भिजेको धानबाट चामलको सट्टा कनिका
२४ कार्तिक २०७८
•
२ मिनेट पाठ
भिजेको धानबाट चामलको सट्टा कनिका
कैलारी गाउँपालिका–९,सामरचौराकी मीना चौधरी धान कुटाउन मिलमा गइन्।असोज अन्तिम साताको वर्षाले भिजेको धान सुकाइवरी मिलमा कुटाउँदा चामलको सट्टा कनिका निस्क्यो।




‘घरमा चामल सकिएको थियो,’उनले भनिन्,‘धान कुटाउँदा चामल निस्केन,सबै कनिका।’ उनको ११ कट्ठा जमिन धान दसैंपछिको झरीले भिजाइदिएकाले त्यसबाट कनिका मात्रै निस्कने भएको छ। ‘वर्षभरि खानुपर्ने धान सबै भिज्यो,’उनले भनिन्,‘कुटाउँदा कनिका निस्क्यो, अब के खाने होला!’  मीनाको मात्रै होइन,अहिले कैलाली–कञ्चनपुरका किसानको भिजेको धानसुकाएर कुटाउँदा चामलको सट्टा कनिका निस्किरहेको छ।

कनिकाको भात पकाउँदा छोराछोरीले नखाएको भन्दै उनले थपिन्,‘आफू त जसोतसो खाइन्थ्यो, छोराछोरीहरू खानै मान्दैनन्।’  

भिजेको धान बेचेर चामल किन्न खोज्दा मूल्य समेत नपाउने गरेको उनले गुनासो पोखिन्। ‘पानी भिजेको धान बेच्न गएको क्विन्टलको एक हजार रूपैयाँ दिन्छु भनेपछि फर्केर आएँ,’मीनाले सुनाइन्।  

गत वर्ष २२ सय रूपैयाँ क्विन्टलका दरले धान बेचेको सम्झँदै मसुरियाका रणबहादुर बमले भने, ‘यसपालि त भिजेको धान भन्दै गल्लावालाहरू एक हजार रूपैयाँमा देऊ भन्छन्।’ 

भिजेको धान सुकाइवरी कुटाउँदा कनिका निस्केको उनले बताए। ‘यसपालि धान बचाउन सकिएन, कनिकाकै भात खानुपर्ने भयो,’उनले भने। उनले पनि भिजेको धानले मूल्य पनि नपाएको गुनासो गरे। भन्छन्–‘बेचौं भने सस्तोमा किन्न खोज्छन्,नबेचौं चामल निस्कँदैन,जम्मै कनिका मात्रै!’  

बेमौसमी वर्षाले कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन सुकाएको धानबालीलाई ठूलो नोक्सान पुर्‍याएको थियो। बालीमा रोग र अन्य समस्या नभए पनि पानीले भिजेपछि किसानलाई वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको प्रदेश कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए। उनले भने,‘यसपालि किसानले काटेको धान भित्र्याउन नपाउँदै खेतमै भिज्यो।’

कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टरमा धान खेती छ। कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र रहे पनि यसपटकको पानीले हजारौं हेक्टरको धान नष्ट पारेको उनले बताए। ‘काटेर सुकाउन राखेको धान भिजेकाले कुटाउँदा चामल टुटेर कनिका हुने र भात खाँदा पुरानो जस्तो बास्ना आउने समस्या देखिन सक्छ,’ उनले भने।

प्रारम्भिक आंकडा अनुसार कैलालीमा मात्रै ५० प्रतिशत धान पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए। ‘५० प्रतिशत क्षेत्रफलको धानमा पूर्ण र ३० प्रतिशत धानमा आंशिक क्षति भएको छ।बाँकी २० प्रतिशत मात्रै किसानले भित्र्याउन पाए,’उनले भने। उनका अनुसार कैलालीमा मात्रै साढे चार अर्ब रूपैयाँ बराबरको धान नष्ट भएको तथ्यांक छ। ‘स्थानीय तहले संकलन गरेको तथ्यांक हेर्दा कैलालीमा मात्रै साढे चार अर्ब रूपैयाँ बराबरको क्षति भएको छ,’उनले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
यो पनि पढौँ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस