सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला
२७ भदौ २०७८
•
४ मिनेट पाठ
सिरहाका नाकाः बिरामीलाई बन्द, तस्करलाई खुला
सिरहाको माडर सीमानाकाको ढाट खोलिदिन आफन्तले गरेको बिन्ती सशस्त्र प्रहरीले बेवास्ता गर्दा एक बिरामीले अस्पताल पुग्न नपाउँदै प्राण त्यागेकी छन्। सिरहा नगरपालिका–४ रमौलकी ४० वर्षीया वहिदा खातुनले उपचार अभावमा सीमामै छटपटाएर प्राण त्यागेकी हुन्।




गत साता आफन्तको विवाहमा सहभागी हुन भारतको गोरखपुरस्थित झन्डानगरबाट घर फर्किने क्रममा सीमावर्ती भारतीय सहर जयनगरमा उनी सिकिस्त बिरामी परिन्। बिहीबार बिहान करिब २ बजे जयनगर रेल्वे स्टेसन ओर्लेपछि वहिदाको मुटु दुख्न थाल्यो। छोरी बरिदाले मामा नुरे आलमलाई फोन गरेर एम्बुलेन्स लिएर सीमामा आउन भनिन्। एम्बुलेन्स नभेटेपछि आफ्नै टेम्पो लिएर नुरे माडर भन्सार नाका पुगे। नाकामा ढाट लागेको थियो। आलमले ड्युटीमा रहेका सशस्त्र प्रहरीलाई नेपालको सीमानजिक बिरामी दिदी ल्याउन जानु छ भन्दै ढाट खोलिदिन बिन्ती गरे। 

ड्युटीमा रहेका सशस्त्र प्रहरीले ढाट नखुल्ने अडान लिए। नुरे उनका दाइ कमरे आलम र भिनाजु मोहम्मद इसाले पालैपालो सशस्त्र प्रहरीलाई करिब ४५ मिनेटजति रुँदै बिन्ती गरे। ‘सशस्त्र प्रहरीले ढाट खुलाउन नमानेपछि दौडँदै नेपाली सीमा पुगेर दिदीलाई काँधमा बोकेर ढाटसम्म ल्यायौं,’ आलमले भने, ‘बाटोभरि दिदीले मुटुमा असह्य पीडा भइरहेकाले छिटो अस्पताल पु¥याइदिन भन्दै हुनुहुन्थ्यो। ढाट पार गरेर टेम्पोसम्म ल्याइपुर्‍याउँदा उहाँले बोल्न छाड्नुभयो,’ आलमले भारी स्वरमा भने, ‘टेम्पोमा राख्दा उहाँले दुनियाँ नै छाडिसक्नुभएछ।’  

सिरहाको माडर बोर्डरमा बिहीबार बिहान साढे ३ बजे वहिदाले प्राण त्यागिरहँदा सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरू भने भारतबाट मालसामानको ठूलाठूला पोका पछाडि राखेर आएका मोटरसाइकल चालकसँग सेटिङ मिलाउन व्यस्त रहेको नुरे आलमले बताए। मधुमेह र उच्च रक्तचापका बिरामी वहिदालाई समयमै अस्पताल पुर्‍याउन पाएको भए उनको ज्यान जोगिने परिवारजन बताउँछन्। ‘पारिका सीमा सुरक्षा बललाई आग्रह गरेपछि भारतको अन्तिम सीमासम्म आउन दियो तर माडरस्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरीले नेपालको सीमासम्म जान रोक्दा वहिदाको ज्यान गयो,’ मोहम्मद इसाले भने, ‘ढाट खोलिदिएको भए सिरहा अस्पताल पुर्‍याउन सकिन्थ्यो। अस्पताल पुर्‍याउन सकेको भए उनको ज्यान बाँच्थ्यो। वहिदाको ज्यान ड्युटीमा खटिएका सशस्त्र प्रहरीका कारण गएको हो।’  

आलमले प्रश्न गरे, ‘बिरामीलाई रोक्ने तर तस्करलाई खुला गर्ने यो कस्तो नियम हो ? सीमाभित्र समेत जान रोक्दा बिरामी छटपटाएर प्राण त्याग्नुपर्ने कस्तो देश हो यो ?’ त्यो कालो रातले आफूहरूलाई देशको शासन र प्रशासनको हविगत बुझ्ने अवसर जुराइदिएको आलमले बताए। ‘प्रशासन पीडितमैत्री होइन, लेनदेनमैत्री भएको प्रस्टै देख्न पायौं। सीमामा दर्दले छटपटाइरहेकी मेरो दिदीको पीडासँग सरोकारै नराख्ने तर तस्कर र व्यापारीलाई स्वागतसहित भित्र छिराउँदै गरेको दृश्य मेरो मानसपटलबाट कहिल्यै मेटिँदैन,’ उनले भने।

यो घटनाको निष्पक्ष छानबिन र कारबाही हुनेमा समेत पीडित परिवारलाई शंका छ। पीडित परिवार बोर्डर आउट पोस्ट माडरका कमान्डरलाई समेत दोषी देख्छन्। ‘प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पनि घटनाका दोषीलाई जोगाउन खोजेको पाएँ,’ आलमले भने, ‘छानबिनपछि मात्रै केही भन्न सकिने प्रजिअको जवाफले हामीलाई निराश बनाएको छ।’ मानवीय क्षति भोगेका हामीप्रति प्रजिअको सामान्य सदभाव पनि पाएनौं।’ जिल्ला प्रशासन कार्यालय सिरहाका प्रवक्ता भवेश झाले प्रजिअ कणेलले घटनास्थल पुगेर यथार्थ बुझ्न भनी निर्देशन दिएको बताए।

बोर्डर आउट पोस्ट माडरका सशस्त्र प्रहरी निरीक्षक लोकनाथ उप्रेतीका अनुसार बिरामी पक्षले ड्युटीमा तैनाथ सशस्त्र प्रहरीलाई ढाट खुलाइदिन आग्रह गरेको सत्य हो। तर बारम्बार आग्रह नगर्दा ढाट नखुलेको उनले बताए। ‘तर उहाँहरू एकचोटि मात्र आग्रह गरेर यताउता हिँड्डुल गर्न थाल्नुभयो,’ उप्रेतीले भने, ‘बारम्बार आग्रह गरेको भए ड्युटी इन्चार्जले ढाट खुलाइदिनुहुन्थ्यो कि !’ माडर भन्सारका प्रमुख जगदीशकुमार पुर्वेका अनुसार यस नाकाबाट मालवाहक सवारी जति बेला पनि आउन पाउँछ। ‘तर, बिरामीको हकमा हामीले अनुमति दिएपछि मात्र ढाट खुल्छ,’ उनले भने, ‘मलाई त बिरामीको मृत्यु भएपछि मात्र थाहा भयो। राति हाम्रो कर्मचारी ड्युटीमा हुँदैन, सुतेका हुन्छन्। उनलाई जगाउनुपर्छ अनि मात्र ढाट खोल्छन्।’ कर्मचारीलाई कोही जगाउनै नआएको पनि उनले बताए।

बिरामीलाई रोकेर तस्करलाई छिराएको दृश्य देखियो नि ! जिज्ञासामा पुर्वेले भने, ‘मालसामान त जति बेला पनि आइहाल्छ नि। राति पारिबाट ल्याइने मालसामान भन्सारभित्रै आएको होला। जुन शैलीमा पारिबाट मालसामान भित्र्याइएको भिडियोमा देखिएको छ, यो त गलत हो।’ माडरका स्थानीयका अनुसार यस नाकाबाट मालसामान बोकेको मोटरसाइकल माडर बजारस्थित तस्करको गोदाममा पुग्छ। बुधबार राति बिरामीका आफन्तले भिडियो नखिचेको भए मालसामान बोकेर पारिबाट माडर भन्सार नाकाबाट छिरेको मोटरसाइकल पनि तस्करका गोदाममा पुग्थ्यो,’ उनले भने। सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीका अनुसार सीमामा बिरामीको आउजाउलाई सहजीकरण गर्ने स्पष्ट निर्देशनलाई बेवास्ता गर्नेउपर कारबाही हुने आश्वासन दिए। यो घटनाले सशस्त्र प्रहरी, प्रशासन प्रमुख र भन्सार प्रमुखलाई मात्र नभई गृह प्रशासनलाई समेत गिज्याएको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस