इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु
१२ फागुन २०७८
•
३ मिनेट पाठ
इलामकाे फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु
हालै निर्माण सम्पन्न भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको छ। बुधवारदेखि तारा एयरलाइन्सको जहाजले व्यावसायिक उडान सुरु गरेको हो।




साताको दुई दिन हवाई सेवा दिने गरी तारा एयरलाइन्सले व्यावसायिक उडान थालेको हो। हरेक आइतबार र बिहीबार काठमाडाैं-इलाम-काठमाडौँ उडान हुनेछ। व्यावसायिक उडानका लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौताअनुसार आतेजाते ११-११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ। ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्नेछ। हवाई यात्राको लागि एकतर्फी भाडा नौ हजार रुपैयाँ कायम गरिएको छ।

उडानका लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थ सेवाको व्यवस्था पनि नगरपालिकाले गर्ने भएको छ। नगरपालिका र तारा एयरलाइन्सका बीचमा तीन महिनाको लागि यस्तो सम्झौता भएको हो।

इलामबाट नियमित हवाई उडानका लागि नगरपालिकाले सहुलियत दिने भएको छ। हवाई यात्राको एकातर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो। यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्ने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।

व्यावसायिक उडान सुरु भएपछि यसलाई नियमित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। होटेल एसोसिएसन इलामको अध्यक्ष देवी पौडेलले विमानस्थलबाट नियमित उडानका लागि भारतको दार्जिलिङ, सिक्किममा प्रचार गर्नुपर्ने बताए। ‘भारतको सिक्किम दार्जिलिङमा विज्ञापन गर्ने हो भने नियमित उडानमा सहयोग पुग्छ’, पौडेलले भने,‘हिउँदको समयमा तराईमा हुस्सुको कारण नियमित उडान हुँदैन, यहाँ नियमित उडान हुने हो भने यो विमानस्थलबाट यात्रा गर्नेको संख्या बढ्छ।’

तारा एयरलाइन्सका मुख्य कार्यकारी अधिकृत (सिइओ) अनोज रिमालले इलाममा पर्यटनको असंख्य सम्भावना रहेकाले नियमित उडानको सम्भावना रहेको बताए। ‘यहाँहरूमा देखिएको उत्साहले हामीलाई नियमित उडानको लागि प्रतिबद्ध बनाएको छ’, उनले भने, ‘स्थानीयको सहयोग भयो भने नियमित उडान हुन सक्छ।’

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुरका अध्यक्ष अच्युत गुरगाईंले इलाममा नियमित उडान सुरु हुँदा नयाँ गन्तव्यको ढोका खुलेको प्रतिक्रिया दिए। ‘नयाँ डेस्टिनेसन खुल्दा बढी प्रोफिट हुन्छ’, उनले थपे, ‘अब इलाममा नेपाली मात्रै होइन विदेशी पर्यटक ल्याउन पनि सजिलो हुन्छ।’ ट्रेकिङ एजेन्सी अफ नेपालका अध्यक्ष खुम सुवेदीले इलामको हवाई यात्राले पर्वतारोही र यस क्षेत्रमा ट्रेकिङ गर्न चाहाने पर्यटकलाई सहज हुने बताए। ‘सहकार्य गरौँ यहाँको पर्यटकीय गन्तव्यलाई हामी बेच्न सघाउँछौ’, उनले भने,‘विदेशी पर्यटक भित्र्याउन सकियो भने हाम्रो जिडिपीमा पनि सहयोग पुग्छ।’

होटेल एसोसिएसनका नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले राम्रो प्याकेज बनाएर इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए। ‘राम्रो प्याकेज बनाएर इलामको पर्यटन प्रवर्द्धन गर्न सकिन्छ’, शाहले भने,‘ टी टुरिजम यहाँको राम्रो सम्भावना भएको क्षेत्र हो।’

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण शाहले नियमित उडानका लागि इलामलाई हब बनाउनुपर्ने बताए। ‘इलामलाई हब बनाएर जान सकियो भने उडानलाई नियमित बनाउन सकिन्छ’, उनले भने ,‘यहाँको पर्यटनको विकासको लागि पर्यटकीय क्षेत्रबाट कनेक्टिभिटी फ्लाइट जोड्नुपर्छ।’
अर्को समाचार
वैशाखदेखि इलामबाटै उडान–अवतरण
१४ पौष २०७७
•
२ मिनेट पाठ
वैशाखदेखि इलामबाटै उडान–अवतरण
इलामको निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थल । तस्बिर : भीम/नागरिक
निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट आउँदो वैशाखदेखि उडान–अवतरण गर्न पाइने भएको छ। करिब ३ महिनामा धावनमार्गको कालोपत्रे सक्नेगरी काम भइरहेकाले वैशाखदेखि उडान–अवतरण गर्न सकिने भएको हो।  




अहिले धमाधम धावनमार्ग कालोपत्रेको आधार तयार गरिँदैछ। विमानस्थलमा माटो कटिङ र फिलिङको काम भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार धावनमार्ग सबबेसको काम भइसकेको छ। त्यसमाथिबाट हालिने बेस लेयरको काम अन्तिम चरणमा छ । प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले अब केही दिनपछिदेखि सबैभन्दा माथिल्लो भाग कालोपत्रे थालिने बताए। ‘कालोपत्रेका लागि अलकत्रा र आवश्यक सामग्री संकलन भइरहेको छ,’ उनले भने, ‘अलकत्रा भुट्ने एस्फल प्लान्ट ल्याएर जडान गरिएको छ, ९ सय ड्रम अलकत्रा लाग्ने अनुमान गरिएकामा ३ सय ड्रम आइसकेको छ। अरू पनि आउँदैछ।’  

इन्जिनियर भट्टराईले स्थायी टर्मिनल भवन नबनुञ्जेलका लागि अस्थायी भवनसमेत बनाइसकिएको बताए । ‘अहिलेको ठेक्कामा ठूलो टर्मिनल भवन परेको छैन, सानो भवन बनाइएको छ,’ उनले भने, ‘विमानस्थल फुल फेजमा चल्न थालेपछि ठूलो टर्मिनल भवन बनाउनुपर्ने हुन्छ।’ पछिल्लो पटक ९ करोड रुपैयाँको ठेक्काबाट धावनमार्ग कालोपत्रे, सानो टर्मिनल, रिटेनिङ, साइड ड्रेन र कार पार्किङलगायतको काम भइरहेको उनले बताए। यो ठेक्काको पनि करिब ७५ प्रतिशत काम सकिएको छ। विमानस्थल निर्माणका लागि अहिलेसम्म करिब २८ करोड रुपैयाँ खर्च भइसकेको प्राधिकरणले जनाएको छ।  

विमानस्थलको ६ सय ७० मिटर लम्बाई र २० मिटर चौडाइको धावनमार्ग कालोपत्रे हुनेछ। १५ महिनामा काम सक्नेगरी आशिष, आशीर्वाद र स्वामीनारायण जेभीले अहिलेको काम जिम्मा लिएको हो। २०७५ जेठ २१ मा यो विमानस्थलमा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो। इन्जिनियर भट्टराईले सानो आकारका विमान चल्ने पहाडी क्षेत्रका विमानस्थलमध्ये यो फराकिलो र राम्रो रहेको बताए।  

यहाँ विमानस्थल बनेपछि इलामसहित पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङका बासिन्दाले पनि सुविधा पाउने छन्। यो विमानस्थल ट्वीनअटर जहाजका लागि पर्याप्त मानिएको छ। ट्वीनअटरभन्दा ड्रोन र लेट जहाज अझ छिटो सञ्चालन हुनसक्ने प्राविधिकले जनाएका छन्। ट्वीनअटरभन्दा यी जहाज काठमाडौं–इलामको दूरीमा १० मिनेट छिटो आउ–जाउ गर्न सक्ने उनीहरूको अनुमान छ।  

३ सय २८ रोपनीमा निर्माणाधीन विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया सुरु भएपनि २०६७ चैत १३ मा शिलान्यास गरिएको थियो। बर्सेनि ज्यादै कम बजेट मात्र विनियोजन हुने गरेकाले निर्माणमा ढिलाइ भइरहेको छ। तत्कालीन जिल्ला विकास समिति, इलाम नगरपालिका र सबै गाविसबाट रकम उठाएर जग्गा खरिद गरिएको थियो। जिल्लाबासीबाट समेत प्रतिव्यक्ति १ हजारदेखि २० हजार रुपैयाँसम्म चन्दा संकलन गरिएको थियो। ३१ घर–परिवारलाई जग्गाको मुआब्जाका लागि २ करोड २६ लाख रुपैयाँ खर्च भएको थियो।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस