हवाई पूर्वाधारको अर्को फड्कोः सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
२८ फागुन २०७८
•
५ मिनेट पाठ
हवाई पूर्वाधारको अर्को फड्कोः सञ्चालनको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ।




विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनको तयारीमा छ।

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको तयारीसँगै  मुलुकभित्र अब दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन्।

आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाईट) सम्पन्न यो विमानस्थलमा २०७९ वैशाख १ गते परीक्षण उडान हुँदैछ। जेठ २ गतेदेखि व्यावसायिक उडान सञ्चालन गरिने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ।

प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले झण्डै ७२ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध विमानस्थल सञ्चालनको तयारी गरिएको बताए। गौतमबुद्ध विमानस्थलमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को  वाइड बडी ए ३३० जहाजले परीक्षण उडान गर्ने निगमले जनाएको छ।

नेपालमा विसं २००६ मा त्रिभुवन विमानस्थल सञ्चालनमा आएपछि पहिलोपटक अर्को अन्तर्राष्ट्रिय विमानस्थल थपिएको हो। सन् १९४८ मा बीच बनाया नामक वायुयानलाई बेलायती नागिरक एच वेडलरलेले काठमाडौंको गौचरणमा सफलतापूर्वक अवतरण गरेको नै नेपालको सन्दर्भमा हवाई यातायातको सुरुआत भएको मानिन्छ।

त्यसपछि सन् १९४९ मा पहिलोपटक काठमाडौँ गौचरणमा डकोटा–३ वायुयान अवतरण गरियो। विसं २००७ मा भारतको पटनाबाट इण्डियन नेशनल एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो।

ठूलो अत्याधुनिक विमानस्थल  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए। उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि महत्वपूर्ण परियोजना भएको बताए।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ। यो विमानस्थल अत्याधुनिक उपकरणयुक्त छ। मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ।

नमूना आयोजना

गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवका आयोजनामध्ये रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको कामबीचमा निर्माण व्यवसायी कम्पनीको लापर्बाहीले अवरोध भएको थियो।

पछिल्लो पटक सन् २०२० को मार्च महिनाभित्र निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरुपमा सञ्चालनमा आउन लागेको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। 

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी करिब रु २२ अर्ब खर्च हुने प्राधिकरणले जनाएको छ। पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानपछि सबैभन्दा धेरै लाभ गौतमबुद्धको जन्मस्थल लुम्बिनी घुम्न आउने पर्यटकलाई हुने व्यवसायीको बुझाइ छ।

विमानस्थल सञ्चालन भएपछि विश्वका धेरै मुलुकबाट बौद्धमार्गी सिधै भैरहवा आउन सक्नेछन्। विमानस्थलबाट लुम्बिनी क्षेत्र २२ किलोमिटर मात्र टाढा छ। लुम्बिनी विकास कोषले लुम्बिनी आउने विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान हुनासाथ दुई गुणा वृद्धि हुने प्रक्षेपण गरेको छ। बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्कालगायत मुलुकबाट सीधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ।

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईले बुद्धिष्ट पर्यटक आकर्षण गर्न गौतमबुद्ध विमानस्थलको महत्वपूर्ण भूमिका हुने बताए। कोभिड महामारीबाट सहज बन्दै गइरहेको मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले विदेशी पर्यटक बढ्ने र नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने उनको विश्वास छ।

प्राधिकरणले नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान योग्य भएको सूचना प्रकाशित गरेको छ। यो विमानस्थलमा अबको ४१ दिनपछि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विमानस्थलको सबै विवरण रहेको पुस्तकसमेत प्रकाशन गरेको छ। आगामी अप्रिल २१ देखि विमानस्थलले अन्तर्राष्ट्रिय उडानको मान्यता पाउने बताइएको छ। प्राधिकरणले विमानस्थल उडानका लागि योग्य भयो भनी उडान गर्न चाहने एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि ‘एप्रोच’ गर्न विमानस्थलको सबै विवरणसहितको प्रकासन जारी गरेको छ।

तीन अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान गर्ने इच्छा

गौतमबुद्ध विमानस्थलमा उडानका लागि अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स कम्पनीले उडानका लागि चासो देखाएका छन्। प्राधिकरणका महानिर्देशक अधिकारीका अनुसार अहिले तीन एयरलाइन्सले उडानका लागि इच्छा देखाएका छन्। गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्स, जजिरा एयर र थाई स्माइलले उडान गर्ने आशय देखाएका हुन्।रासस
अर्को समाचार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो
२६ असोज २०७९
•
५ मिनेट पाठ
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलः डाँडा काट्न ढिलाई  गर्दा ‘क्यालिब्रेसन फ्लाईट’ नै पछाडि धकेलियो
पोखरा क्षेत्रीय विमानस्थलको पूर्वीभेगमा रहेको रिठ्ठेपानीको डाँडा (गोलाकारभित्र)। विमानस्थलको क्यालिब्रेसन फ्लाइट गर्न १४ मिटरसम्म डाँडा कटान हुनुपर्छ। तस्बिरः उमेश पुन/नागरिक
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको मुख्य मध्येको एउटा बाधक रिठ्ठेपानी डाँडा कटान अझै सुरु भएको छैन। रिठ्ठेपानी डाँडा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टि ‘एप्रोच’मा पर्छ एप्रोचमा पर्ने त्यो डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइट पनि पछाडि धकेलिएको छ।  




यसअघि अक्टोवरमा क्यालिब्रेसन फ्लाईट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताउँदै आएको थियो। तर, डाँडा कटान नहुँदा नोभेम्बर अन्तिम साता भन्दा अघि क्यालिब्रेसन फ्लाइट सम्भव नभएको प्राधिकरणले बताएको छ। डाँडा कटान गर्ने ठेकेदार कम्पनि छनोट गर्न आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार सकिएको छ। ३५ दिन म्याद राखेर टेण्डर आव्हान गरिएको थियो।  

डाँडा कटानका लागि आवेदन दिएका मध्येको कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुनेछ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) अन्तर्गतको राष्ट्रिय गौरव आयोजनाले डाँडा कटान गर्ने कम्पनि छनोट गरेपछि बल्ल कटान सुरु हुनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका उपप्रबन्धक इन्जिनियर कृष्णप्रसाद पौडेलले केहीदिनभित्र कम्पनि छनोट गरेर बल्ल कटान सुरु हुने बताए। उनका अनुसार डाँडा कटान नहुँदा क्यालिब्रेसन फ्लाइटको पनि टुंगो लाग्न सकेको छैन।  

‘डाँडा कटानका लागि आव्हान गरिएको टेण्डर हाल्ने म्याद बल्ल मंगलबार समय सकिएको छ। अब आवेदन दिएका कम्पनिबारे अध्ययन गरेर छनोट हुन्छ। त्यसका लागि केहीदिन लाग्छ,’ उनले भने, ‘कम्पनि छानिएपछि बल्ल कटान सुरु हुनेछ। टेण्डर हालेका कम्पनिबारे अध्ययन गर्दा कम्तिमा दुईसाता लाग्न सक्छ।’
 पौडेलका अनुसार रिठ्ठेपानीमा दुईवटा डाँडा कटान गर्नुपर्छ। होचो तर्फको १२ मिटर र अग्लोतर्फको ४० मिटर उचाई कटान गर्नुपर्छ। तर, क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर मात्र उचाई काटे पुग्छ। प्राधिकरणले क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर डाँडा कटान गर्नका लागि एकमहिना मात्र समय दिने उनले बताए।  

‘क्यालिब्रेसन फ्लाइट गर्नका लागि १४ मिटर उचाई काटे पुग्छ। डाँडा कटानका लागि छनौट भएको कम्पनिले त्यो काम एकमहिना भित्र सक्नुपर्नेछ। किनकी क्यालिब्रेसनका लागि काम छिटो गर्नुपर्ने हुन्छ,’ उनले भने। पौडेलका अनुसार सबै ४० मिटरसम्म नै डाँडा कटान गर्न भने ६ महिनासम्म समय लाग्न सक्छ। त्यो छनोटमा पर्ने कम्पनिको क्षमतामा भर पर्नेछ।  

डाँडा कटान भईसकेपछि बल्ल क्यालिब्रेसन फ्लाइट हुनेछ। डाँडा कटानमा ढिला हुँदा अहिलेसम्म क्यालिब्रेसन फ्लाइटको पनि दिन यकिन हुन सकेको छैन। नोभेम्बर अन्तिम साताभित्र क्यालिब्रेसन फ्लाइट हुन सक्ने उनको अनुमान छ। ‘यो महिना ठेकेदार कम्पनि छनोट हुनेछ। त्यसपछि १४ मिटर डाँडा कटान गर्दा झन्डै एकमहिना लाग्नेछ । त्यही भएर क्यालिब्रेसन फ्लाइट नोभेम्बर अन्तिम साता हुने अनुमान हो,’ उनले भने, ‘केही गरि डाँडा कटान छिटो भएमा क्यालिब्रेसन फ्लाइट पनि २–४ दिन अघि सर्न सक्छ।’ अक्टोवर महिनामा क्यालिब्रेसन फ्लाइट गर्ने लक्ष्य प्राधिकरणको रहेपनि डाँडा कटानमा ढिलाई हुँदा पछाडि धकेलिएको छ। अब नोभेम्बरको अन्तिममा बल्ल क्यालिब्रेसन फ्लाइट हुन सक्ने प्राधिरकणको अनुमान छ।  

विमानस्थलको धावनमार्गको ‘एप्रोच’ मा पर्ने पूर्वपट्टिको रिठ्ठेपानी डाँडा कटानमा ढिलाई हुँदा प्राविधिक परीक्षण गर्न नपाएको भन्दै दोश्रोपटकका लागि विमानस्थलको म्याद थपिएको थियो। विमानस्थल निर्माणको जिम्मा लिएको कम्पनिले भौतिक पूर्वाधारतर्फका सबैजसो काम सकिसकेपनि ‘क्यालिब्रेसन फ्लाइट’ गर्न पाएको छैन। गत जुलाई १० मा सकिएको म्याद दोश्रोपटक थपेर आगामि डिसेम्बरसम्म पु¥याइएको छ। काम नसकिएकोले दोश्रो पटकका लागि झन्डै ६ महिना (आगामि डिसेम्बरसम्म) का लागि म्याद थप भएको थियो।  

पोखराको यो विमानस्थल चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले बनाईरहेको छ। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा पनि सिएएमसीइको हो। कोरोना भाइरस संक्रमण र केही आन्तरिक अप्ठेरोले तोकिएको समयमा विमानस्थल निर्माण पुरा हुन नसकेको भन्दै पहिलो पटक एकवर्षका लागि म्याद थपिएको थिया। सरासर काम हुन पाएको भए २०२१ को जुलाई १० मा यो विमानस्थल हस्तान्तरण हुनुपर्ने हो। तर, कोरोनाले गर्दा एकवर्ष ढिलिएको थियो। क्यालिब्रेसन फ्लाइट गर्ने जिम्मा चिनियाँ कम्पनिकै भएकोले निर्माण कम्पनिले नै जहाज ल्याएर परीक्षण गर्नेछ। ‘क्यालिब्रेसन फ्लाइट’का लागि कुन जहाज र कहाँबाट ल्याउने भन्ने जिम्मेवारी चिनियाँ कम्पनिकै भएको उनले बताए।  

क्यालिब्रेसन फ्लाइट हुन नपाउँदा विमानस्थलमा जडान गरिएका उपकरणको परीक्षण हुन पाएको छैन। ती उपकरणको जडान सही भए नभएको, उपकरणले काम गरे नगरेको क्यालिब्रेसन फ्लाइट गर्ने जहाजबाटै परीक्षण गर्नुपर्ने हुन्छ। डाँडा कटानका लागि गत असार दोश्रो साता नागरिक उड्डयन प्राधिकरण (क्यान) र वन विभागबीच डाँडा र त्यहाँका रुख कटानका लागि सहमति भएको थियो।  
कटान गरिने डाँडामा साल, चिलाउने, कटुस लगायतका रुख छन्। डाँडासँगै त्यहाँका ६ सय रुख कटान हुनेछन् । तर, रुख भने कटान भईसकेका छन्। डाँडामा ८४ वटा ठुला रुख र बाँकी ५१६ वटा ३० सेन्टिमिटरसम्म गोलाई भएका साना आकारका रुख थिए। ४० रोपनी क्षेत्रफलको डाँडा र रुख कटान हुनेछ। विमानस्थलको पूर्वी सिमानाबाट यो डाँडा १.३५ किलोमिटर टाढा पर्छ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनि चाइना सिएएमसीईले शिलान्यासको डेढवर्षपछि काम थालेको थियो। यो बीचमा कोरोना भाइरस संक्रमण फैलियो। तरपनि चिनियाँ कम्पनिले निर्माणलाई गति दिई नै रहँदा विमानस्थल निर्माणले गति लिएको थियो। कोरोनाको अप्ठेरोका बाबजुत पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेश्रो साता निर्माण कम्पनिले महत्वपूर्ण पुर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस