिटर सडक ६ लेनको विस्तार गर्ने योजना छ। बाँकी ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको छ। यो खण्डमा साना–ठूला गरी ३४ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। उक्त खण्ड भ्याटसहित ९ अर्ब १३ करोड लागतमा ठेक्का दिइएको हो। यस खण्डमा ९६ वटा कल्भर्ट निर्माणाधीन अवस्थामा छन्। त्यसैगरी १५ वटा माइनर र १५ वटा मुख्य पुल निर्माण भइरहेका छन्। २० किलोमिटर इम्बैंकमेन्ट निर्माणाधीन अवस्थामा रहेको छ। चार किलोमिटर नाली पनि निर्माण भइरहेको छ।  

पश्चिम खण्ड

यसको पश्चिम खण्डमा ४८.५३५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्नु पर्नेछ। पश्चिम खण्ड अन्तर्गत दाउन्ने वरपर १० किलोमिटर तीन लेनको सडक विस्तार गरिनेछ। बजार क्षेत्रको ११.२ किलोमिटर सडक भने ६ लेनको बनाउनुपर्नेछ। त्यसैगरी २७.३३५ किलोमिटर चार लेनमा स्तरोन्नति र साना र ठूला गरेर जम्मा ३० वटा पुल निर्माण गर्नुपर्छ। यो खण्ड भ्याटसहित ७ अर्ब ८६ करोड रूपैयाँमा ठेक्का लगाइएको हो। बुटबल–नारायणगढ पश्चिम खण्ड सडक योजना प्रमुख प्रदिपराज शाक्यले अहिलेसम्म यसको समष्टिगत भौतिक प्रगति १७ प्रतिशत भएको जानकारी दिए। वित्तीय प्रगति भने मोबिलाइजेसन रकमसहित २४ प्रतिशत छ। योजना प्रमुख शाक्यले ठेकेदार कम्पनीले दुई वर्ष म्याद थप गर्न माग गरेको बताए। ‘ठेकेदार कम्पनीको अहिलेको कामको प्रगति खासै उत्साहजनक छैन,’ उनले भने, ‘कोभिड–१९ को पहिलो र दोस्रो लहरका कारणले पनि म्याद त थप्नुपर्छ।’  

परामर्शदाताले दिएको अध्ययन प्रतिवेदनको आधारमा म्याद थपको निर्णय हुने उनले बताए। गत आवको ६ महिनामा उक्त योजना अन्तर्गत १०४ वटा कल्र्भट निर्माण, भएका छन्। ११ वटा माइनर र ६ वटा मेजर पुल निर्माणाधीन अवस्थामा छन्। यो खण्ड अन्तर्गत २० किलोमिटर सडकमा इम्बैंकमेन्ट फिलिङ गरिएको छ। ठेकेदार कम्पनीले सडक निर्माण सम्पन्न गरेको पाँच वर्षसम्म पनि पर्फर्मेन्स बेस मेन्टिनेन्स अन्तर्गत नियमित मर्मतसम्भार गर्नुपर्ने हुन्छ। चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पाेरेसन, आयोजना निर्देशनालय (एडिबी) र सडक विभागको लापरवाही र ढिलासुस्तीले आयोजनाको प्रगति निराशाजनक बन्न पुगेको हो।
अर्को समाचार
नारायणगढ–बुटवल सडक निर्माणको गति अपेक्षा गरिएभन्दा कम
२२ वैशाख २०८०
•
३ मिनेट पाठ
नारायणगढ–बुटवल सडक निर्माणको गति अपेक्षा गरिएभन्दा कम
सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि अझै आशा गरिएअनुसार प्रगति हुनसकेको छैन।




सो आयोजनाको प्रगति गत महिनासम्म दुईदेखि तीन प्रतिशत रहेको थियो। वर्षात्का बोला ज्यादै कम काम भए पनि अहिले कामको गति केही बढेको हो। ठेक्का थपिएको अवधि साउनसम्ममा सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्कामा गरी प्रगति झन्डै ३१ प्रतिशत रहेको छ।

अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९ दशममलव ०९ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ। झन्डै साढे पाँच किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिए। उनका अहिलेसम्म जम्मा दुई सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ। एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहो¥याएर चार सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ। उनले भने, 'अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ।'

केही महिनायता निर्माणको प्रगति बढेको र  पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति एक दशमलव ९६ प्रतिशत रहेको इञ्जीनियर खत्रीले बताए। अहिले पनि लक्ष्यभन्दा ६०–७० प्रतिशतमात्रै काम भइरहेको छ। उनले भने, 'अझै पनि कामको गति बढाउनुपर्ने भएकाले आयोजनाले चिठीमार्फत गति बढाउन भनिराखिएकोे छ।'

विगत वर्षहरूमा निर्माणस्थल खाली गराउन धेरै बाधा रहेकामा अहिले त्यो हट्दै गइरहेको आयोजनाले जनाएको छ। बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको उनले बताए।  

बुटवाल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ। सो खण्डमा भौतिक प्रगति ३२ प्रतिशत रहेको छ। निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता (इञ्जीनियर) धिरज ढकालले बताए। उनले  भने, 'कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ।'

तीन महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ। काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिदैन। निर्माण कम्पनी आफैँले लिएको लक्ष्यअनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको उनले बताए।

पछिल्लोपटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ। अझै पनि महिनामा चार–पाँच प्रतिशत प्रगति निकाल्दै जाँदा समयमै नसकिए पनि केही समय थप्दा सकिने इञ्जीनियर ढकालको भनाइ थियो।  वर्षासम्म काम ज्यादै कम भएकामा अहिले बढेर मासिक तीन प्रतिशत हाराहारीमा प्रगति भइरहेको छ।

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने पाँच–सातसम्म कामदार कार्यरत छन्। त्यति हुँदाहुँदै अझै आशा गरिएअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए। निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ। निर्माणस्थल खाली गराउन गर्नुपर्ने प्रक्रियागत काम सकिएर निर्माण कम्पनीले सार्ने काम गरिरहेको छ। आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी रहेको छ। इञ्जीनियर ढकालले भने, 'सामान्य कामको सिलसिलामा आएको समस्या समन्वय भइरहेको हुन्छ। आयोजनाले निर्णय नै गर्नुपर्ने चाहिँ भएको छैन।'

दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या थियो। गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने आयोजनाको ठम्याइ थियो।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ। सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ। विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारका लागि  तयारी भइरहेको छ। विसं २०७५ मा सो सडक निर्माण सुरु भएको थियो। एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ। दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पोरेशनलाई दिइएको थियो। गत वर्ष अवधि सकिएपछि एक वर्षका लागि थपिएको थियो। रासस
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस