बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
१४ असोज २०७८
•
२ मिनेट पाठ
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका आठ लाख कित्ता आइपीओ निष्काशन गरेको हो । यसअनुसार कम्पनीले आठ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरेको हो।




लिमिटेडले ११ असोजमा सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। कम्पनीले निष्काशन गरेको कुल सेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता सेयर कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार बुधबार बेलुका पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार चार सय १८ जना आवेदकले दुई करोड तीन लाख सात हजार दुई सय २० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५ दशमलव ७६ गुणा धेरै हो। उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ। 

कम्पनीको उक्त आइपीओलाई  इक्रा नेपालले इक्राएनपि आएआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एक सय रुपैयाँ अंकित दरका कुल चार लाख कित्ता आइपीओ निष्काशनमा ल्याई बाँडफाँड गरिसकेको छ।

कम्पनीले नुवाकोट जिल्लामा ५ मेगावाट क्षमताको तल्लो तादीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाको प्रतिमेगावाट लागत २३ दशमलव ८० करोड रुपैयाँ रहेको छ।
अर्को समाचार
चार इन्स्योरेन्सको आइपीओ आउँदै
२८ असार २०७७
•
२ मिनेट पाठ
चार इन्स्योरेन्सको आइपीओ आउँदै
हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् । रिलायन्स लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्सले आईपिओ निष्कासनका लागी आवेदन दिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।  




हाल मुलुकभरी १९ जीवन र २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेकोमा २ जीवन र २ निर्जीवन बीमा कम्पनीले आईपिओ निष्कासनको तयारीमा लागेका हुन् । नेप्सेका अनुसार रिलायन्स लाइफ इन्स्यारेन्सले एक सय रुपैयाँ अंकित मूल्यका ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ निष्कासनका लागि आवेदन दिएको छ ।  

आईपिओ निष्कासनका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापीटललाई नियुक्त गरेको छ भने कम्पनीले निष्कासन गर्न लागेको आईपीओ ईक्रा नेपालले ग्रेड ४ रेट दिएको छ । कम्पनीको हाल अधिकृत पूँजी ३ अर्ब रहेको छ भने जारी पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । १ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।  

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आइपीओ बिक्रिका लागि बोर्डमा आवेदन दिएको छ । इन्स्योरेन्सले आईपीओको विक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको कम्पनीले जनाएको छ । इन्स्योरेन्सको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।  

इन्स्योरेन्सको हालको चुक्ता पुँजी एक अर्ब ४० करोड रहेको छ भने आइपीओ निष्काशन पश्चात् चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको नेप्सेले जनाएको छ ।  

कम्पनीले कूल जारी पूँजीको ७० प्रतिशत संस्थापकको तर्फवाट चुक्ता भईसकेको छ भने ३० प्रतिशत सर्वसाधारणको निष्कासनका लागि अनुमती मागेको हो । कम्पनीले आईपीओ जारी तथा बाँडफाँड गरेपछि चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्नै भएको छ । बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापीटल नियुक्त गरेको कम्पनीले आईपिओ निष्कासनका लागी आवेदन गरेको नेप्सेले जनाएको छ । कम्पनीको केयर एनपी बीबी प्लस रेटिङ पाएको छ भने सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि आइपीओ खुला हुनेछ ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस