महंगीले बजारमा हरेक बस्तुको मूल्य आकाशिएको छ। यसबाट गुन्द्रुक समेत अछुतो रहेन। ‘गरिवको तरकारी’ भनेर चिनिने अमिलो गुन्द्रुक यति बेला ‘धनिलो’ तरकारी बन्न पुगेको छ। काठमाडौका होटल रेष्टुरेन्टदेखि विदेशिएका नेपालीको भान्सासम्म गुन्द्रुक पाक्न थालेपछि यसको व्यापार आकाशिएको छ।
यति बेला बजारमा थरिथरिका गुन्द्रुक खुल्ला तथा प्याक गरेर बेच्न राखिएको पाइन्छ। अन्य सागको गुन्द्रुकको तुलनामा रायो र तोरीको गुन्द्रुकको माग बढेको पसलेहरु बताउँछन्। ‘तोरीको गुन्द्रुक प्रतिकेजी ८ सयको हाराहारीमा बिक्छ,’ असनकी पसले लक्ष्मी प्रजापति भन्छिन्, ‘ कोरोना र लकडाउनका कारण सागको मूल्य बढेपछि गुन्द्रुकको भाउ पनि बढेका हो।’
बजारमा रायोको त गुन्द्रुक किलोको ५ सयदेखि ८ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। गुन्द्रुक खुल्लारुपमा मात्र हैन प्याकेजिङग गरेर समेत आउन थालेकोले पनि यसको भाउ थप बढेको देखिन्छ।
राजधानीमा रहेका थकाली होटलको खानामा गुन्द्रुक अनिवार्य रहने गर्छ। त्यसैगरी नेवारी खाजामा पनि यो अचारको रुपमा प्रयोग हुने गरेको छ।
उपत्यकाका ग्रामीण क्षेत्रसंगै तराईका विभिन्न भागबाट समेत गुन्द्रुक आउन थालेको प्रजापतिले सुनाइन्।
बद्रीमाया मानन्धर पनि गुन्द्रुकको भाउ निकै बढेको सुनाउँछिन्। ‘पहिला पहिला गुन्द्रुक भनेपछि नाक खुम्चाउँथे,’ माछाका सुकुटी समेत राखेकी उनले भनिन्, ‘अहिले पहिलो रोजाइनै गुन्द्रुक बन्न थालेको छ।’
बजारमा गुन्द्रुकको माग बढेसंगै यो उत्पादन गर्ने उद्योग समेत खुल्न थालेका छन्। नेपाल मस्यौरा उद्योगकी कमला नेपाल पछिल्लो समय विदेशमा गुन्द्रुक जाने क्रम पनि बढेको सुनाउँछिन्।
कसरी तयार पार्ने त गुन्द्रुक?
गुन्द्रुक प्रायः रायो, तोरी, मुला र काउलीको साग घाममा ओइलाएर तयार पारिन्छ। सुकेपछि सागलाई ओखलमा पिसेर हावा नपस्ने भाडामा कसेर सुकाइन्छ। केही घाम सुकेपछि यो अमिलो हुन्छ। फेरि घाममा सुकाएपछि यो तयार हुन्छ।
काठमाडौँ, नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।
सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्याएका छन्।
सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।
सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।
विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।
बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।
यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।
साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।
निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।
नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...