नियमावलि बन्नु अघिका जिल्ला खेलकुद विकास समिति अवैधानिकः मन्त्री गुरुङ
०७ मंसिर २०७८
•
२ मिनेट पाठ
नियमावलि बन्नु अघिका जिल्ला खेलकुद विकास समिति अवैधानिकः मन्त्री गुरुङ
गण्डकी प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुदको लागि बजेट छुट्टाएको छ। छुट्टाएको बजेट सम्बन्धित जिल्लालाई भने पठाइएको छैन। प्रदेश युवा तथा खेलकुद मन्त्रालयले बजेट नपठाउनुको एउटै कारण छ–‘गठित जिल्ला खेलकुद विकास समिति अवैध हुनु।’  




तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेको गण्डकी प्रदेशका ११ जिल्लाको जिल्ला खेलकुद विकास समितिका पदाधिकारीको नियुक्त अवैध ठहर्याउँदै युवा तथा खेलकुद मन्त्रालयले बजेट पठाउन नसकेको उल्लेख गरेको छ।  

छुट्टाइएको बजेट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो। केवल ५० लाख रुपैयाँ मात्रै छ। ५० लाख रुपैयाँ ११ जिल्ला खेलकुद विकास समिति उपलब्ध गराउने योजना युवा तथा खेलकुद मन्त्रालयको छ। बजेट नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी गर्न प्रशिक्षणको लागि छुट्टाइएको मन्त्रालयले जनाएको छ। ‘नव गठित जिल्ला खेलकुद विकास समिति अवैधानिक भएकोले बजेट निकासा गर्न सकिएको छैन्,’ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले भने। उनका अनुसार खेलकुद समिति बैधानिक रुपमा नियुक्त नहुँदा समितिलाई तत्कालै बजेट उपलब्ध गराउन नसकिएको हो।  

खेलकुद नियमावली भन्दा अघि नै जिल्ला खेलकुद विकास समिति गठन गरिएको छ। गण्डकी प्रदेश सरकार २०७७ फागुन ९ गते मन्त्रीपरिषदको निर्णय अनुसार खेलकुद विकास समिति गठन गरिएको थियो। खेलकुद नियमावली २०७८ बैशाख १४ मा बनेको थियो। ‘नियमावली बन्नु अघि मन्त्रीपरिषदले गठन गरेको सो समिति बारे नियमावलीले केही बोलेको छैन्,’ मन्त्री गुरुङको भनाई थियो। उनका अनुसार समितिको संख्याको बारेमा समेत खुलाइएको छैन्। ‘मौजुदा नियमले पूर्व गठित खेलकुद समितिलाई चिन्दैन्,’ मन्त्रीले भने, ‘त्यसैले समिति अवैधानिक हो। असंवैधानिक भएकै कारण बजेट दिन सकिएन्।’  

गएको बैशाख ६ गते कास्की जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी एवं सदस्य नियुक्त गरिएको थियो। समितिको अध्यक्षमा तोरण बानियाँलाई चयन गर्दै जिम्मेवारी दिइएको थियो। जिम्मेवारी दिएसँगै गण्डकी प्रदेश सरकार परिवर्तत भएपछि नयाँ गठबन्धन सरकारले जिल्ला खेलकुद विकास समितिलाई पुर्नगठित गर्ने तयारी गरेको थियो। पुर्नगठन गर्ने योजनासहित बैशाखमा नियुक्त गरिएको जिल्ला खेलकुद विकास समितिलाई हटाउने तयारी प्रदेश सरकारले गरेको छ। पुर्नगठन हुने समितिमा नेपाली  काँग्रेसलाई अध्यक्ष, नेकपा एकिकृत समाजवादीलाई उपाध्यक्ष र माओवादीलाई सचिव दिने आन्तरिक तय भएको छ। यद्यपी ठोस निर्णय भने भईसकेको छैन्।  

‘हामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा छौं। प्रशिक्षणमा जुट्नुपर्ने हो तर समितिकै कारण काम अघि बढाउन सकिएको छैन्,’ मन्त्री गुरुङको भनाई थियो। मन्त्री गुरुङले सम्बन्धित जिल्लामा खेलकुद संघहरुसँगको छलफल गरेर आवश्यक सामाग्री उपलब्ध गराउने बताए। केही खेल संघले आवश्यक सामाग्रीको लागि मन्त्रालयमा पत्राचार समेत गरिसकेको छ। मन्त्री गुरुङले संघीय मन्त्रालयबाट विनियोजित बजेटलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा भन्दै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए।  
अर्को समाचार
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
१२ वैशाख २०८१
•
२ मिनेट पाठ
इलामको सूर्याेदय आउँदै साठी ओलम्पियन
खेल र खेलाडीका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले इलामको सूर्याेदय नगरपालिकामा ओलम्पियन खेलाडीको भ्रमण आयोजना गरिने भएको छ। यही वैशाख २१–२२ मा देशका ४० र विदेशका १० ओलम्पियन खेलाडी, खेलपदाधिकारी सूर्याेदयका पर्यटकीय स्थल आउने भएका हुन्।




विशेष गरी इलामको अन्तुडाँडामा हुने ‘तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस् सेलिब्रेटी मिट’ मा सन् १९६४ देखि हालसम्मका ओलम्पियन खेलाडी, अन्तर्राष्ट्रिय ओलम्पियन एसोसिएसन अध्यक्ष र सदस्य गरी १० जना, कोसी प्रदेशका सेलिब्रेटी खेलाडी २५ तथा विभिन्न मिडियामा आबद्ध १५ पत्रकार सहभागी हुनेछन्। 

प्रदेश खेलकुद बोर्डको आयोजना, नेपाल ओलम्पियन्स एसोसिएसनको संयोजन, सूर्याेदय नगरपालिकाको स्थानीय व्यवस्थापन तथा जिल्ला खेलकुद विकास समितिको समन्वयमा स्पोर्ट्स मिट आयोजना गर्न लागिएको हो।

सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले ओलम्पिकका अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीबाट स्थानीय खेलाडीलाई हौसला प्रदान गर्न पनि यो अवसर फलदायी हुने आशा गरेको बताए।

‘हाम्रो नगरले आउँदो २०८३ साललाई खेलकुद वर्ष घोषणा गरिसकेको छ, त्यसका लागि पनि यो कार्यक्रम सहयोगी बन्नेछ,’ उनले भने, ‘विशेष गरी यो कार्यक्रमले सूर्याेदय र इलामलाई नै विश्वमा पर्यटकीय गन्तव्यका रूपमा चिनाउन इँटा थप्नेछ।’

विराटनगरबाट वैशाख २१ गते दिउँसो यी खेलाडीको टोली कन्याम आइपुग्ने छ। २२ गते बिहान अन्तुडाँडाबाट दृश्यावलोकन गर्दै परिचयात्मक कार्यक्रम राखिएको छ। त्यसपछि उनीहरूलाई नगरपालिकाले अभिनन्दन गर्ने र सबैले फोटो सेसन गर्ने कार्यक्रम राखिएको नगरले जनाएको छ। 

जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाले विश्वका चर्चित र नेपालका ओलम्पियन खेलाडीले इलाम भ्रमण गर्नुले खेल क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हासिल हुने अपेक्षा गरेको बताए।

‘अहिलेसम्म नेपालका ओलम्पिक खेलाडीको यत्रो ठूलो टिम एकैसाथ इलाम ल्याउन सकिएको थिएन,’ उनले भने, ‘यसले इलामको खेल क्षेत्रमा तरंग त ल्याउने नै छ, यहाँको खेल पर्यटनमा पनि उत्तिकै सघाउ पुग्ने छ।’
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस