सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर
०८ पौष २०७८
•
२ मिनेट पाठ
सामान थुपार्ने प्रचलन रोक्न आयातमा कडाइ: गभर्नर
बढ्दो आयातलाई रोक्न प्रतितपत्र खोल्नुअघि नै बैंकमा नगद रकम जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले त्यसो गर्नुको कारणलाई प्रस्ट पारेको छ।  




केन्द्रीय बैंकले वित्तीय संस्थालाई यस्तो निर्देशन दिएपछि कतिपय व्यवसायी विरोधमा उत्रिएका छन्। बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल नचाहिने सामान थुपार्ने प्रचलनलाई रोक्न यस्तो व्यवस्था गर्नु परेको बताए।

‘तत्काललाई आवश्यक नपर्ने सामान आयात गर्दा पनि ठूलो रकम बाहिर जाने गरेको छ,’ उनले भने, ‘यो व्यवस्थाले पक्कै पनि सामान थुपार्ने प्रचलनमा कमी आउनेछ।’ उनले भने, ‘आयातमा मार्जिन राख्नुपर्ने व्यवस्थाले आयात गरेर बिस्कुन फिजाउने चलन हट्छ।’ अनि सामानको माग भएपछि मात्रै आयात हुन्छ।’ केन्द्रीय बैंकले विभिन्न वस्तुको (तोकिएका) आयात गर्दा केहीको शतप्रतिशत र केहीको आयातमा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ।

गाडी तथा मोटरसाइकल आयातमा बैंकमा ५० प्रतिशत नगद मार्जिन तथा मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री, फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, प्लास्टिकका फर्निचर, मदिरा, सुनजस्ता वस्तु आयात गर्दा शतप्रतिशत नगद मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरिएको छ। शोधनान्तर घाटा बढ्दै गएपछि विज्ञहरूले बढ्दो आयातलाई निरुत्साही गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

अधिकारीले उच्च आयातका कारण शोधान्तर घाटा बढेको र तरलता अभावको समस्या देखिएको बताए। ‘यी दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाइ गर्नुपरेको हो,’ उनले भने, ‘व्यापार गर्दा आफ्नो केही न केही सम्पत्ति प्रयोग त गर्नुपर्‍यो नि।’ आयात प्रतिस्थापन र निर्यात प्रोत्साहन गर्न अहिलेको व्यवस्था आवश्यक रहेको उनको भनाइ छ। उनले आयातमा व्यवसायीको पनि लगानी आवश्यक पर्ने बताए।

उनले आयात सम्बन्धी व्यवस्थाले कडाइ गरिएका वस्तुहरूको मूल्यवृद्धि हुने र रोजगारी गुम्ने तर्कमा सहमत नभएको बताए। विदेशी मुद्रा सञ्चितिको अवस्था कोरोना महामारी अघिको भन्दा राम्रो रहेको उल्लेख गर्दै उनले अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको दावी गरे।

राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश कुमार श्रेष्ठले पुसयता निक्षेपमा सुधार आउन थालेको बताए। अर्थतन्त्र पुनरुत्थानको बाटोमा रहेकाले अहिले तरलतामा केही चाप परेको उनको भनाइ छ।

गभर्नर अधिकारीले तरलता अभाव कम गर्न ९२ अर्ब रूपैयाँको पुनर्कर्जा स्वीकृत गरेको उल्लेख गर्दै एक हप्ताभित्र ५२ अर्ब र एक महिनाभित्र पुनर्कर्जा सबै बैंकमा पठाउने जानकारी दिए। उनले कोभिडअघि मासिक औसतमा ७० देखि ७३ अर्ब रूपैयाँसम्म रेमिटेन्स भित्रिने गरेकोमा गत वर्ष मासिक औसतमा ८० अर्ब रूपैयाँ पुगेको उल्लेख गर्दै चालु आर्थिक वर्षको चार महिनामा मासिक औसत ७८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिनु सन्तोषजनक रहेको बताए।

पुस-माघपछि रेमिटेन्स आप्रवाहमा केही सुधार हुने लक्षण देखिएको उनको भनाइ छ। त्यस्तै, अहिलेको ब्याजदरलाई सामान्य मान्नुपर्ने राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। 
अर्को समाचार
भारतबाट आयात हुने केरामा देखियो ‘पानामा' रोग, आयातमा कडाइ
०५ असोज २०८०
•
३ मिनेट पाठ
भारतबाट आयात हुने केरामा देखियो ‘पानामा' रोग, आयातमा कडाइ
भारतबाट आयात हुने केरासँगै रोग भित्रिन नदिन अहिले सीमानाकामा विशेष सतर्कता अपनाउने गरिएको छ। कैलालीको टीकापुरमा पानामा रोगको सङ्क्रमण ट्रोपिकल रेस चार (पानामा)  देखिएसँगै नेपालभरिका नाकामा रहेका ‘प्लाण्ट क्वारेन्टाइन’ले उच्च सतर्कता अपनाएका हुन्।




टीकापुरका केही बगैँचामा केराको बोट ओउलाउने रोग टिआर–४ देखिएकाले सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सूचना जारी गरेको छ। करिब १४ वर्ष अघि नेपालमा पानामा रोगको रेस–१ भारतबाट भित्रिएको अनुमान गरिएको कृषि ज्ञान केन्द्र भैरहवाका प्रमुख शिवलाल अर्यालले बताए। उनका अनुसार चितवनमा यो रोग सात वर्षदेखि व्यापकरूपमा फैलिँदै गएको छ।

‘रेस–१ ले मालभोगलगायतका स्थानीय जातलाई निकै नोक्सान पु¥याउँछ। नयाँ जात जि–नाइन, विलयम हाइब्रिड, चिनयाँ चम्पालगायत जातले रेस–१ लाई पूर्णतया सहन सक्छन्’, प्रमुख अर्यालले भने, ‘नयाँ प्रजाति पानामा (टिआर–४) ले भने नेपालमा खेतीका लागि उपलब्ध सबै केराका जातलाई पूर्णतया नष्ट गर्नसक्ने क्षमता राख्दछ।’

यो रोग लागेमा सुरूमा पुराना पातको फेद पहेँलो हुने पछि, पातको किनारा पहेँलिन थाल्छ र पात सुकेर डाँठ भाँचिने बताए। ‘यो रोगको ढुसीले आक्रमण गरेको चारदेखि पाँच महिनापछि बिरुवामा लक्षण देखाउँछ। रोग सङ्क्रमित बिरुवा रोपण गरेमा रोग लागेको दुई महिनाभित्र लक्षण देखिन सक्छन्”, उनले भने।
पनामा रोग माटोमा बस्ने ढुसी भएका कारण सर्ने प्लाण्ट क्वारेन्टाइन कार्यालयका भैरहवाका प्रमुख कुलदीप घिमिरेले बताए। उनका अनुसार एक ठाउँबाट अर्को ठाउँसम्म सङ्क्रमित बिरुवा, माटो, पानी र कृषि औजारबाट सङ्क्रमण फैलने गर्दछ। यसका साथै केरा बोक्ने गाडीको टायर, जुत्ता, चप्पलमा टाँसिएको माटोमार्फत एक खेतबाट अर्को खेतमा रोगको सङ्क्रमण सर्ने सम्भावना रहेको घिमिरेले बताए। सङ्क्रमित माटो, पानी र औजार रोगका प्रमुख स्रोत रहेको उनको भनाइ थियो।

भारतबाट आउने केराका गाडी रोग सार्ने प्रमुख स्रोत रहेकाले अहिले भन्सार विन्दुमै कडाइ गरिएको प्रमुख घिमिरेले बताए। ‘हामीले केराका कोसाबाहेक अन्य कुनै पनि वस्तु केराका गाडीमा ल्याउन दिँदैनौँ’, उनले भने, ‘टिआर–४ केराका कोसाबाट सर्दैन, कोसा सुरक्षित गरी ल्याएकालाई मात्रै क्वारेन्टाइन गर्ने गरेका छौँ ।’

केरा लोड गरी आएका गाडीलाई भन्सार परिसरमै उनीहरुको टायर सफा गर्ने र कतै माटो नरहेको सुनिश्चित गरेपछि पठाउने गरिएको घिमिरेले बताए। ‘यो सबै काम प्लाण्ट क्वारेन्टाइन कार्यालयले गर्ने गरेको छ’, उनले भने, ‘भारतबाट कुनै पनि प्रकारको केराको बेर्ना ल्याउन निषेध गरिएको छ।’

भैरहवा भन्सार नाका भारतीय केरा आयात गर्ने मुख्य भन्सारको रुपमा रहेको छ। यस नाका हुँदै भारतका अधिकांश स्थानबाट केरा नेपाल आउने गरेको छ। आव २०७९÷८० मा भैरहवा भन्सार हुँदै एक अर्ब पाँच करोड ९७ लाख ३३ हजार रुपैयाँ मूल्य बराबरको ३७ हजार छ सय ३८ मेट्रिक टन केरा आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायणदत्त जोशीले जानकारी दिए। उनका अनुसार चालु आवको भदौ महिनाभित्र १९ करोड ४६ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको चार हजार छ सय १९ मेट्रिक टन केरा आयात भएको छ।
रुपन्देही र नवलपरासी (पश्चिम)मा केरा खेती ठूलो मात्रामा गरिएकाले पनि रोग भित्रिन नदिन सिमामा कडाइ गरिएको जोशीले बताए। नवलपरासी (पश्चिम) मा केरा खेतीको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केरा जोन निर्धारण गरेको छ। परियोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख नारायण काफ्लेका अनुसार नवलपरासीमा मात्र एक हजार एक सय ५० हेक्टरमा केरा खेती गरिएको छ।  

रुपन्देहीमा दुई सय ८० हेक्टरमा केरा खेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख अर्यालले जानकारी दिए। ‘अहिले खेती गरिएका सबै जि–नाइन प्रजातीका केरा हुन्, यिनीहरु टिआर–४ सँग लड्न सक्दैनन्”, उनले भने, ‘लुम्बिनी प्रदेश पानामा सङ्क्रमणको अत्याधिक जोखिममा देखिएकाले सतर्कता अपनाउन आवश्यक छ।’
केरा जोन नवलपरासी (पश्चिम) को प्रतापपुरमा यही रोगसँग मिल्दोजुल्दो लक्षणका केराका बोट देखिएका काफ्लेले बताए। उनले उक्त रोग टिआर–४ वा अन्य भएको विषयमा अनुसन्धानका लागि राष्ट्रिय बाली रोग अनुसन्धान प्रयोगशालामा नमूना पठाइएको जानकारी दिए। प्रयोगशालाबाट नतिजा आई नसकेकाले परियोजना सतर्क अवस्थामा रहेको उनको भनाइ थियो।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस