नेपाल सरकारले औपचारिक रुपमा सबै सीमानाका खुल्ला गर्ने निर्णय गरेको हप्ता दिन बितिसक्दा पनि निजी तथा भाडाका भारतीय कार जिपलगायत सवारी नेपाल प्रवेश गर्न पाएको छैन। यसमा अब भन्सार मात्र बाधक देखिएको छ। गृह मन्त्रालयले मातहतका जिल्लाहरुका पठाएको पत्रको आदेशबाट नाका औपाचरिक रुपमा खुल्ला भइसकेको हो। कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा सीमा बन्द थियो।
असोज ५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल–भारत सीमानाका पूर्ण रूपमा खुल्ला गर्ने निर्णय गरे अनुसार गृह मन्त्रालयले पत्र जिल्लामा पठाएको थियो। नाकामा आवागमन पुनः साबिक सरह सुचारु गर्न सहजीकरणको लागि जिल्ला प्रशासन कार्यालय तयार रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए। पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि भन्सार विभागले भारतीय सवारीलाई अस्थायी प्रवेशको लागि भन्सार प्रक्रिया सुरु गरेपछि भारतीय सवारी साधन आगमन सुरु हुने जानकारी दिए। वीरगन्ज भन्सार कार्यालयले निर्देशन पर्खेको उनले जनाए।
‘सरकारको निर्णयपछि नाका खुल्ला भइसकेकै हो, अस्थायि रुपमा प्रवेश अनुमति दिइने भारतीय सवारी साधनका लागि हामीसंग माथिको कुनै निर्देशन आएको छैन,’ वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले नागरिकलाई भने, ‘अर्थ मन्त्रालयबाट भन्सार विभाग हुँदै यस्तो आदेश हामी कहाँ आउने हो, त्यो आएपछि मात्र सवारीहरुको अस्थायी प्रवेशको लागि प्रक्रिया खुल्छ।’ देशकै सबैभन्दा बढी आवागमन हुने ठूलाे नाका वीरगन्जमा भारतीय सवारीहरुको प्रवेश नहुँदा ब्यापार चौपट भएको भन्दै होटेल तथा पर्यटन ब्यवसायी संघ, पर्साले आवाज उठाउँदै आएको थियो।
‘भन्सारमा विभागबाट भारतीय गाडीहरूको अस्थायी भन्सार काट्नु भनेर पत्र आउन बाँकी रहेकोले प्रमुख भन्सार प्रशासकज्यूले हामीलाई पनि भन्नु भएको हो, ‘संघका अध्यक्ष हरी पन्तले भने, ‘हामीले कुरा गर्नका लागि भन्सार विभागका महानिर्देशकको सम्पर्क नम्बर लिएर फोन गर्यौं, २० औ पटकमा पनि उठेको छैन।’ कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि २०७६ चैत ९ गतेको नेपाल सरकारको निर्णय अनुसार त्यसको २ दिनपछि चैत्र ११ देखि सरकारले लकडाउनसंगै सीमामा आवागमनमा रोक लगाएको थियो। बिभिन्न देशहरुमा सरकारले सीमाबाट आवागमन तथा अध्यागमन बन्द गरिरहेको तत्कालीन अवस्थामा नेपाल र भारत दुवै तर्फका सरकारले पनि नाका बन्द गरे। अवस्था सामान्यतर्फ उन्मुख रहेको बेला गत २०७७ कात्तिक ५ गतेदेखि भारत सरकारको केन्द्रीय गृह मन्त्रालयले परिपत्र गर्दै सबै सीमानाका र अध्यागमन कार्यालयहरू खोल्ने आदेश दिएको थियो।
भारतको तर्फबाट सीमानाकामा आवागमन गत वर्षको कात्तिक पहिलो सातादेखि खुल्ला नै छ। नेपाल सरकारले पनि गत मंगलबार सीमानाका खोल्ने निर्णय गरिसकेपछि यताबाट पनि औपचारिक रुपमा सीमानाका खुलिसकेको हो। केवल भन्सारको कारणले अब समस्या भएको छ। डेढ वर्ष अगाडि आवागमन रोकिएको भारतीय गाडीको आवागमन दुई देशको सरकारले निर्णय गरेको एक साता उपरान्तसम्म पनि खुल्न सकेको छैन।