विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै
११ कार्तिक २०७८
•
२ मिनेट पाठ
विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै
नेपाल आयल निगम प्रदेश १, विराटनगर डिपोमा मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गरिएका टयांक। तस्बिरः नागरिक
डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख लिटर (१४ सय किलोलिटर) क्षमताका मट्टीतेल ट्यांकलाई डिजेलमा रूपान्तरण गर्ने काम अघि बढाएको हो।




मट्टीतेल ट्यांकलाई डिजेलमा कन्भर्जिङ गर्ने काम अन्तिम चरणमा पुगेको नेपाल आयल निगम प्रदेश १ का प्रादेशिक प्रमुख अशोक शाहले बताए। ‘मट्टीतेलको खपत घटेपछि दुईवटा ट्यांक प्रयोगविहीन थिए,’ शाहले भने, ‘तिनै ट्यांकलाई डिजेलमा परिणत गरेका छौं।’ कात्तिकको तेस्रो सातासम्म कन्भर्जिङ गर्ने काम सम्पन्न हुने प्रमुख शाहले बताए।

डिजेलको पर्याप्त भण्डारण नहुँदा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट ल्याएको डिजेल सिधै पम्पमा डाइभर्ट गर्नुपर्ने अवस्था थियो। मट्टीतेलका तीनवटा ट्यांकमध्ये दुईवटालाई डिजेलमा रूपान्तरण गरेपछि अब सात सय १० किलोलिटर क्षमताको एउटा मात्र मट्टीतेल ट्यांक विराटनगर डिपोमा रहने छ। करिब दुई करोड ६० लाख रूपैयाँ खर्चेर डिजेल भण्डारण ट्यांक बनाउन लागिएको हो।

निगमको विराटनगर डिपोबाट पेट्रोल दैनिक करिब चार सयदेखि पाँच सय किलोलिटर र डिजेल करिब एक हजारदेखि १५ सय किलोलिटर बिक्री हुने गरेको छ। विराटनगरबाट प्रदेश १ का सुनसरी, सिरहा, सप्तरी, धनकुटा, मोरङ, सुनसरी, उदयपुर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, अखेलढुंगा, सोलुखुम्बुलगायत जिल्लामा इन्धन आपूर्ति हुने गरेको छ। विराटनगरमा अहिले आठ हजार नौ सय १० किलोलिटर क्षमताको डिजेल भण्डारण क्षमता रहेको छ।

विराटनगरमा आइओसीको सिलिगुढी र बरौनीबाट इन्धन आयात हुने गरेको छ। इन्धन भण्डारण क्षमता वृद्धिसँगै विराटनगर डिपोपरिसरमा फायर फाइटिङका लागि पानीका ट्यांक पनि निर्माण गर्ने तयारी गरिएको छ। दुर्घटनाको सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि करिब दुई हजार किलोलिटर क्षमताका पानी ट्यांक निर्माण गर्ने योजना रहेको प्रमुख शाहले बताए।

विराटनगरको प्रादेशिक डिपोलाई व्यवस्थित बनाउन लागिएको निगमले जनाएको छ। डिपो परिसरलाई व्यवस्थित बनाउन बाहिरबाट पर्खाल लगाउने निगमको योजना छ। डिपोमा डिजेल, पेट्रोल व्यवस्थित ढंगले लोड अनलोड गर्नका लागि व्यवस्थित प्रणाली अपनाइएको छ। त्यहाँ डिजेलका पाँच, पेट्रोलका दुई र मट्टीतेलको एक लोडिङ प्वाइन्ट रहेका छन्। प्रदेश १ मा करिब चार सय ट्यांकरले इन्धन ढुवानी गर्छन्।

निगमले सडकछेउमा हुँदै आएको पार्किङलाई व्यवस्थित बनाएको छ। निगमको जग्गामा पार्किङ अपुग भएपछि निजी जमिन भाडामा लिएर एक सय ट्यांकर पार्किङ गर्ने व्यवस्था मिलाएको प्रमुख शाहले बताए। ‘डिपोनजिकै रहेको पार्किङले अपुग भएपछि निजी जमिन भाडामा लिएर पार्किङ स्थल बनाएका छौं,’ प्रमुख शाहले भने, ‘अहिले सडकछेउमा ट्यांकर पार्किङ गर्नुपर्ने अवस्था छैन।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
५२ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
यो पनि पढौँ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस