नवरात्रमा केराको माग बढ्यो
२३ असोज २०७८
•
२ मिनेट पाठ
नवरात्रमा केराको माग बढ्यो
नेपालको त्रिबेणीबाट ल्याइएको केरा कपिलवस्तु नगरपालिका–२ बैंक रोड स्थित एक व्यापारीको गोदामा केरा झार्दै मजदुरहरु । तस्बिर : किरणमान/नागरिक
दशैंको चहलपहलसंगै केराको माग बढेको छ। घटस्थापनादेखि ९ दिनसम्म नौरथाको ब्रत बस्ने र पूजाआजा गर्नेहरु बढी हुने हुँदा केराको माग दोब्बर भएको हो। सदरमुकाम तौलिहवामा फलफूल बेच्ने थोक व्यवसायीहरु अहिले केराको माग बढेपछि व्यापारले गति लिँदा उत्साहित छन्।




उनीहरुलाई अहिले अन्य फलफूल भन्दा केरा बेच्ने चटारो छ। माग बढेपछि उनीहरुले त्रिबेणीबाट केरा किनेर ल्याउने गरेका छन्। पहिले दैनिक ५ क्विन्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक १० देखि बढी क्विन्टल बिक्री हुन पुगेको इर्फान फलफूल भण्डारका रईस मन्सुरीले बताए। 'पहिले सातामा एक पटक डिसिएममा केरा आउथ्यो भने अहिले दुई तीन पटक ल्याउन लागिएको छ। अहिले सातामा सजिलै ३० मेट्रिक टन बिक्री हुन्छ’, उनले भने, 'माग बढी आईरहेकाले अझै बढ्ला जस्तो छ, जति बढे पनि पुर्‍याउने किसिमले प्रबन्ध मिलाएका छौं।’

विगत वर्षहरुमा दशैंका बेला दैनिक २५ देखि ३० क्विन्टलसम्म केरा बिक्री हुने गरेकोमा यस वर्ष भने त्यसको आधा मात्र बिक्री भएको उनले गुनासाे गरे। उता सदरमुकामको मुस्कान फलफूल भण्डारका व्यवसायी समुउल्लाह कुजडालाई भने केरा बिक्रीको भ्याई नभ्याई छ। उनले अहिले दैनिक १० देखि क्विन्टल बढी केरा बिक्री गरिरहेका छन्। पहिले उनले दैनिक ५ क्विन्टल केरा बिक्री गर्दै आईरहेकामा दशैं लागेपछि बिक्री दोब्बर बढी पुगेको उनले बताए। उनले पनि त्रिबेणीबाट केरा ल्याई यहाँ बिक्री वितरण गर्दै आएका छन्। 

सम्रगमा गत वर्ष न्दा यस वर्ष बिक्रीमा भने कमी आएको उनले स्वीकारे। ‘कोरोनाले गर्दा बजारमा चहलपहल समेत कम छ विगतकाे दशै जस्तो केरा बिक्री भएको छैन,’ उनले भने। सदरमुकाम तौलिहवामा मात्र ५ जना फलफूलका थोका व्यापारीहरुले केरा बिक्री गर्ने गरेका छन्। थोक व्यापारीले प्रति किलो २८ देखि ३१ रुपैयाँमा केरा बिक्री हुने गरेको बताउँछन्। यहाँ बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री वितरण हुँदै आएका छन्। 

घटस्थापनाका बेला धेरै जना ब्रत बस्ने र पूजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रुपमा रहेको केरा बढी प्रयोग हुने पंडित ठंडाप्रसाद पराजुलीले बताए। उनले पूजाआजामा पनि भगवानलाई फलका रुपमा केरा नै चढाइने हुँदा केराको माग बढेको बताए। केरामा माग बढे पनि मूल्य भने खासै बढेको छैन। अहिले यहाँ प्रति किलो केरा ४० देखि ५० रुपैयाँमा बिक्री हुने गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२१ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस