कर्णालीका गाउँ गाउँमा विद्युतीकरण
२८ पौष २०७८
•
३ मिनेट पाठ
कर्णालीका गाउँ गाउँमा विद्युतीकरण
गुराँस गाउँपालिकामा ग्रामीण विद्युतीकरणको कार्यक्रम अन्तर्गत विद्युत परीक्षण गर्दै। तस्बिरः गोविन्द/नागरिक
कर्णालीका स्थानीय तहहरुले साझेदारीमा विद्युतीकरणका लागि दुई वर्षअघि सामुदायिक ग्रामीण विद्यूतीकरण कार्यक्रमका लागि सम्झौता गरेका थिए। अहिले यो कार्यक्रम सकिने अन्तिम अवस्थामा पुगेको छ। जसले गर्दा विकट गाउँमा विद्युतीकरण भईरहेको छ। अँध्यारो गाउँबस्तीहरु नगर तथा गाउँपालिकाले विद्युतीकरणका लागि गरेको खर्चले उज्यालो भएको हो। दियालो (सल्लाको काठ), मट्टितेलबाट टुकी र पछिल्लो वर्षहरुमा सोलारको प्रयोगले उज्यालो झेल्दै आएका स्थानीहरु अहिले विद्यूत लाईन पुगेसंगै गाउँबस्तीहरु रातमा चम्कीलो देखिन थालेका हुन्।




कर्णालीमा विद्युतको राष्ट्रिय लाईन भएको जिल्लाहरुमा यो कार्यक्रम लागु भएको हो। विद्युत नपुगेको जिल्लामा सौर्य उर्जा कार्यक्रम अन्तर्गत सामूहिक विद्युतीकरण गरिएको छ। जसअन्तर्गत सोलरसिस्टम अन्तर्गत एक ठाउँमा सोलारमार्फत विद्युत उत्पादन गरेर सामूहिक विद्युत वितरण गर्ने कार्य भईरहेको छ। जसले गर्दा कर्णालीमा विद्युतीकरण गर्न स्थानीय तह लागिपरेका हुन्। त्यस्तै जाजरकोट, जुम्ला, कालिकोट, जुम्ला, रुकुम लगायतका जिल्लामा लद्यु हाईड्रो मार्फत ग्रामीण बस्ती उज्यालो भईरहेको छ। अहिले कर्णाली प्रदेश सरकारले प्रत्येक जिल्लामा उर्जा तथा जलश्रोत मन्त्रालयमार्फत उज्यालो कार्यक्रम गर्ने तयारी गरेको छ। यो वर्ष मात्र जुम्लामा विद्युत पुगेको छ। उर्जा कार्यक्रममार्फत डोल्पा, मुगु, हुम्लामा स्थानीय खोलाबाट लद्यु हाईड्रो मार्फत सदरमुकाम र केही गाउँहरुमा बत्ती पुर्‍याईएको छ।

सुर्खेतको गुर्भाकोट नगरपालिकामा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमले १,२,४, १२, १४ वडा केही भाग र २ नम्वर वडामा पूरै भाग विद्युतीकरणको काम गरिरहेको छ। दुई वर्षअघि सम्झौता भएको भएपनि कोभिडका कारण काम ढिलाई भएको नगरपालिकाका नगर प्रमुख हस्तबहादुर पुनले बताए। ‘अहिले काम धमाधम भईरहेकाले केही महिनाभित्र विद्युत बल्नेछ,’ नगर प्रमुख पुनले भने, 'विकट गाउँहरुमा विद्युतीकरण कार्यक्रम लागु गरिएको हो। अन्य वडामा केन्द्रीय लाईनबाट बत्ती बलेको छ।’ नगरपालिकाले १ करोड १० लाख र विद्युतीकरण कार्यक्रमले ११ करोड खर्च गर्ने सम्झौता भएको थियो। गुर्भाकोटका धेरै ठाउँमा विद्युतीकरण कार्यक्रमअघि नै भईसकेको छ।

६ करोड लागत नौमुले गाउँपालिकाका ६ वटा वडाका लागि विद्युतीकरण कार्यक्रम गरिएको छ। जसमा गाउँपालिकाले १० प्रतिशत र ९० प्रतिशत सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमले खर्चने गरि सम्झौता गरिएको थियो। गाउँ पालिकाले ६० लाख खर्च गरेको छ। ६ वटा वडामा विद्युत लाईन विछ्याउने काम सम्पन्न भईसकेको नौमुले गाउँपालिका अध्यक्ष भदे बुढामगरले बताए। ‘फटाफट काम भए एक महिनामा ६ वटा वडामा बत्ती बल्ने छ,’ अध्यक्ष बुढामगरले भने, 'विकट गाउँहरुमा हामीले विद्युतको कार्यक्रम लागु गरेका छौं। अब, अन्य कार्यक्रम पनि हुनेछन्।’

दैलेखको महावु गाउँपालिकामा सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमको २ वर्ष अघि सम्झौता भयो। अहिले धमाधम काम भईरहेको छ। वडा वडामा पोल र तार तान्दै छ। पालिकासम्म केन्द्रीय प्रसारण लाईन पुगेको भएपनि अन्य वडामा ३ महिनाभित्र विद्युत पुग्ने गाउँपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए।  ‘१, २ र ४ वडामा केन्द्रीय प्रसारण लाईनले काम गरिरहेको छ,’ अध्यक्ष जंगबहादुर शाहीले भने, '३ नम्वर वडमा ७ करोडमा सौर्य उर्जासंग मिलेर ४ सय ६६ घरलाई बत्ती दिने कार्य हुँदैछ। अन्य वडामा सामुदायिक विद्युतीकरणको कार्यक्रमले विद्युत पुग्दैछ।’ यो वर्षमै ६ वटा वडा रहेको महावुमा सवै वडामा विद्युत पुग्दैछ। सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमसंग मिलेर १० करोडमा विद्युतीकरण भईरहेको छ।

त्यस्तै गुरासँ गाउँपालिकाका ८ वडामा पनि विद्युतीकरणको कार्यक्रम अन्तर्गत बत्ती बालिएको १ महिना पुगेको छ। ‘सवै वडामा विद्युतीकरण पुगेको छ,’ गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले भने, 'निर्वाचित भईसकेपछि जनता समस्या खोज्दै समाधान गर्न लागि परेको छु।’ सवै वडामा बत्ती पुगेपछि स्थानीयहरु खुसी भएका छन्। मट्ठितेल र दियालोको भरमा रहेका जनता केही वर्षयता सोलारबाट घर उज्यालो बनाउँदै आएका थिए।

धेरै स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रम ल्याउन नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामीण विद्युतीकरण विभागसंग दुई वर्षअघिदेखि सम्झौताहरु गरिरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस