जुम्लामा अहिले स्याउको समय
२३ भदौ २०७८
•
३ मिनेट पाठ
जुम्लामा अहिले स्याउको समय
जुम्लाका किसानलाई यो समय स्याउ टिप्न भ्याइनभ्याइ छ। स्याउ टिपेर व्यापारीलाई बेच्न किसान लागि परेका छन्। स्याउको बगैंचामै व्यापारी पुगेर लिन थालेपछि किसानलाई निकै राहात मिलेको छ। अहिले बगैंचा राताम्य छन्। गाडी र झाडीमा समेत स्याउ नै स्याउ छ। जहाँतहीँ स्याउको सिजन हुँदा जुम्लाको सुरन्दरतामा साथ मिलेको छ।  




स्याउ किसान जीवनबहादुर बुढा स्याउले जुम्लाको समृद्धि हासिल गरिरहेको बताउँछन्। ‘यो समय स्याउको हो। अहिले निरन्तर कर्णाली राजमार्गबाट स्याउ निर्यात भइरहेको छ,’ उनले भने। कर्णाली राजमार्ग हुँदै जुम्ला पुगेका आन्तरिक तथा बाह्य पर्यटक पनि स्याउ बगैंचामा पुगेर रमाउन थालेका छन्। उनीहरू बगैंचामा पुगेर स्याउको स्वाद लिने र रमाइलो गर्ने गरेको किसानको भनाइ छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष स्याउ उत्पादनमा गिरावट आएको छ। तर कम उत्पादन भएपनि माग बढ्दो छ। जसका कारण किसान घाटामा पर्ने सम्भावना छैन।  

यो वर्ष स्याउको क्षेत्रफल मुताविक स्याउ नपलेको बताइएको छ। तर मूल्य पनि कम छैन। जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने, ‘स्याउ उत्पादनको तथ्यांक संकलन हुँदैछ। हरेक स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहेको छ। तर यो वर्ष ५ हजार मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन नहुने अनुमान गरिएको छ ’

यसपटकको स्याउ पूर्ण रूपमा पाक्न पाएको छ। रङ भरिन पाएको छ। गुलियो मात्रा शतप्रशित रहेका प्राविधिकको भनाइ छ। कृषि विकास कार्यालयले भदौ १० गतेभन्दा अगावै किसानलाई स्याउ नटिप्न आग्रह गरेपछि यहाँको स्याउले पूर्ण रूपमा पाक्न पाएको हो।  

अहिले बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गरिरहेका छन्। अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको बताइएको छ। यहाँको स्याउको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ। नेपालगन्जमा जुम्ली स्याउको प्रतिकेजी १ सय ३० रूपैयाँ र सुर्खेतमा ९० देखि एक सय रूपैयाँसम्म प्रतिकेजी मूल्य छ।  

यो वर्ष कृषि विकास कार्यालयले ९ हजार मेट्रिकटन स्याउ फलाउने लक्ष्य राखेको थियो। तर पाँच हजार मेट्रिकटन स्याउ मात्र फल्ने अनुमान गरिएको छ। जुम्ला स्याउ अंकित २१ हजार कार्टुन बाँडिएको छ। यहाँका किसानले त्यहीँ कार्टुनमा स्याउ बजारसम्म पुर्याएका छन्। यो कार्टुनमा केमीकल प्रयोग नगरको शुद्ध अर्गानिक स्याउ मात्र राखिँदै आएको बताइएको छ।

गत पुष/माघमा हिउँ नपुर्न, चैत/वैशाखमा तुवालोले चिचिला झार्नु र स्याउ बर्षैपिच्छे पालो गरेर फल्ने भएकोले यो वर्ष उत्पादनमा कमी आएको कृषि विज्ञको  भनाइ छ।  

स्याउ टिप्न किसानको आफ्नै नियम

जुम्लाका किसानले स्याउ टिप्नको लागि सामाजिक नियम बनाएका छन्। त्यो नियम अनुसार भदौ २० देखि मात्रै स्याउ टिप्न पाइन्छ। त्यो भन्दा अघि स्याउ टिप्ने किसान यो नियमभित्र पर्दैन। जिल्लाको पातारासी, गुठिचौर र कनकासुन्दरी गाउँपालिकाका किसानले आफ्नै सामाजिक नियम बनाएर स्याउ टिप्न थालेका हुन्।  

अहिलेसम्म उक्त स्थानीय तहमा स्याउ टिपिएको छैन। उनीहरूका अनुसार स्याउ टिप्न भदौ २० गते माथिको समय उपयुक्त हो। यो बेला स्याउमा पूर्ण कलर आउँछ। गुलियो मात्र पूर्ण रूपमा भरिन्छ। 
अर्को समाचार
स्याउका परिकार बनाउने सीप सिक्दै जुम्लेली
०४ चैत्र २०८०
•
२ मिनेट पाठ
स्याउका परिकार बनाउने सीप सिक्दै जुम्लेली
स्याउ बोटमै पकाएर सोझै खान सकिन्छ भने नपाक्दै यसबाट विभिन्न परिकार बनाई बजारमा बिक्री गर्न सकिन्छ। जुम्लाका किसान स्याउबाट जुस, जाम, जेली र चाना उत्पादन गर्न जुटिरहेका छन्।




यही ध्येयलाई आत्मसात गर्दै जुम्लाका किसान सीप सिकिरहेका छन्। उद्योग तथा उपभोक्ता हित सरंक्षण कार्यालय जुम्लाले स्याउ किसानलाई दसदिने स्याउ प्रशोधन तालिम दिइरहेको छ।

तालिममा आठवटै स्थानीय तहका एकएकजना किसान सहभागी छन्। स्थानीय तहले गरेको छनोटका आधारमा किसानहरु तालिममा सहभागी भएका हुन्। स्याउको सिजन सकिए पनि परिकारको व्यापार बढाउन तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख विनोदकुमार बानियाँले बताए।

उनले भने, ‘समयको विकाससँगै जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिन सक्ने छन्। कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत ‘एक जिल्ला एक उत्पादन’ का लागि सिपसँग सहयोग कार्यक्रमबाट आचार, जाम, जुस, चाना, जेली, साइटरलगायतका उत्पादनमा जोड दिइएको छ।’

सीप विकास तालिम, प्रविधि सहयोग र बजारीकरणमार्फत सम्बन्धित जिल्लामा स्थानीय कच्चा पदार्थमा आधारित नमुना उद्योग स्थापना गर्नु तालिमको प्रमुख उद्देश्य रहेको छ। स्याउको परिकार बनाउन किसान उत्साहित छन्।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले तालिम नतिजामुखी हुनुपर्ने बताए। सहभागीलाई सीप व्यवहारमा लागु गर्न आग्रह गरे। यस्तै जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले आफूले सिकेको सीप गाउँघरमा अरु किसानलाई सिकाउनुपर्ने बताए।

गुणस्तरीय वस्तु उत्पादन गर्न सके बजारको खासै समस्या हुँदैन। किसान आत्मनिर्भर हुन्छन्। ’सहभागीले उद्योग सञ्चालन गरेर स्याउका परिकार बनाई बिक्री गरी आत्मनिर्भर हुने प्रतिबद्धता जनाएका छन्। स्याउबाट बन्ने परिकारलाई बजारसम्म ल्याउनका लागि सीप सिक्न अपरिहार्य छ।

यता स्याउ सुपर जोन कार्यालय जुम्ला प्रमुख खेमराज शाहीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा जुम्लामा १५ हजार मेट्रिटन स्याउ उत्पादन भएको छ भने १० हजार मेट्रिकटन स्याउ निर्यात भएको देखिन्छ। ५० करोड आम्दानी भएको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस