नयाँ नेतृत्व चयनसहित कञ्चनजंघा सामुदायिक सहकारी संस्थाको साधारणसभा सम्पन्न
१६ पौष २०७८
•
३ मिनेट पाठ
नयाँ नेतृत्व चयनसहित कञ्चनजंघा सामुदायिक सहकारी संस्थाको साधारणसभा सम्पन्न
कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेड ताप्लेजुङले नयाँ नेतृत्व चयन संगै १८औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले अध्यक्षमा चन्द्रकुमार यवागुलाइ पुन सहकारी संस्थाको अध्यक्ष निर्वाचित गरेको छ। संस्थाको उपाध्यक्षमा चित्राकुमारी चंसु लिम्बू,सचिवमा अस्मिता साँवा र कोषाध्यक्षमा दिलकुमार मेन्याङ्वो सर्वसम्म्त रुपमा चयन भएको निर्वाचन समिति संयोजक श्रीध्वोज तेम्बेले जानकारी दिए।




संस्थाको सदस्यमा खड्गबिक्रम सुबेदी,टेकनाथ अधिकारी,शान्ता आङ्बुहाङ,कृष्णप्रसाद सुबेदी,आइतराम मंगान्ती,राम पोमू,नन्दु बानियाँ,यसोदा श्रेष्ठ,कृष्णप्रसाद सुबेदी लगायत रहेका छन्। दिवस भण्डारी संयोजक रहेको ३ सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ। १ हजार ४ सय ३९ महिला र ७ सय ६३ पुरुष गरी कूल २ हजार २ सय २ जना सदस्य रहेको यो सहकारी संस्थाको कूल चुक्ता शेयर पुँजी १ करोड ८१ लाख २२ हजार १ सय रुपैंया रहेको छ।

कोषाध्यक्ष दिलकुमार मेन्याङ्वोद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार १६ करोड ७३ लाख १५ हजार ३ सय २२ रुपैंया संस्थाले कुल बचत संकलन गरेको छ। मेन्याङ्वोका अनुसार कुल बचत संकलन मध्ये गत आर्थिक बर्षको बाँकी ६ करोड ४७ लाख ५८ हजार २ सय ११ रुपैंया र यस आवको १० करोड २५ लाख ५७ हजार १ सय ११ रुपैंया रहेको छ। यस आवमा संस्थाले ९ करोड १९ लाख ९६ हजार ५ सय ३८ रुपैंया फिर्ता गरेको समेत जनाएको छ।

१७ करोड ३५ लाख २८ हजार १ सय ८९ रुपैंया संस्थाको कूल ऋण लगानी रहेकोमा गत आव सम्म लगानीमा रहिरहेको रकम ९ करोड ५९ लाख ५२ हजार ९ सय रुपैंया तथा चालू आर्थिक बर्षको लगानी ७ करोड ७५ लाख ७५ हजार २ सय ८८ रुपैंया रहेको संस्थाले जनाएको छ। चालू आर्थिक बर्षमा संस्थाले ६ करोड ४७ लाख २० हजार ९ सय ४२ रुपैंया असुली गरेको समेत जनाएको छ।  

संस्थाले यस आवमा १० करोड ८८ लाख ७ हजार २ सय ४६ रुपैंया लगानीमा लगाएको समेत जनाएको छ। संस्थाले एक आर्थिक बर्षमा १ करोड २६ लाख ३२ हजार ७ सय १७ रुपैंया आम्दानी गरी खर्च कटाएर ३४ लाख ६ हजार १ सय ४६ रुपैंया खुद नाफा बचत गरेको संस्थाले जनाएको छ। संस्थाले आफ्नो भवन निर्माणका लागि फुङ्लिङ नगरपालिका वडा नं ४ न्युरोडमा ५ आना जग्गा ४६ लाख ७ सय ५ रुपंैंया खर्च गरेर खरिद गरेको जनाएको छ। संस्थाले चालू आर्थिक बर्षमा ४८ लाख ३८ हजार ८ सय ५४ रुपैंया बिप्रेषण (रेमिट्यान्स) सेवा बापत कारोवार गरेको छ।

बिप्रेषण सेवाका लागि आइएमई,प्रभु मनी ट्रान्सफर र हिमाल रेमिट प्रयोग भइरहेको संस्थाले जनाएको छ। अध्यक्ष यवागुद्धारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आवमा सदस्य सम्मान कार्यक्रम,सदस्य राहत कार्यक्रम,सामाजिक उत्तरदायित्व अन्र्तगत कार्यक्षेत्र भित्रको आवश्यकता पहिचान गरी कार्यक्रम सञ्चालन,अध्ययन अवलोकन र सदस्यता बृद्धि सहितका कार्यक्रम अघि सारिएका छन्।

संस्थाले सहकारी संस्थाको कर्जा सुरक्षण कोषमार्फत ऋणी शेयर सदस्यको मृत्यु भएमा ऋणको २० प्रतिशत ऋण मिनाहा गरिदिने कार्यक्रम अनुरुप ऋणी शेयर सदस्य प्रेम हाङगामको मृत्यु पछि ६० ऋण मिनाहा गरेको जनाएको छ। हाङ्गामको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको थियो। लेखा समितिका संयोजक दीपेन्द्र सुबेदीको अनुपस्थितिमा नवनिर्वाचित लेखा समिति संयोजक दिवस भण्डारीले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए।

साधारणसभाको उद्घाटन गर्दै फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सहकारी संस्थामार्फत समुदायका सदस्यको आर्थिक श्रीबृद्धिमा ठूलो टेवा पुगेको बताए। उनले सहकारी र सरकारी निकाय बीचको सहकार्यले समुदायका सदस्यको आर्थिक विकासमा टेवा पुग्ने भएकोले फुङ्लिङ नगरपालिका सहकारी संस्थासंग सहकार्य गर्न तयार रहेको बताए।

कार्यक्रममा जिल्ला सहकारी संघका यिगेन्द्रकुमार गुरुङ,बिभिन्न सहकारी संस्थाका अध्यक्ष तथा प्रतिनिधि,सञ्चारकर्मी र सहकारी संस्थाका बिभिन्न समूहमा आबद्धहरुको सहभागिता रहेको थियो। साधारणसभाकै अवसरमा संस्थाको प्रगतिका लागि उल्लेखनीय योगदान पुर्‍याउने सदस्यहरुलाइ सम्मान पनि गरिएको थियो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
८ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस