सर्लाहीको बागमती नगरपालिकाले पर्यटकलाई आकर्षक गन्तव्य दिन फनपार्कमा ठूलो लगानी गरेको छ। बागमती नदीको पूर्वी किनारमा चर्चित पर्यटकीय स्थल नुनथरको छेउमा तटबन्ध निर्माणका साथै ठूलो होटल र अन्य सुविधासहितको फनपार्क निर्माणमा नगरपालिकाले काम गरेको देखिएको छ।
बागमती नदीमा आउने बाढीको पानीले नदी किनारलाई हानि गर्ने हुनाले व्यवस्थित रुपमा पक्की तटबन्धको निर्माण भइरहेको देखिएको छ। बागमती नगरपालिका प्रमुख भरतकुमार थापाले दश करोडको लगानीमा सुरक्षित तटबन्धको निर्माण भइरहेको बताएका छन्।
फनपार्कको लागि पाँच बिगाहा जमिनको व्यवस्थापन गरिएको छ। बागमतीमा रहेको प्रहरी चौकीको अगाडिबाट फनपार्कसम्म आइपुग्ने सडकको पनि व्यवस्थापन भइसकेको देखिन्छ। चालू आर्थिक वर्षमा सडक पनि पूर्णरुपमा निर्माण भइसक्ने लक्ष्य लिएर काम भइरहेको बताउँदै नगर प्रमुख थापाले देश र विदेशका पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माण गरिन थालिएको जानकारी गराएका छन्।
चुरे पहाडको फेंदीमा र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माणले गति लिएसँगै व्यावसायीहरुको नजर पनि पुगेको देखिएको छ। अहिले नै निजी क्षेत्रबाट एउटा रिसोर्टको पनि निर्माण हुन थालेको देखिएको छ। बागमती नदीको किनारमा अति शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकोले वर्षेनी लाखौँ पर्यटक आउने देखिएको छ।
फनपार्कभन्दा पश्चिम रौतहटको नुनथर रहेको र नुनथरमा वर्षेनी लाखौँ पर्यटक आउने गरेकाले नेपाल र भारतका पर्यटकलाई सुविधा सम्पन्न फनपार्क उपलब्ध गराउँदा झन् धेरै पर्यटक आकर्षण हुने विश्वास आफूहरुले लिएको नगर प्रमुख थापाको भनाइ छ।
नगरपालिकाले निर्माण गरिरहेको फनपार्क क्षेत्रमा केही बस्ती पनि रहेकोले सबैलाई उचित व्यवस्थापन गरिसकेको नगर प्रमुख थापाको भनाइ छ। सबैलाई व्यवस्थापन गरिसकिएको र फनपार्क निर्माणमा देखिएका बाधा अडचनहरुलाई पनि हटाइसकिएकोले आगामी एक वर्षमा फनपार्क पूर्ण रुपमा व्यवस्थित भइसक्ने अनुमान रहेको छ।
फनपार्क निर्माणपछि हजारौँले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने बताउँदै नगर प्रमुख थापाले फनपार्कबाट भरततालसम्म केबलकार चलाउने र फनपार्कभन्दा माथि चुरेको डाँडामा गौतम बुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसित जोडिएको जानकारी गराएका छन्। फनपार्कको निर्माणले रौतहटको नुनथरको पनि पर्यटनमा टेवा पुग्ने विश्वास रहेको छ।