रौतहटको गरुडा नगरपालिका ५ महम्मदपुरका किशुनदयाल यादव हिरापुर बैरेजको माछा भनेपछि हुरुक्क हुन्छन्। हिरापुर बैरेजमा पाइने झिँगेमाछाको स्वाद नै गज्जबको भएकोले माछाको स्वाद लिनका लागि नै करिब बीस किलोमिटर टाढा आएको यादवको भनाइ छ।
सर्लाहीको हीरापुर बैरेज झिँगेमाछाको पारखीलाई आकर्षणको केन्द्र बन्दै छ। यहाँ जिउँदै पाइने कालो झिँगेमाछाप्रति सर्लाही, रौतहट र महोत्तरीका पारखीहरुको आकर्षण बढ्दै गएको छ।
सर्लाहीको बरहथवा नगरपालिका ११ का बाबुलाल मुखियाको घरमा आएका पाहुनालाई माछा खुवाउन यहीँ ल्याएका छन्। हिरापुरको झिँगेमाछा र गैंचा तथा मलगा माछाले लोकप्रियता पाउन थालेको छ। यहाँको माछाको स्वाद एकपटक लिएपछि मानिसहरु साथीलाई लिएर निरन्तर आउने गरेको हिरापुर होटेल सञ्चालक सुकदेव साहको भनाइ छ।
गरुडाका सतिश साहसँगै आधा दर्जनभन्दा बढी मानिसको टोली झिँगेमाछा, गैँचा र मलगा माछा खान आइपुगेको छ। यो टोली झण्डै हरेक हप्ता आउने गरेको होटल सञ्चालक साह बताउँछन्।
होटलमा माछा खाने र घरपरिवारको लागि पनि प्याकिङ गरेर लैजाने प्रचलन बढ्न थालेको छ। प्रायः आउनेले आफू खाएर घरका अरु सदस्यका लागि पनि लैजाने गरेको देखिन्छ।
हिरापुर बैरेजमा खुलेका आधा दर्जनभन्दा बढी होटेलहरुले लोकल माछा मात्र बिक्री गर्दछन्। नहर किनारमै बसेको सानो बजार हिरापुर बैरेजमा माछा मारेर बेच्नेहरु पनि आइरहन्छन्। दिउँसो एक बजेदेखि नै नहरमा माछा समातेर बेच्नेहरु आउन थाल्छन् र साँझ करिब पाँच बजेसम्म माछा बेच्नेहरु आइरहन्छन्।
नहरमा समातेको जिउँदो माछाको भाउ नै फरक हुन्छ। क्रेताहरु पनि देख्नासाथ जिउँदो माछा नै किन्न खोज्दछन्। भर्खर बेच्न राख्दै गरेका एक माछा बिक्रेताले सडकको जिउँदो माछा समात्न केही बढी समय लाग्ने र नमरोस् भनेर ख्याल राख्नुपर्ने हुनाले केही बढी मूल्य राख्ने गरेको बताउँछन्।
हिरापुर बैरेजका होटलमा प्रायः खोलाकै माछा पाइन्छन्। जुन दिन खोलाको माछा पाइँदैन त्यो दिन मात्र पोखरीको माछा किनेर पसलमा राख्ने गरेको होटल संचालकहरु बताउँछन्। ग्राहकको रुचि र बजारको माग नै खोलाको माछा भएकोले झिँगेमाछा, गैँचा र मलगा माछाको बजार भाउ बढी भएको होटल संचालक साह बताउँछन्।
हिरापुर बैरेजका होटलहरुमा खसीको मासु प्रति प्लेट दुई सय रुपैया रहेको छ तर झिँगेमाछा, गैँचा र मलगा जस्ता स्थानीय जातको माछा प्रति प्लेट अढाई सय रुपैयाँ रहेको सुकदेव साह बताउँछन्।
खसीको मासु प्रति किलो एक हजार रुपैयाँमा पाइन्छ भने जिउँदो झिँगेमाछा प्रति किलो एक हजार चार सय रुपैयाँमा पाइने गरेको देखिन्छ। झिँगेमाछाभन्दा कम पाइने गैँचा र मलगा माछाको मूल्य पनि झन्डै झिँगेमाछा सरह नै रहेको छ।
स्थानीय सबै होटलमा गरी दैनिक दुई सयभन्दा बढी मानिस झिँगेमाछा खानकै लागि आउने गरेको होटल संचालकहरुको भनाइ छ। विभिन्न जिल्लाका साथै भारतबाट पनि समूह बनाएर झिँगेमाछा खान आउनेहरु बढ्दै गएको तिनीहरु बताउँछन्।
पोखरीको माछा त जहाँतहीँ पाइन्छ तर बग्दो पानीको माछाको स्वाद नै फरक हुने र प्राकृतिक माछा हुने हुनाले हिरापुर बैरेजको माछाले बिस्तारै माछा पारखीलाई आकर्षित गर्दै गएको किशुनदयाल यादवको भनाइ छ।