२५ वर्षदेखि सडकमा परेको जग्गाको राजस्व असुली
१० पौष २०७८
•
२ मिनेट पाठ
२५ वर्षदेखि सडकमा परेको जग्गाको राजस्व असुली
नारायण नगरपालिका ६ स्थित घडेरीमा खनिएको सडक। तस्बिरः गोविन्द/नागरिक
दैलेखको नारायण नगरपालिकाले नगरभित्र सडकमा परेका जग्गाको २५ वर्षदेखि राजस्व उठाउँदै आएको छ। सडकको लगत कट्टा नगर्दा नगरवासीले सडकको समेत राजस्व तिर्नुपरेको हो।




नारायण नगरपालिकाले नगरभित्रको कति वटा सडक छन्। कति जग्गा सडकमा परेका छन् त्यसको समेत हिसाव राखेको छैन। नगरमा टोलपिच्छे सडक सञ्जाल जोडिएको छ। नगरपालिकासंग कुनै कार्ययोजना नभएरै हचुवाको भरमा चल्दै आएको स्थानीय रमेश विसीले बताए।

अहिलेसम्म नगरपालिकाले सडकमा परेको जग्गाको लगत कट्टा नगरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले बताए। ‘अहिलेसम्म सडक मूल्याकंन र लगत कट्टा गरिएको छैन,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत बुढाले भने, 'यो आर्थिक वर्षमा बजेट छुट्याईएकोले अब गर्ने तयारीमा छौं।’ नारायण नगरपालिका २०५२ सालमा स्थापना भएको हो।  

राजस्व तिरे तर, जग्गा पाएनन्

जग्गा धनीसंग सहमति नलिई पूरै जग्गा सडककै फेरोमा पारेर सुकुम्बासी बनाएपछि नारायण नगरपालिका–६ रामपुर डाडाँका स्थानीय सुर्य चुनारा न्याय माग्दा सुनुवाई भएन। त्यसपछि उनले सडकमा ढुंगा झारेर सडक अवरुद्ध पारे। नगरप्रमुख रत्नबहादुर खड्काले प्रमुख जिल्ला अधिकारीमार्फत प्रहरी लगाएर सुर्यलाई थुनाए। उनले १७ वर्षदेखि नियमित राजस्व तिरिरहे तर, जग्गाको भोगचलन गर्न पाएनन्। न त क्षतिपूर्ती पाए।

‘२० मिटरको जग्गा पूरै सडक खनेर मासियो,’ पीडित सुर्य चुनारा भन्छन्, 'सडक खन्दा खवर भएन, पछि आउँदा जग्गा र बुवाले बनाएको सानो टहरा नै थिएन।’ २०५५ सालमा २० मिटर जग्गा किनेर बसेका थिए। आफूले निकासका लागि मेयरलाई बारम्वार भन्दा केही सिप नलागेपछि सडकमा ढुंगा राखेको उनले बताए। आफूसंग छलफल नगरि प्रहरी लगाएर मेयरले थुनाएको आरोप सुर्यले लगाएका छन्।

नारायण नगरपालिकामा वर्षेनि जग्गाको तिरो तिरेको रंसिद।
‘नगर प्रमुख रत्नबहादुर खड्कालाई निकास दिनु परो भन्दा सरकारी प्रकृया समय लाग्छ बढी कुरा गर्ने होईन प्रहरीको चिसो खुवाउँछु भन्नुभयो,’ पीडित सुर्य चुनाराले भने, 'मैले मेरो जग्गामा ढुंगा राख्दा प्रहरी लगाएर थुनाईयो। सडक पनि सहमति नदिई खने, यति वर्षदेखि न्याय नदिएर मेयरले थुनाए।’  

चुनाराले नारायण नगरपालिकाको न्यायिक समितिमा दिएको उजुरी ७ महिनादेखि थन्किएको छ। निकासका लागि निर्णय नगरपालिकाले अहिलेसम्म गरेको छैन। सडकले पूरै जग्गा नै लिएपछि क्षतिपूर्ती दिनुपर्ने कानुनी ब्यवस्था (नजिर) छ। नगरप्रमुखको आग्रहमा प्रमुख जिल्ला अधिकारी मार्फत थुनामा राख्न आदेश आएकाले प्रहरीले पक्राउ गरेको दैलेखका प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
३ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस