परामर्शका नाममा अर्बौं खर्च
१३ भदौ २०७८
•
५ मिनेट पाठ
परामर्शका नाममा अर्बौं खर्च
पूर्वमुख्य सचिव विमल कोइराला कुनै परियोजनामा १० प्रतिशतभन्दा बढी रकम परामर्श सेवामा खर्चिनुलाई बेथिति ठान्छन्। तर, सरकारले नै सञ्चालन गरेका परियोजनामा परामर्श सेवाका नाममा ४०.६३ प्रतिशत रकम खर्च भएको पाइएको छ। ३ अर्ब १० करोड रूपैयाँको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले परामर्श सेवामा ४०.६३ प्रतिशत रकम खर्च गरेको छ। विभिन्न परियोजनामा परामर्श सेवामा न्यूनतम ७ प्रतिशतदेखि ४०.६३ प्रतिशतका दरले अर्बौं रूपैयाँ अनियमित ढंगले खर्च हुने गरेको छ। सार्वजनिक खरिद ऐन, २०६३ को दफा २९ (१) (क) मा उपलब्ध जनशक्तिबाट कुनै काम हुन नसक्ने भए मात्रै परामर्श सेवा खरिद गर्न सक्ने व्यवस्था छ। तर, केही आयोजनाले यही बहानामा आवश्यकताभन्दा धेरै परामर्श सेवामा खर्च गरेर राज्यको अर्बौं रूपैयाँ दुरूपयोग गरिरहेका छन्।




महालेखापरीक्षक कार्यालयले तयार गरेको ५८औं प्रतिवेदनअनुसार ६ परियोजनामा मात्र परामर्श सेवामा ८ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ खर्च भएको छ। कुल १ खर्ब ११ अर्ब ७ करोड रूपैयाँका ती परियोजनामा अहिलेसम्म ३१ अर्ब १७ करोड ८६ लाख रूपैयाँ खर्च भएकोमा परामर्श सेवामा मात्रै ८ अर्ब ४७ करोड ६४ लाख रूपैयाँ खर्च भएको हो।

महालेखाका अनुसार जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले परामर्श सेवामा २४.२१ प्रतिशत, किसानका लागि उन्नत बिउ कार्यक्रमले ७.४६, नेपाल लाइभस्टक सेक्टर आयोजनाले १४.५७, मेलम्ची खानेपानी विकास समितिले १९.२३ प्रतिशत, आयोजना विकास निर्देशनालयले ८.२३ प्रतिशत रकम खर्च गरेका हुन्। दातृ निकायसँगको सम्झौतामा वैदेशिक परामर्श सेवाको अनिवार्यताले मोटो रकम खर्च भएको छ। यसबाट देखिन्छ, सरकारी निकायमा कार्यरत जनशक्तिको उपयोग न्यून छ भने राज्यको अर्बौं रूपैयाँ परामर्श सेवामा खर्च भएको छ। परियोजनाको सम्झौता हुँदा नै मोटो रकम परामर्श सेवामा राख्ने गरिएको छ।

परामर्श सेवाका नाममा धेरै रकम खर्चने बेथिति भित्रिएको पूर्वमुख्य सचिव विमल कोइराला बताउँछन्। ‘मेरो पालामा परामर्शमा १० प्रतिशतभन्दा बढी रकम राख्नुहुँदैन भन्ने सैद्धान्तिक सहमति गरेका थियौं,’ कोइरालाले शनिबार नागरिकसँग भने, ‘परामर्शका नाममा बेथिति मौलायो।’ उनका अनुसार आर्थिक अनुशासन कायम गर्ने हो भने परामर्शमा १० प्रतिशतभन्दा बढी रकम राख्नुहुँदैन। सरकार कमजोर भएकाले परामर्शदाताले फाइदा उठाएको कोइरालाको टिप्पणी छ। ‘सरकार कमजोर भएपछि विदेशीका सर्त मान्दा परामर्श सेवाको खर्च धेरै भयो,’ उनले भने, ‘यो रोक्नु आवश्यक छ।’ परामर्श सेवामा ठूलो रकम खर्च गर्दा परियोजनाको लागतसमेत बढेको कोइरालाले बताए। नेपाली जनशक्तिले काम नगर्ने परियोजनामा मात्र विदेशी परामर्शदाता ल्याउनुपर्ने कोइरालाको सुझाव छ। 

‘परामर्श सेवामा स्वदेशी जनशक्तिले गर्ने काम यहीँबाट मात्र गराउनुपर्छ,’ पूर्वमुख्य सचिव कोइरालाले भने, ‘नेपाली जनशक्तिले गर्न नसके मात्र विदेशी ल्याउनुपर्छ।’ परामर्श सेवाको खर्च विज्ञका नाममा खर्च हुने गरेको छ। कार्यालयमा उपलब्ध कर्मचारीले काम गर्न नभ्याएको, अनुभव वा ज्ञानले नसक्ने अवस्था आएको र विशिष्ट प्रकृतिको काम भएको अवस्थामा मात्र परामर्शदाता नियुक्त गर्नुपर्छ। तर, अधिकांश आयोजनाले ससाना काममा पनि परामर्शदाता नियुक्त गर्ने गरेका छन्।

किसानका लागि उन्नत बिउ कार्यक्रमले परामर्शमा २० करोड ३० लाख, नेपाल लाइभस्टक सेक्टर आयोजनाले १२ करोड ४७ लाख, मेलम्ची खानेपानी आयोजनाले ५ अर्ब ६७ करोड १ लाख, आयोजना विकास निर्देशनालयले २ अर्ब १९ करोड १३ लाख रूपैयाँ परामर्शमा खर्च गरेका छन्। माथि उल्लेखित आयोजनामा मात्र नभएर विकासे मन्त्रालयहरूमा पनि परामर्श सेवामा अर्बौं रूपैयाँ खर्च हुने गरेको छ। त्यसैगरी पर्वतीय जलाधारहरूको जलवायु परिवर्तन समानुकूलन आयोजनाले कार्यक्रम अवधिभरका लागि एक परामर्शदाता छनोट गरी तिनको पारिश्रमिक भुक्तानीमा आवश्यकताभन्दा थप व्ययभार सरकारलाई पर्न गएको महालेखाले औंल्याएको छ।

वैदेशिक सहायतामा सञ्चालित आयोजनामा ठूलो रकम परामर्श सेवामा खर्च हुने गरेको छ। वैदेशिक सहायताबाट प्राप्त रकममध्ये परामर्श तथा प्रशासनिक खर्चमा ७० देखि ८० प्रतिशत खर्च हुने महालेखाका एक अधिकारीले बताए। आयोजनाको २० देखि ३० प्रतिशत मात्रै समुदायमा खर्च गर्ने गरेको ती अधिकारीको दाबी छ। सरकारी सेवाबाट सेवानिवृत्त कर्मचारी परामर्शदाता भएर धेरै तलब लिने गरेका छन्। महालेखाले आयोजना सञ्चालन गर्दा सरकारी निकायमा उपलब्ध जनशक्तिको उपयोग गरी परामर्शदाता खर्चमा कमी ल्याउनुपर्ने सुझाव दिएको छ। कानुनले कुनै पनि कार्यालयलाई परामर्श सेवा लिन वञ्चित गरेको छैन। आयोजनाहरूले आवश्यक परेका बेला यस्तो सेवा लिन सक्ने कानुनी व्यवस्था गरिएको छ। तर, कार्यालयमा पर्याप्त जनशक्ति उपलब्ध हुँदाहुँदै पनि कर्मचारीको कमिसन मोहका कारण परामर्श सेवा लिने प्रचलन पनि रहेको सरकारी अधिकारी नै बताउँछन्।  

एक उच्च सरकारी अधिकारीका अनुसार कुनै व्यक्ति वा परामर्शदाता संस्थालाई परामर्शदाताका रूपमा नियुक्त गरेपछि बजेट हेरेर ५ देखि २५ प्रतिशतसम्म कमिसन माग्ने प्रचलन छ। ‘कामै नगरी यस्तो कमिसन पाइने भएपछि जुनसुकै आयोजनाका अधिकारीले पनि जथाभाबी रूपमा परामर्श सेवा लिने गरेको देखिएको छ,’ ती अधिकारीले भने, ‘आफूले काम गर्दा हुने फाइदाभन्दा परामर्श सेवा  लिए बढी नाफा हुन्छ। त्यसैले धेरैले यस्तै गरिरहेका छन्।’

महालेखापरीक्षक कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनले अनावश्यक रूपमा भएको यस्तो खर्च नियन्त्रण गर्नुपर्ने र आयोजना प्रमुखलाई उत्तरदायी बनाउनुपर्ने सुझाव दिएको छ। महालेखाका अनुसार अधिकांश आयोजनामा तोकिएको दरबन्दीअनुसार प्राविधिक कर्मचारी भए पनि ती आयोजनाले सर्भे, डिजाइनलगायत अधिकांश काममा परामर्शदाता नियुक्त गर्ने गरेका छन्। केही विदेशी परामर्शदाताले आयकरसमेत छलेको पाइएको छ। 

आयोजना विकास निर्देशनालयले एक विदेशी परामर्शदातालाई यो वर्ष भुक्तानी भएको बिलमा अग्रिम आयकरबापत भुक्तानी गरेको छ। अग्रिम आयकरबापतको रकम परामर्शदातालाई भुक्तानी गर्न नमिल्ने र नेपालमा आम्दानीको स्रोत भएको व्यक्तिले नेपालमा कर तिनुपर्ने व्यवस्था भएकाले अग्रिम आयकरबापत भुक्तानी भएको १ करोड ६२ लाख ८१ हजार यकिन गरी असुल गर्न भनेको छ। त्यसैगरी साबिक भू तथा जलाधार व्यवस्थापन विभाग र एक परामर्शदातासँग भएको सम्झौताअनुसार परामर्शदातालाई आयकर छुट नहुनेमा आयोजनाले सेवा शुल्क १२ करोड ६७ हजार रूपैयाँ भुक्तानी गर्दा भुक्तानीमा ६० लाख ३ हजार कट्टी नगरेकाले असुल गर्न महालेखाले भनेको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
१ घण्टा अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
यो पनि पढौँ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस