बानेश्वरको आकाशे पुलः तोकिएको समयभन्दा दुई वर्षपछि तयार
०७ कार्तिक २०७८
•
३ मिनेट पाठ
बानेश्वरको आकाशे पुलः तोकिएको समयभन्दा दुई वर्षपछि तयार
निर्धारित समय सीमाभन्दा झण्डै दुईपछि राजधानीको व्यस्त सहर बानेश्वरमा स्काई ट्रस ब्रिज (आकाशे पुल) तयार भएको छ। ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ का कारण तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल सञ्चालनमा आएको हो।




पुल सञ्चालनमा आएसँगै बानेश्वर चोकमा बाटो काट्न सर्वसाधारणलाई सहज भएको छ। अचेल पैदल यात्रु भर्खरै तयार भएको आकाशे पुलबाट ओहोरदोहोर गर्न थालेका छन्। बानेश्वर चोकमा यात्रुले जभाभावी बाटो काट्न छाडेपछि सवारी साधन पनि निर्वाध रूपमा आवातजावत गर्न पाएका छन्। ठेक्का सम्झौता अनुसार बानेश्वर र कोटेश्वर चोकको व्यस्त सडकमा २०७६ पुस मसान्तभित्रै आकाशे पुल बनिसक्नुपर्ने थियो।

२०७५ चैतमा बानेश्वर र कोटेश्वर चोकमा पुल निर्माण गर्ने ठेक्का पवन–प्रकृति जेभीले पाएको थियो। बानेश्वर चोकको ठेक्का सम्झौता दुई करोड चार लाख रूपैयाँमा भएको थियो। उक्त पुलको लम्बाइ  ३८ मिटर छ।

काठमाडौं महानगरपालिका, सहरी योजना आयोगले दुई वर्षअघि गरेको सर्भेले बानेश्वर चोकमा बिहानको पिक आवरमा पाँच हजार आठ सय ६२ पैदल यात्रुले बाटो वारपार गरेको देखाएको थियो। बेलुकको पिक आवरमा ६ हजार चार सय ७४ जनाले बानेश्वर चोकबाट बाटो वारपार गर्ने आयोगको अध्ययनले देखाएको थियो। तर दुई वर्षअघिको तुलनामा उपत्यकामा जनसंख्या बढेसँगै बानेश्वरको जेब्राक्रसबाट बाटो काट्ने यात्रुको संख्या पनि बढेको अनुमान गर्न सकिन्छ। सडक डिभिजन कार्यालय काठमाडौंले औपचारिक रूपमा पुल सञ्चालनमा नल्याए पनि सर्वसाधारणले दसैंअघिदेखि पुल प्रयोग गर्दै आएका छन्।

डिभिजन सडक कार्यालय काठमाडौंबाट भर्खरै सरुवा भएर गएका तत्कालीन प्रमुख कुबेर नेपालीले दसैंअगावै बानेश्वरको स्काई ट्रस ब्रिज सञ्चालनमा आएको बताए। ‘ठेकेदार कम्पनीको ढिलासुस्ती र कोभिड–१९ को कारणले तोकिएको समयभन्दा झण्डै दुई वर्ष ढिलो गरी पुल तयार भयो,’ उनले भने, ‘एकातर्फ पुलको डिजाइन परिवर्तन अर्काेतर्फ स्ट्रिल उद्योगमा कार्यरत कामदारमा समेत कोभिड देखिँदा पुल निर्माणमा समस्या देखिएको हो।’

काठमाडौं सडक डिभिजन कार्यालयमा भर्खरै पदभार सम्हालेका कार्यालय प्रमुख नारायण निउरेले बानेश्वरको स्काई ट्रस ब्रिजको सामान्य काम मात्रै बाँकी रहेको बताए। ‘पुलको औपचारिक उद्घाटन गर्ने काम त बाँकी नै छ। तैपनि सर्वसाधारणले प्रयोग गर्न थालिसकेका छन्,’ उनले भने, ‘पुलको पेन्टिङ र अन्य सामान्य काम अझै बाँकी छ। केही दिनभित्रै टुंग्याउनेछौं।’

काठमाडौं उपत्यकामा सवारी साधनको अत्यधिक चापले पैदल यात्रुलाई बाटो काट्न सहज हुने गरी बानेश्वर र कोटेश्वर चोकमा २०७५ चैतमा आकाशे पुल निर्माण गर्ने योजना अघि सारिएको थियो। तर ठेकेदार कम्पनीको कोभिड–१९ को बहाना गरेर ठेक्का सम्झौतामो तोकिएको समय गुज्रिएको झण्डै दुई वर्षपछि बानेश्वर चोकमा मात्रै पुल तयार गरेको।

ठेकेदार कम्पनीले बानेश्वर चोकमा पुलको जग तथा पिलर राख्ने लगायत संरचना तयार पारेर अलपत्र छाडेको थियो। तर कोभिड–१९ को दोस्रो लहरले उपत्यकामा निषेधाज्ञा भएको अवसर छोपेर ठेकेदार कम्पनीले गत जेठमा पुलको माथिल्लो भागको स्ट्रिल ट्रस राख्ने काम सुरु गरेको थियो।

गत असारभित्रै सम्पन्न गर्ने लक्ष्य राखे पनि स्टिल उद्योगको ढिलासुस्तीले यो पुल असोज अन्तिम साता मात्रै सम्पन्न भएको हो।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१५ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस