एउटा ठेकेदार, पाँच ठेक्का नीतिः मुलुकलाई आधा दर्जनभन्दा बढी फाइदा
०१ चैत्र २०७८
•
४ मिनेट पाठ
एउटा ठेकेदार, पाँच ठेक्का नीतिः मुलुकलाई आधा दर्जनभन्दा बढी फाइदा
सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनमार्फत लागू गरिएको एउटा निर्माण कम्पनीले पाँचवटा मात्रै आयोजनाको ठेक्का लिन पाउने प्रावधानले मूलतः पूर्वाधार निर्माणमा स्वच्छ प्रतिस्पर्धा भई समयमै आयोजना निर्माण सकिने सम्भावना बढाएको छ।




त्यत्ति मात्रै होइन, एउटा ठेकेदार कम्पनीले पाँचवटा मात्रै ठेक्का पाउने नीतिले प्रतिस्पर्धा बढ्ने, समयमै बन्ने, लागत नबढ्ने, समयमै प्रतिफल पाइने, तत्कालै साइट क्लियर गर्न सरकारलाई दबाब पर्ने, समयमै भुक्तानी दिनुपर्ने, सरकारले समयमै काम नगरे अतिरिक्त भार थपिने हुँदा मुलुकलाई आर्थिक तथा सामाजिक रूपमा फाइदा नै फाइदा हुने देखिएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधन पारित गरेपछि एउटा निर्माण व्यवसायीले एकपटकमा पाँचवटाभन्दा धेरै आयोजनाको ठेक्का लिन नपाउने स्थिति बनेको हो।

मन्त्रिपरिषद्बाट पारित भइसकेको नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ। यसअघि उक्त प्रावधान नहुँदा ‘क’ वर्गका १० वटा निर्माण कम्पनीले ८० प्रतिशतभन्दा धेरै आयोजना होल्ड गरिरहेका छन्।

क वर्गका निर्माण व्यवसायीले आयोजना होल्ड गरेर अलपत्र पार्ने प्रवृत्ति बढ्दै गएपछि सरकारले उक्त विकृति रोक्न नियमावली संशोधन गरेको हो। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले एउटा निर्माण व्यवसायीले पाँचवटा मात्रै परियोजना लिन पाउने प्रावधानले ठूला निर्माण व्यवसायीको एकाधिकार अन्त्य गर्नुको साथै निर्माण क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा हुने बताउँछन्।

‘अहिले क वर्गका १० वटा निर्माण कम्पनीले मुलुकभरका ८० प्रतिशतभन्दा धेरै आयोजना होल्ड गरेर अलपत्र पार्ने काम गरिरहेका छन्,’ उनले भने, ‘अब एउटा कम्पनीले पाँचभन्दा बढी आयोजना लिन नपाउने भएसँगै साना कम्पनीले प्रतिस्पर्धा गरेर नयाँ आयोजना लिन पाउने वातावरण सिर्जना हुन्छ।’ अध्यक्ष सिंह नेपालमा वार्षिक ३ खर्बको आयोजना निर्माण हुनेमा एउटै कम्पनीले ७६ अर्बसम्मको ठेक्का लिने दाबी गर्छन्।

अध्यक्ष सिंह नयाँ प्रावधानले एकातर्फ आयोजना तोकिएको समयभित्रै निर्माण गर्न व्यवसायीलाई दबाब पर्ने र अर्कातिर जनताले चाँडै विकासको प्रतिफल चाख्न पाउने बताउँछन्। ‘अस्वस्थ प्रतिस्पर्धाको पनि अन्त्य हुनेछ। निर्माण क्षेत्रमा भइरहेको एकाधिकार तथा कार्टेलिङ प्रथाको अन्त्य हुनेछ,’ उनले भने, ‘सीमित कम्पनीलाई लक्ष्य गरेर बोलपत्रको स्पेसिफिकेसन तयार गर्ने विकृति पनि हट्ने अपेक्षा गरेका छौं।’

अध्यक्ष सिंहले नयाँ प्रावधान आएसँगै निर्माण व्यवसायीले बजेट नभएको परियोजना, साइट क्लियर नभएको, समस्याग्रस्त ठाउँको ठेक्का नलिने बताउँछन्। ‘अब जसले विवादास्पद ठेक्का लिन्छ। त्यही फस्छ,’ उनले भने, ‘लिइहालेको खण्डमा पनि त्यस्ता खालका समस्या समाधान गर्न निर्माण व्यवसायी आफैं तत्पर हुने वातावरण सिर्जना भएको छ। निर्माण कम्पनी आफूले लिएको काम स्वःस्फूर्त रूपमा सकाउनेतर्फ केन्द्रित हुने गर्छन्। त्यसैले पनि काम हुने आशा जगाएको छ।’

शर्मा एन्ड शर्मा कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्मा एउटा निर्माण कम्पनीले पाँचवटा मात्रै ठेक्का लिन पाउने पाउने प्रावधान खुला बजार सिद्धान्त विपरीत जस्तै देखिने बताउँछन्। ‘कुनै पनि कम्पनीले आफ्नो क्षमताअनुसार ठेक्का लिन पाउनुपर्ने हो।

तर कतै कतै ठूला निर्माण व्यवसायीको जोइन्ट भेन्चरबाट पीडित भइरहेको अवस्था पनि छ। पाँचवटा काम पाएपछि छैटौं काम गर्न कुनै न कुनै आयोजना ८० प्रतिशत सकिएको हुनुपर्ने प्रावधानले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुने आधार बनेको छ।’

प्रबन्ध निर्देशक शर्माले छैटौं काम लिन पुरानो सक्नुपर्ने प्रावधानले आयोजना निर्माण छिटो हुने आस जगाएको बताउँछन्। ‘नयाँ प्रावधानले अत्यधिक मात्रामा कम रकममा ठेक्का सकार्ने प्रवृत्तिको पनि अन्त्य भएर स्वच्छ प्रतिस्पर्धाको वातावरण तयार गर्ने सम्भावना पनि बढेको छ,’ उनले भने, ‘एउटा निर्माण व्यवसायीले पाँचवटा मात्रै ठेक्का लिन पाउने व्यवस्थाको स्वागत गर्छु।’

प्रबन्ध निर्देशक शर्मा कामको अभावभन्दा निर्माण व्यवसायी नपाइने हो कि भन्ने डर चाहिँ कायमै भएको बताउँछन्। ‘मानौं कुनै कम्पनीको वार्षिक २०–३० अर्ब लागतको काम गर्ने क्षमता छ, उसले १ अर्बको ५ वटा मात्रै परियोजना पायो भने क्षमता अनुसार काम गर्न पाउँदैन। यसले कम्पनीको प्रगतिमा समस्या ल्याउन सक्छ।’

सडक विभागका महानिर्देशक शिवहरि सापकोटा एउटा निर्माण कम्पनीले पाँचवटा मात्रै परियोजना लिन पाउने प्रावधानले काम छिटो सकिने सम्भावना बढाउने बताउँछन्। ‘यो प्रावधानले काम छिटो सम्पन्न गराउन निर्माण व्यवसायी पे्ररित हुने देखिन्छ,’ उनले भने, ‘सरकारी संयन्त्रले पनि आयोजनाको चुस्तदुरुस्त व्यवस्थापन गर्नुपर्ने बेला भइसकेको छ।’

महानिर्देशक सापकोटाले आयोजनाले पनि तोकिएको समयभित्रै आयोजनाको बजेट व्यवस्थापन, रकम भुक्तानी, साइट क्लियरेन्स नगरेको खण्डमा निर्माण व्यवसायीले थप रकम दाबी गर्न सक्ने सम्भावना रहेको बताए। ‘कतिपय आयोजनामा सरकारी निकायले साइट क्लियरेन्स नगरेको कारण बारम्बार म्याद थपिन्छ,’ उनले भने, ‘हाम्रोतर्फबाट कमजोरी भएको खण्डमा निर्माण व्यवसायीले अतिरिक्त रकम दाबी गर्ने सम्भावना पनि उत्तिकै छ। यसले सरकारको दायित्व समेत बढाउन सक्छ।’

महानिर्देशक सापकोटा अब सरकारी निकायले अतिरिक्त दाबी आउन सक्ने भएकाले साइट क्लियरेन्स नभएसम्म ठेक्का आह्वान नगर्ने बताउँछन्। सडक विभागका अनुसार अहिले एउटै निर्माण कम्पनीले ३० देखि ५० भन्दा धेरै आयोजना लिएर अलपत्र पार्दै आएका छन्। महानिर्देशक सापकोटाले आयोजना तोकिएको समयमै निर्माण भएको खण्डमा आयोजनाबाट प्राप्त हुने प्रतिफल जनताले छिट्टै पाएर मुलुकको आर्थिक उपार्जनमा सहयोग पुग्ने बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस