नयाँ पर्यटकीय गन्तव्य खोजी गर्दै रोङ गाउँपालिकामा आकर्षक र सम्भावनायुक्त मानिएको पदमार्ग निर्माण गरिँदैछ। भारत पश्चिमबंगाल र झापाका पर्यटकलाई पैदल मार्गबाटै पाथीभरा, कन्यामसम्म ल्याउने करसोङ (सुनाखरी) पदमार्ग खोलिएको हो।
लक्ष्यको २९ किलोमिटरमध्ये १६ किलोमिटर पदमार्ग खोलिएको छ। रोङ गाउँपालिका–३ बाट वडा ५, वडा ६ हुँदै मेची नदी र निन्दाको सिरान झापाको मेचीनगरसम्म जोड्ने पदमार्ग निर्माण चरणमा रहेको हो। मेची राजमार्गको हासपोखरी, चिन्डेपानी, गुगलडाँडा, देउराली डाँडा, दैले, लामडाँडा, झन्डीडाँडा, सत्तालसेन टाकुरा गुरधुमडाँडा, भीमसेनढुंगा, मेची–सिद्धि दोभान, इन्द्रेणी झरना हुँदै सलकपुर र चिसापानी जोडिनेगरी पदमार्ग निर्माण भइरहेको छ।
अहिले पदमार्ग निर्माण भइसकेको स्थानमा चाहिँ साइकल पर्यटनसमेतको सम्भावना देखिएको गाउँपालिका प्रवक्ता सुवास स्याङ्बोले बताए। लुकेर बसेका पर्यटकीय क्षेत्र जोड्न लामो समयको प्रयासपछि पदमार्ग खोल्न सफल भएको उनले बताए। ‘यो पदमार्गमा झापा र भारतका पर्यटकसमेत रमाइलै रमाइलो ठाउँ भएर कन्यामसम्म आउन–जान सक्छन्,’ उनले भने, ‘यो रुटमा साइकलसमेत गुडाउन सकिन्छ।’
डाँडाकाँडा चहार्दै खोलिएको पदमार्गमा यसअघि पनि पर्यटकहरू साइकल गुडाएर रमाएका थिए। करिब ५ फिट चौडाएको पदमार्गमा ढुुंगा सोलिङ नगरिएकाले पैदल हिँड्न र साइकल गुडाउन सजिलो छ। मौसम खुलेका बेला हिमालदेखि तराईसम्मका भू–भाग नजिकै नियाल्न सकिने यो पदमार्गले सूर्याेदय नगरपालिका र रोङ गाउँपालिकाको सीमा छोएको छ।
पदमार्ग सञ्चालन गरी पर्यटन प्रवद्र्धन गर्ने गाउँपालिकाले लक्ष्य लिएको छ। पदमार्गको ठाउँ–ठाउँमा होमस्टे सञ्चालन गरिएको छ। तर, कोल्बुङको हासपोखरीदेखि दैलेसम्म करिब पाँच किलोमिटरमा चाहिँ जंगलैजंगल र बस्तीविहीन पहाड रहेकाले दोकान, पसल, होमस्टे छैनन्। सूर्याेदय नगरपालिकाले पदमार्गको छेवैमा खानेपानीको ट्याङ्की निर्माण गर्दैछ। त्यसबाट पदयात्रीहरूलाई समेत सुविधा पुग्ने स्याङ्बोले बताए। पदमार्गका ठाउँ–ठाउँमा आरामका लागि काठबाटै निर्मित चौतारी बनाइएका छन्। कतै काठकै मुढालाई बसेर आराम गर्ने व्यवस्था मिलाइएको छ भने केही ठाउँमा कटेरोसमेत बनाइएको छ।
पर्यटकलाई आकर्षण थप्न ठाउँ–ठाउँमा ढुंगाका नयाँ आकृति, रुख बुट्यानका अनौठा संरचना राखिएका छन्। पदमार्गछेउका रुख रंगाएर थप आकर्षक बनाइएको छ। ‘पर्यटकलाई धेरैभन्दा धेरै समय यतै भुल्याउनेखालका संरचना निर्माण गर्दैछौं,’ स्याङ्बोले भने, ‘तर, प्रकृति, बोटबिरुवा ननासिनेगरी बनाउने छौं।’
यही पदमार्गमा पर्ने झन्डीडाँडा सूर्याेदय, सूर्यास्त दृश्यावलोकनका लागि आकर्षक छ। यहाँबाट कञ्चनजंघासहितका विभिन्न हिमाल, हिमशृंखला देख्न सकिन्छ। पहाड र तराईका मनोरम दृश्य पनि देखिने यो स्थान ऐतिहासिक, सुन्दर र आफैंमा चित्ताकर्षक छ। अहिले पनि यहाँबाट दृश्यावलोकन गर्ने पर्यटकहरू आइरहेका छन्। झापा र पश्चिमबंगाबाट पनि छोटो दूरीमै आकर्षक पर्यटकीयस्थल रोज्न चाहने पर्यटकका लागि झन्डीडाँडा उपयुक्त रहेको स्थानीय बताउँछन्।
कुनैबेला सुन्तला र अलैंचीमा नाम कमाएको सलकपुर पनि यही रुटमा पर्छ। अहिले सुन्तला धेरै मासिएपनि अलैंचीलगायत कृषि पर्यापर्यटनमा चाहिँ सलकपुर र रम्भ्याङ उत्तिकै सम्भावित क्षेत्र छन्। विज्ञान पढ्ने विद्यार्थीका लागि वनस्पति विज्ञान अवलोकन, सेरेना जातको मौरीको महका लागि पनि यो पदमार्गका विभिन्न स्थान चर्चित छन्।
पदमार्ग घुम्न आउने पर्यटकका लागि मझुवा, चिसापानी, जौबारी, रम्भ्याङ, सलकपुर र पाटापुरमा होमस्टे व्यवस्था गरिएको छ। स्थानीय जस्केलो होमस्टेमा १८ घर आबद्ध रहेपनि २५ घरमा होमस्टे सञ्चालन गरिएको छ। यो स्थानको पर्यटन प्रवद्र्धनका लागि यही पुस १० र ११ मा फुड फेस्टिवल आयोजना गरिँदैछ। आउँदो माघमा साइकल रेससमेतको कार्यक्रम तय गरिएको छ।
गत आर्थिक वर्ष संघीय सरकार, गाउँपालिका र प्रधानमन्त्री रोजगार कार्यक्रमको १५÷१५ लाख रुपैयाँ यो पदमार्गका लािग विनियोजित थियो। चालू वर्ष यिनै स्रोतबाट करिब १ करोड २० लाख रुपैयाँ छ। ‘लक्ष्यअनुसार पदमार्गको रुटसम्म खोल्ने, देखिनेगरी पूर्वाधार बनाउने र बजेटले भ्याएसम्म आकर्षणका योजना ल्याउने छौं,’ उनले भने, ‘बजेट पर्याप्त भए करिब २ वर्षमा लक्ष्यअनुसार यसको पूर्वाधार निर्माण सकिन्छ।’
पदमार्गको आसपासमा लालीगुराँस र विभिन्न प्रजातिका आकर्षक फूल, पर्यटककै लागि सिजनअनुसार टिपेर खान मिल्ने फलफूलका बिरुवा, जडिबुटी लगाउने योजना छन्। गुगलडाँडा, झन्डीडाँडा, सलकपुर, गिद्धेभिरलगायतलाई प्रवद्र्धनात्मक पर्यटकीय गन्तव्यका रूपमा आकर्षणको केन्द्र बनाउने लक्ष्य रहेको उनको भनाइ छ। झापाबाट सबैभन्दा नजिकै रहेको लालीगुराँसको वन यहीं बनाउने लक्ष्यअनुसार काम भइरहेको छ। ‘यो योजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन)समेत तयार भइसकेको छ,’ उनले भने, ‘योजनाअनुसार काम भयो भने यो क्षेत्र १ नम्बर प्रदशमै गन्तीमा आउने आकर्षक पदमार्ग बन्नेछ।’