सर्लाहीका आठवटै सीमानाका खुला
१२ असोज २०७८
•
२ मिनेट पाठ
सर्लाहीका आठवटै सीमानाका खुला
कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ। कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द भएका थिए।




नेपालीको चाडपर्व नजिकिएसँगै कोरोना महामारी सङ्क्रमणदर केही घटेको मौका छोपी नेपाल सरकारले सीमानाका खोल्ने निर्णय गरेको हो। नेपाल सरकारले निर्णय गरेपछि बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) सर्लाहीको बैठकले भारतसँग सीमा जोडिएका सर्लाहीका आठवटै नाका खुला गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए। 

उनका अनुसार बैठकले नेपाल सरकारले गरेको निर्णयानुसार जिल्लाका आठवटै नाका खुला गर्ने निर्णय गरिएको भए पनि आवागमनमा विभिन्न चारवटा बुँदा अनिवार्य पालना गर्नुपर्ने छ।

जिल्ला सदरमुकामस्थित गोरखकाली नाका, पर्सा गाउँपालिकास्थित सङ्ग्रामपुर र पर्सा नाका, ब्रम्हपुरी गाउँपालिकास्थित त्रिभुवननगर नाका, मलङ्गवा नगरपालिकास्थित भाँडसर नाका, विष्णु गाउँपालिकास्थित बारा उद्योरण र फेन्हरा नाका खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले जानकारी दिए।

सरकारले स्थलमार्गबाट आवागमन गर्न आवागमन गर्नु ७२ घण्टा पहिला कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने, खोपको मात्रा पूरा गरेको, एन्टिजेनसमेत नेगेटिभ आएको हुनुपर्नेलगायत अड्चन राखेर सीमानाका खोल्ने निर्णय गर्दा नागरिकमा निराशा कायमै रहेको  मलङ्गवा नगरपालिकाका प्रमुख निरसल साहले बताए।

यता स्थानीयवासीले आफूहरूलाई घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य सामग्री ल्याउन, आफन्त भेट्न जान आउनसमेत समस्या भएको मलङ्गवाका स्थानीयवासी रामकलेवर रायले बताए। नेपाल–भारत सामाजिक सम्बन्ध रहेका कारण पनि सीमाबाट सहजरूपमा आउनजान पाउनुपर्ने उनको माग छ।

बिरामी भएर उपचार गर्न जानआउनसमेत समस्या हुनुका साथै दैनिक उपभोग्य सामग्री ल्याउन आफूहरूलाई समस्या भएको त्रिभुवननगरका विन्देश्वर महतोले बताए। खुला गरिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय स्थानीय प्रशासनले गरेको जनाएको छ। स्वास्थ्य कार्यालयमार्फत ती नाकामा एन्टिजेन परीक्षण गर्ने व्यवस्थासमेत मिलाइएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिए।
अर्को समाचार
सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक
०४ असोज २०७८
•
३ मिनेट पाठ
सवारी साधनका लागि सीमानाका खोल्न प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री देउवासमक्ष समस्या राख्दै होटेल ब्यवसायी । तस्बिरः रितेश त्रिपाठी
प्रधानमन्त्री शेरबहादुर देउवा अहिले आवागमन बन्द रहेको भारतीय सवारी साधन समेत खुल्ला गर्ने गरी साबिक रुपमा सीमानाका खुल्ला गर्न सकारात्मक रहेको बताएका छन्। होटेल तथा पर्यटन ब्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसंग सोमबार सिंहदरवार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भेटपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।  




देशको कुल आर्थिक वृद्धिमा उल्लेखनीय योगदन पुर्याएको, हजारौंलाई रोजगारी प्रदान गरेको र अर्बौं रुपैयाँ लगानी भएको होटल तथा पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भएको भन्दै ध्यानाकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र आफूहरुले बुझाएको संघका अध्यक्ष हरि पन्तले बताए। तथ्यांकका अनुसार नेपालमा सबैभन्दा बढी आउने पर्यटक भारतीय नै हुन्। सामान्यतया स्थलमार्ग भएर आउने ति भारतीय पर्यटकमाथि नेपालको दक्षिणी सीमाक्षेत्रमा रहेका सम्पूर्ण होटेल, रेष्टुरेन्ट र सबैखाले पर्यटकीय गन्तब्यहरु ७० देखि ८० प्रतिशत निर्भर रहेका छन्।  

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारको निर्णय अनुसार २०७६ चैत ११ गतेदेखि बन्दाबन्दीसंगै सीमामा आवागमनमा समेत रोक लगाइएको थियो,’ प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनमा उल्लेख गरिएकाे छ, ‘महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरु हाल आएर अन्य सम्पूर्ण क्षेत्रबाट हटाइए पनि सीमानाकाबाट भारतीय तथा तेस्रो मुलुकबाट आउने ‘कार्गो’ बाहेकका सवारी साधनहरुको आवागमनमा रोक भने डेढ वर्षदेखि कायमैं छ। यसले गर्दा भारतबाट तिर्थाटन र घुमफिरका लागि पर्यटकहरु आउन छोडेका छन्।’ 

प्रतिनिधिमण्डलको अगुवाई गरेका काँग्रेस नेता एवं संविधानसभा सदस्य अनिल रूंगटाले भारतीय सवारी प्रवेश रोकको परिणामस्वरुप वीरगन्ज आसपासको क्षेत्रमा मात्रै रहेका २ सयभन्दा बढी होटलहरुले संचालन खर्च पनि धान्न गाह्रो भएको, त्यहाँ हजारौं संख्यामा रहेको रोजागरी पनि समाप्त हुने अवस्था आएको र अर्बौंको लगानी डुब्ने अवस्थामा पुगिसकेको बताए।  

प्रधानमन्त्री देउवाले ब्यवसायीहरुको माग सकारात्मक भएको र चाँडै उचित निर्णय लिइने बताएका थिए। पछिल्लो समयमा सीमानाकाबाट दैनिक हजारौं संख्यामा सर्वसधारणहरुको निर्वाध रुपमा पैदल आवतजावत भइरहेको अवस्थामा भारतीय पर्यटकीय सवारी साधन मात्र नचल्दा पर्यटकको रुपमा आउने ब्यक्तिहरुको आगमन बन्द रहेको होटेल ब्यवसायी महासंघका केन्द्र उपाध्यक्ष इच्छाबहादुर वाग्लेले सुनाएका थिए। मानिसबाट सर्ने कोरोना भाइरसको रोकथामका लागि भनेर गाडिलाई मात्र रोकेर हजारौं मानिसहरुलाई भने निर्वाध आवतजावत गर्न दिने कुराको कुनै वैज्ञानिक आधार नरहेको होटेल ब्यवसायी बताउँदै आएका छन्। 

भारतबाट पर्यटकीय महत्व भएका पाहुनाहरु नेपाल आउन रोकिएर होटेल तथा पर्यटन ब्यवसाय क्षेत्र धारासायी भएकोले आफूहरु प्रधानमन्त्रीसमक्ष समस्या राख्न आइपुगेको वीरगन्जको कलार्कस रिसोर्टका संचालक सुनिल खेतानले प्रतिक्रिया दिए। उनका अनुसार होटेल ब्यवसायीका समस्याप्रति प्रधानमन्त्री सकारात्मक देखिएका थिए। 

‘सीमा नाकाबाट आवश्यक स्वास्थ्य मापदण्ड अपनाई भारतीय सवारी साधनहरुको आवागमन तत्कालै खुल्ला गरी भारतीय पर्यटक भित्रिने वातावरण निर्माण गरियोस’, ज्ञापनमा माग गरिएको थियो।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस