बूढीगण्डकी डुबान क्षेत्र: भौतिक संरचनाको ह्रासकट्टी नगरी क्षतिपूर्ति
१० माघ २०७८
•
३ मिनेट पाठ
बूढीगण्डकी डुबान क्षेत्र: भौतिक संरचनाको ह्रासकट्टी नगरी क्षतिपूर्ति
सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रका स्थानीयलाई घर, गोठ सहितको भौतिक संरचनाको ह्रासकट्टी नगरीकनै क्षतिपूर्ति उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को गत पुस ३० गते बसेको बैठकले आयोजना प्रभावित क्षेत्रका स्थानीय जनताले घर, गोठ लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरीकनै क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो।




नेपाल सरकारका मुख्यसचिव शंकरदास वैरागीले पुस ३० गत ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिवलाई पत्र लेखेर मन्त्रिपरिषद्को वैठकले ह्रासकट्टी नगरीकनै क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको जानकारी गराएका थिए। उक्त आयोजनाको डुबान क्षेत्रमा रहेका घर, गोठ लगायत भौतिक संरचनाको ह्रासकट्टी नगरी क्षतिपूर्ति दिने विषयको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्ताव पेस हुँदा मन्त्रिपरिपद् बैठकले प्रस्तावमा लेखिए बमोजिम गर्ने निर्णय गरेको थियो।  

मुख्यसचिवले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई पत्र लेखेर मन्त्रिपरिषद् बैठकले उक्त विषयमा निर्णय गरेकाले कार्यान्वयन गर्न नियमावलीको २०६४ को नियम २९ बमोजिम गर्न अनुरोध गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गत मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रिपरिषद्को बैठकमा सोसम्बन्धी प्रस्ताव पेस गर्न स्वीकृति दिएकी थिइन्।  

सचिव कार्कीले मन्त्रिपरिषद् बैठकमा यो प्रस्ताव पुस १ गते दर्ता गराएका थिए। ऊर्जासचिव कार्कीले बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा रहेका घर, गोठ लगायत भौतिक संरचनाको मुआब्जा रकम भुक्तानी गर्दा ह्रासकट्टी गर्ने÷नगर्ने भन्ने स्पष्टता नभएको हुँदा सो सम्बन्धमा निर्णय हुन आवश्यक देखिएको भन्दै प्रस्ताव पेस गरेका थिए।

मन्त्रालयले पुरानो संरचनाहरू भएको कारणले ह्रासकट्टी गरेर मुआब्जा भुक्तानी गर्दा सो रकमले अन्य स्थानमा घर बनाउन कठिन हुन जाने एवं राष्ट्रिय योजना आयोगको पूर्वाधार विकास आयोजनाको लागि जग्गा प्राप्ति पुनर्बास तथा पुनस्र्थापना सम्बन्धी नीति २०७१ र आयोजनाको स्वीकृति वातावरणीय प्रभाव मूल्यांकनमा समेत यस्ता संरचनाको क्षतिपूर्ति भुक्तानी गर्दा प्रतिस्थापन मूल्यमा दिइने छ भनी उल्लेख भएको तर सहरी विकास मन्त्रालयको भवन लागत मूल्यांकन कार्यविधि, २०७० मा ह्रासकट्टीको प्रावधान रहेको हुँदा मन्त्रिपरिषद् बैठकले निर्णय गर्न आवश्यक भन्दै प्रस्ताव पेस गरेको थियो।

राष्ट्रिय गौरवको रूपमा रहेको आयोजना भएको एवं स्थानीय डुबान क्षेत्रमा पर्ने व्यक्ति लगायत सम्बन्धित सरोकारवाला, राजनीतिक दलहरूबाट समेत पटक–पटक घरगोठ लगायत भौतिक संरचनाको ह्रासकट्टी नगर्न माग गर्दै आएका थिए। आयोजना निर्माणमा सहज वातावरण बनाउन समेत सहयोग पुग्न जाने भएकाले पनि मन्त्रालयले यो प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको जनाएको छ।  

सरकारले यसअघि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड, मध्यभोटेकोसी जलविद्युत् आयोजना र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडबाट आयोजना विकास गर्दा ह्रासकट्टी नगरी मुआब्जा वितरण गरिएको थियो। अर्थ मन्त्रालयले पनि गत कात्तिक २१ गते ऊर्जा मन्त्रालयलाई पत्र लेख्दै ह्रासकट्टी नगरी मुआब्जा दिने गरी सहमति दिएको थियो।  

सरकारले विगत ६ वर्षदेखि बूढीगण्डकी आयोजना निर्माणको लागि भन्सार विन्दुमै पेट्रोलियम पदार्थमा लगाएको करबाट झण्डै ७१ अर्ब संकलन गरेको छ। बूढीगण्डकी आयोजना प्रभावितलाई करिब ३३ अर्ब ८० मुआब्जा वितरणबाहेक बूढीगण्डकी आयोजनाको काम अघि बढ्न सकेको छैन। बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय ५३ रोपनी क्षेत्रफलमध्ये ४८ हजार रोपनीको मुआब्जा वितरणको काम सम्पन्न भएको छ। ऊर्जा मन्त्रालयका अनुसार मुआब्जाबापत हालसम्म ३३ अर्ब ८० करोड रूपैयाँ वितरण भएको छ। अझै १० हजार रोपनी क्षेत्रफलको मुआब्जा वितरण गर्न बाँकी छ।

चिनियाँ कम्पनी गेजुबा गु्रप कर्पोरेसन (सिजिजिसी) ले १२ सय मेगावाटको जलायशयुक्त बूढीगण्डकी आयोजनाको लाइसेन्स तीन वर्षदेखि ‘होल्ड’ गरेर आयोजना अलपत्र पार्दै आइरहेको छ। अहिलेसम्म यो आयोजना कुन ढाँचामा निर्माण गर्ने अहिलेसम्म टुंगो लागेको छैन।  

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज ६ गते १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना बिनाप्रतिस्पर्धा इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्सट्रक्सन एन्ड फाइनान्स (इपिसिएफ) मोडलमा (सिजिजिसी)लाई दिने निर्णय गरेका थिए। तर चिनियाँ कम्पनीले यो अवधिमा कुनै पनि काम अगाडि बढाउन सकेको छैन।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस