नेपाल राष्ट्र बैंकले कृषि कर्जालाई प्राथमिकतामा राखेपछि कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी निरन्तर बढ्दो छ। राष्ट्र बैंकका अनुसार कृषि क्षेत्रमा हालसम्म करिब ३ खर्ब ४० अर्ब रूपैयाँ कर्जा लगानी भएको छ।
राष्ट्र बैंकका अनुसार कृषि र पशुपालनमा १ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ छ। कृषि क्षेत्रको विकासमा योगदान पुगोस् भनेर ब्याजमा सहुलियत दिने व्यवस्था गरिएको छ। कृषिबाहेक अन्य ९ क्षेत्रमा पनि सहुलियतपूर्ण कर्जा दिने व्यवस्था छ।
राष्ट्र बैंकले २०८०–८१ सम्म कृषि, ऊर्जा र साना तथा मझौला उद्यममा बैंकको कुल कर्जा लगानीको १५ प्रतिशत पुर्याउनुपर्ने निर्देशन दिएको छ। यो व्यवस्थाले तीन वर्षभित्र कृषिमा लगानी अहिलेको तुलनामा दोब्बर हुने अनुमान गरिएको छ।
कृषिमा लगानी वृद्धि हुँदै गए पनि उत्पादन वृद्धि भने हुन सकेको पाइँदैन। कतिपयले गैरकृषकका हातमा कर्जा पुगेकाले उत्पादन वृद्धि हुन नसकेको बताउँदै आएका छन्। गत आवमा नेपालले ५० अर्ब रूपैयाँको चामल आयात गरेको थियो। भन्सार विभागको तथ्यांकअनुसार सोही वर्ष कृषिजन्य वस्तुको आयातमा ३ खर्ब २३ अर्ब रूपैयाँ बाहिरिएको थियो।
१ वर्षमा कृषि कर्जा ४२ प्रतिशतले वृद्धि
कृषि क्षेत्रमा प्रवाहित कर्जा करिब ४२ प्रतिशतले वृद्धि भएको छ। गत आवको वैशाख मसान्तसम्म बैंक तथा वित्त कम्पनीले करिब २ खर्ब ३० अर्ब २९ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए। राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई २०७८ असार मसान्तसम्म कुल प्रवाहित कर्जाको ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा हुनुपर्ने भनेको छ।
सहुलियत ब्याजदरमा डेढ खर्ब बढी कृषि कर्जा
सरकारले ल्याएको कार्यक्रमअनुसार आएको सहुलियतपूर्ण कर्जा १० शीर्षकमा प्रवाह भएको छ। सहुलियतपूर्ण कर्जामा कुल १ खर्ब ६५ अर्ब ५३ लाख रूपैयाँ कर्जा स्वीकृत भएको छ। जसको ६९.१४ प्रतिशत कर्जा व्यावसायिक कृषि तथा पशुपन्छी शीर्षकमा प्रवाह भएको छ। ४२ हजार चार सय ऋणीको १ खर्ब १४ अर्ब ८ करोड ८० लाख रूपैयाँ व्यावसायिक कृषि तथा पशुपन्छी शीर्षकमा कर्जा प्रवाह भएको हो।
यस प्रकारको कर्जा बैंक तथा वित्तीय संस्थाले धितोसहित र धितोरहित प्रवाह गर्न पाउँछन्। स्वीकृत व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा २ अर्ब ५२ करोड ५५ लाख रूपैयाँ बिनाधितो र १ खर्ब ११ अर्ब ५६ करोड २५ लाख रूपैयाँ धितो जमानीमा स्वीकृत भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
सरकारी ब्याज अनुदानमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा वाणिज्य बैंकहरूले २ अर्ब १० करोड ३४ लाख रूपैयाँ धितोरहित र १ खर्ब २ अर्ब ३१ करोड ३३ लाख रूपैयाँ धितोसहित सहुलियत दरमा कर्जा स्वीकृत गरेका छन्।
यसैगरी व्यावसायिक कृषि तथा पशुपन्छी शीर्षकमा विकास बैंकले ४२ करोड १२ लाख रूपैयाँ धितोरहित र ८ अर्ब २३ करोड १५ लाख रूपैयाँ धितोसहित सहुलियत कर्जा प्रवाह गरेका छन्। वित्त कम्पनीहरूले ८ लाख रूपैयाँ धितोरहित र ९८ करोड १ लाख रूपैयाँ धितोसहित व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत गरेका छन्।
कृषि विकास बैंकको ३५ प्रतिशत
कृषि विकास बैंकले गत वर्ष कृषि, वन, माछा, पशुपालनलगायत शीर्षकमा ५३ अर्ब ५७ करोड रूपैयाँ कर्जा लगानी गरेको छ। यो कुल कर्जाको करिब ३५ प्रतिशत हाराहारी हो। बैंकले त्यस वर्ष अपरिष्कृत तथ्यांकअनुसार १ खर्ब ५१ अर्ब रूपैयाँ बराबरको व्यापार गरेको थियो।
अघिल्लो वर्ष १ खर्ब २३ अर्ब रूपैयाँ बराबरको व्यापार हुँदा बैंकले कृषिमा करिब ३५ अर्ब रूपैयाँ लगानी गरेको थियो। ‘हरेक वर्ष कृषि क्षेत्रको विकासमा टेवा पुगोस् भनेर कर्जा लगानीलाई वृद्धि गर्दै लिएका छौं,’ बैंकका प्रवक्ता हिमलाल पौडेलले भने। उनका अनुसार बैंकले केही समयभित्रै १५ अर्ब रूपैयाँबराबरको कृषि बन्ड पनि जारी गर्दै छ। उक्त बैंकले चालु आवभित्र २४ अर्ब रूपैयाँ बराबरको कृषि बन्ड जारी गर्ने लक्ष्य लिएको छ। पौडेलले कृषिमा जति लगानी गरिए पनि बजारको सुनिश्चितता नभएसम्म किसानले लाभ लिन नसक्ने बताए।
‘त्यसैले कृषिमा ब्याजमा अनुदान दिने व्यवस्था भन्दा पनि उत्पादन गरेको कृषिजन्य वस्तु लागत मूल्यभन्दा तल नझर्ने गरी बिक्री हुने सुनिश्चितताको नीति आवश्यक छ,’ उनले भने, ‘त्यसका साथै मल, बिउ र पानी त कृषिका लागि आवश्यक तत्व भइ नै हाले।’
कृषि कर्जा लिनेले ब्याजमा ५ प्रतिशत अनुदान पाउँछन्। पछिल्लो समय सोही अनुदानका लागि कतिपयले कृषि कर्जाको दुरूपयोग गरेको आशंका पनि गरिएको छ। कृषिमा राम्रो प्रगति गरेका मुलुकले उत्पादनको आधारमा अनुदान र सहुलियत दिने व्यवस्था मिलाए पनि नेपालमा त्यसो हुन नसक्दा कृषि कर्जा गैरकिसानको हातमा पुगेको गुनासो हुँदै आएको छ। कृषि विकास बैंकले १ लाखदेखि ५ करोड रूपैयाँसम्म तरकारी, पुशपालनलगायतमा कर्जा लगानी गरेको जनाएको छ।