विकास खर्च पछिल्लो पाँच वर्षमा सबैभन्दा कम
२३ कार्तिक २०७८
•
३ मिनेट पाठ
विकास खर्च पछिल्लो पाँच वर्षमा सबैभन्दा कम
सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)मा पुँजीगत(विकास)बजेट १५ अर्ब ३ करोड रूपैयाँ खर्च गरेको छ। यो पछिल्ला पाँच वर्षमा सबैभन्दा कम प्रगति हो।




आर्थिक वर्ष(आव)२०७५–७६ देखि चालु वर्षको पुँजीगत खर्च रकमका आधारमा तुलना गर्दा सबैभन्दा कम यही वर्ष देखिएको हो।आव २०७५–७६ को सुरुका तीन महिना (साउन–असोज) मा पुँजीगत बजेट १५ अर्ब ७० करोड रूपैयाँ खर्च भएको थियो। त्यसपछिका २ वर्षमा क्रमशः २२ अर्ब ५९ र १८ अर्ब ३६ करोड रूपैयाँ खर्च भएको थियो। गत आर्थिक वर्षका तीन महिनामा पनि सरकारले १५ अर्ब १० करोड रूपैयाँ खर्च गरेको थियो।    

सरकारको प्रगति प्रतिशतका रूपमा हेर्दा पनि यस वर्ष सबैभन्दा कम भएको छ। अघिल्ला पाँच वर्षमा सरकारले प्रतिमहिना डेढदेखि २ प्रतिशतले विकास बजेट खर्च गरेको थियो। चालु वर्ष भने लक्ष्यको तुलनामा तीन महिनाको खर्च ३.४५ प्रतिशत मात्र पुगेको छ। यो तथ्यांक अनुसार सरकारले प्रतिमहिना १.१५ प्रतिशतका दरले मात्र खर्च गर्न सकेकोे देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिस्थापन गरी बनेको शेरबहादुर देउवाको संयुक्त सरकारले बजेटमाथि गरेको खेलाँचीका कारण यो वर्ष विकास खर्चले गति लिन नसकेको हो। पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको चालु आवको बजेटलाई नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन गरेका थिए।

नयाँ सरकारले बजेट प्रतिस्थापन गर्ने क्रममा ढंग पुर्‍याउन नसक्दा मुलुकै इतिहासमा पहिलोपटक बजेट होलिडे हुन पुगेको थियो। बजेटमा करिब डेढ महिनासम्म देखिएको अन्योलकै कारण यो वर्ष पुँजीगत खर्च बढ्न नसकेको हो।    

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवका लागि सरकारले पुँजीगत बजेट ४ खर्ब ३५ अर्ब रूपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये असोज अन्तिमसम्म १५ अर्ब ३ करोड खर्च भएको छ।

महालेखाका अनुसार पहिलो तीन महिनामा सरकारले चालु बजेट एक खर्ब ८६ अर्ब रूपैयाँ खर्च गरेको छ। यो लक्ष्यको १८.५९ प्रतिशत हो। यो वर्ष सरकारले चालु खर्च १० खर्ब ४ अर्ब रूपैयाँ लाग्ने अनुमान गरेको छ।

यस्तै, यो अवधिमा वित्तीय व्यवस्थापनमा ३३ अर्ब रूपैयाँ खर्च गरिएको छ। यो वर्ष वित्तीय व्यवस्थापनका लागि २ खर्ब ०७ अर्ब रूपैयाँ बजेट विनियोजन गरिएको छ। महालेखाका अनुसार पहिलो तीन महिनामा सरकारले कुल बजेट २ खर्ब ३४ अर्ब रूपैयाँ खर्च गरेको छ। यो लक्ष्यको १४.२६ प्रतिशत हो। यस वर्ष कुल खर्च १६ खर्ब ४७ अर्ब रूपैयाँ हुने अनुमान बजेटमा गरिएको छ ।  

विकास बजेट खर्च गर्न नसके पनि सरकार यो वर्ष लक्ष्यअनुसार राजस्व संकलन गर्न सफल भएको छ। तीन महिनामा सरकारले  कुल आम्दानी २ खर्ब ७९ अर्ब रूपैयाँ पुगेको छ।

यसमध्ये राजस्वबाट २ खर्ब ५६ अर्ब रूपैयाँ संकलन भएको हो। यो सरकारले यस वर्ष राखेको लक्ष्यको २२.३ प्रतिशत असुली हो । चालु बजेटमा राजस्व सहित कुल आम्दानी १२ खर्ब १४ अर्ब रूपैयाँ पुग्ने अनुमान गरिएको छ।

महालेखाका अनुसार तीन महिनामा कुल राजस्वमध्ये कर राजस्व २ खर्ब ३० अर्ब र गैरकर २५ अर्ब रूपैयाँ उठेको हो। यस्तै, यो अवधिमा सरकारले २२ अर्ब अन्य विविध आम्दानी गरेको छ। तीन महिनामा सरकारले एक रूपैयाँ पनि वैदेशिक अनुदान पाएको छैन। चालु बजेटमा यो वर्ष ६३ अर्ब रूपैयाँ अनुदान आउने भनिएको छ।

मुलुक संघीयतामा गएपछि पुँजीगत खर्च बढ्ने सबैले अनुमान गरेका थिए। संघीयतामा गएको चार वर्ष बिते पनि अहिलेसम्म खर्चमा सुधारका संकेतसम्म देखिएका छैनन्।

वर्षको सुरुमा पुँजीगत बजेट धेरै खर्च नहुने मुलुकको पुरानै परम्परा अहिलेसम्म कायमै छ। विगतमा दसैं–तिहारपछि आयोजना निर्माणका लागि बोलपत्र सार्वजनिक गर्ने र त्यसपछि मात्र निर्माण सुरु गर्ने प्रचलन थियो। अहिले वर्षको सुरुदेखि नै बोलपत्र प्रकाशन हुँदै आएका छन्। तर खर्च बढ्न सकेको छैन। वर्षको सुरुमा खर्च नगर्ने र अन्त्यमा जथाभावी गरेर बजेट रित्याउने प्रचलन यस वर्ष पनि दोहोरिने छ ।

विगतमा सरकारी अधिकारी, निजी क्षेत्र र अर्थविद्हरूले समयमा बजेट नआएका कारणलाई विकास खर्च बढ्न नसक्नुको प्रमुख कारण भन्दै आएका थिए। बजेटमाथि राजनीति हावी भएको ठहर गर्दै नयाँ संविधानमा जेठ १५ मा बजेट सार्वजनिक गर्ने व्यवस्था गरिएको थियो।पछिल्ला तथ्यांकले आर्थिक वर्षअघि नै बजेट ल्याएर मात्र समस्या समाधान नहुने देखाएको छ।

काम गर्ने पुरानो शैली परिवर्तन नगरेसम्म पुँजीगत बजेट खर्च बढाउन नसकिने देखिएको छ। बजेट कार्यान्वयन गर्ने अधिकारीहरू र ठेकेदारहरू उत्तरदायी नभएसम्म परिणाम निस्कने देखिएको छैन।
अर्को समाचार
पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए
१६ वैशाख २०८१
•
२ मिनेट पाठ
पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए
जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड १० लाख ८१ हजार नौ सय ९८ लगानीमा सात सय ३९ वटा घरेलु तथा साना उद्योग थपिएका छन्।




पर्सास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जय सिंहका अनुसार गत आवमामा एक हजार ८९ नयाँ उद्योग थपिएका थिए तथा यस वर्ष पनि गत वर्षकै हाराहारीमा नयाँ उद्योग थपिने अनुमान छ।

चालु आवमा दर्ता भएका उद्योगमध्ये प्राइभेट फर्ममा दर्ता भएका घरेलु तथा साना उद्योगको संख्या सबैभन्दा बढी अर्थात् ६ सय ९४ पुगेको छ। साझेदारी फर्ममा दर्ता गरिएका भने १० वटा मात्रै छन्। ‘प्राइभेट लिमिटेड’ मा दर्ता हुनेको संख्या ३५ छ।

चालु आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने  ७१ करोड सात लाख ८४ हजार तीन सय १४ छ। कुल पुँजी एक अर्ब ५७ करोड १८ लाख ६६ हजार तीन सय १२ रहेको छ। चालु आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन क्षमता तीन अर्ब एक करोड ४५ लाख ८८ हजार नौ सय ३८ रुपैयाँ रहेको छ।

उक्त कार्यालयले चालु आवको नौ महिनामा नयाँ साना तथा घरेलु उद्योग दर्ता भएर ५९ लाख ८२ हजार चार सय राजस्व सङ्कलन गरेको जनाएको छ। गत आवमा पर्सामा एक हजार ८९ वटा घरेलु उद्योग दर्ता भएका थिए। दर्तामध्ये प्राइभेट फर्मको संख्या एक हजार २५ थियो।

साझेदारी फर्मको संख्या १३ र प्राइभेट लिमिटेडको संख्या ५१ थियो। गत आवमा दर्ता भएका नयाँ घरेलु उद्योगको स्थिर पुँजी एक अर्ब ५४ करोड ४४ लाख ६९ हजार ५२ रुपैयाँ थियो।

त्यसैगरी गत आवमा दर्ता भएका उद्योगको चालु पुँजी भने एक अर्ब २९ करोड ७१ लाख ८२ हजार तीन सय ७५ छ। गत आवमा दर्ता भएका उद्योगको कुल पुँजी दुई अर्ब ८४ करोड १६ लाख ५१ हजार चार सय २७ छ।

गत आवमा दर्ता भएका उद्योगको वार्षिक उत्पादन गर्ने क्षमता चार अर्ब ३४ करोड ९८ लाख ६१ हजार तीन सय ५५ रुपैयाँ छ। कार्यालयले गत आवमा दर्ता भएका घरेलु उद्योगबाट एक करोड ६ लाख ३९ हजार दुई सय ५० राजस्व संकलन गरेको थियो। गत आवमा दर्ता भएका उद्योगले पाँच हजार चार सय ६० जनालाई रोजगारी दिने आकालन गरिएको थियो। –रासस
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस