महालेखापरीक्षकको प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ को देखाएको छ। जसको मात्रा १ अर्ब ८० करोड ५९ लाख १८ हजार छ। सुशासनको दुहाई दिने प्रदेश सरकारलाई बेरुजुको यो अंकले गिज्याएको छ।
३१ अर्ब ९८ करोड ६२ लाख २८ हजार बजेटको लेखापरीक्षण हुँदा प्रदेशमा १ अर्ब ८० करोड ५९ लाख १८ हजार बेरुजु देखिएको छ। यो कुल बजेटको करिब ५.६५ प्रतिशत हो। बेरुजुमा प्रदेश २ पछि दोस्रोमा कर्णाली प्रदेशको ३.५६ प्रतिशत, प्रदेश १ मा २.८३ प्रतिशत, लुम्बिनीको २.३९ प्रतिशत, सुदूर पश्चिमको २.१५ प्रतिशत, गण्डकीको १.९६ प्रतिशत र वाग्मतीको १.४२ प्रतिशत बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ।
प्रदेश सरकारले लोकप्रिय कार्यक्रम भनेर ल्याएको बालिका बिमामा पनि महालेखापरीक्षकको प्रतिवेदनले प्रश्न उठाएको छ। प्रदेश सरकारले गरेको बालिका बिमाको प्रमाण नभएको प्रतिवेदनमा उल्लेख छ। छोरी शिक्षा बिमा/मुद्दती बचत कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ अनुसार २०७५ माघ १ पछि जन्मिएका प्रदेशका बालिकालाई बिमा गर्ने प्रदेश सरकारको कार्यक्रम छ।
यो कार्यक्रममा बालिकाको उमेर २० वर्ष पुगेपछि उनले मुद्दती अवधिभित्रै विद्यालय शिक्षा वा १२ कक्षा वा सो सरह पूरा गरेको र २० वर्षको उमेरसम्म विवाह नगरेको अवस्थामा सेवा प्रदायक संस्थाले एकमुष्ठ ३ लाख रूपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ।
यससम्बन्धी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र एक बैंकसँग भएको सम्झौताको बुँदा नम्बर १ मा एक छोरी मुद्दती बिमाबापत जम्मा गर्न एकपटकमा ३७ हजार रूपैयाँका दरले उपलब्ध गराएको छ।
प्रदेशका २ हजार ७ सय ७८ बालिकाको नाममा १४ करोड ९९ लाख ८७ हजार रूपैयाँ उपलब्ध गराए पनि बैंकले छोरी मुद्दती खाता खोली सो खातासम्बन्धी सम्पूर्ण विवरण कार्यालयलाई उपलब्ध नगराएको प्रतिवेदनले औंल्याएको छ।
‘यस्तो विवरण कार्यालयलाई दिनुपर्ने व्यवस्था भए पनि बैंकले बालिकाको खातामा रकम जम्मा भएको, खाता सञ्चालन गरेको वा कुनै बिमा पोलिसी जारी गरेको प्रमाण पेस गरेको छैन,’ प्रतिवेदनमा भनिएको छ।
भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ट्याक्टर र कम्प्युटर सेट वितरण गरेको प्रमाण नभेटिएको र अनुगमन पनि नगरेको महालेखाको प्रतिवेदनमा जनाइएको छ।
मन्त्रालयले किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्न ४ करोड ९४ लाख १५ हजार रूपैयाँमा एक सय थान ट्याक्टर र शतप्रतिशत अनुदानमा विद्यालयलाई वितरण गर्न ६८ लाख १२ हजारमा एक सय सेट कम्प्युटर एवं प्रिन्टर खरिद गरेको दाबी गरेको छ।
तर यो खरिदको कुनै प्रमाण भेटिएको छैन। यसबारेमा अनुगमन गरी अनुदान प्रभावकारी र नतिजायोग्य नभएकोबारे मन्त्रालयबाट मूल्यांकन पनि नगरेको महालेखाको प्रतिवेदनमा औंल्याइएको छ।
आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारले ३८ अर्ब ७२ करोड ५६ लाखको बजेट ल्याएकामा १८ अर्ब १ करोड ७२ लाख रूपैयाँ खर्च गरेको थियो। जसमध्ये ५७ करोड रूपैयाँ खर्चको काम नै नदेखिएको प्रतिवेदनले औंल्याएको छ।
ससर्त अनुदान शीर्षकबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा विभिन्न पूर्वाधार निर्माण गर्न निकासा भएको ३७ करोड २७ लाख, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा वातावरण संरक्षण र सार्वजनिक निर्माणमा दिएको १५ करोड ९८ लाख र सामाजिक विकास मन्त्रालयमा गैरआवासीय भवन निर्माण एवं खरिद गर्न निकासा गरिएको ३ करोड ६५ लाखको कुनै काम नभएको प्रतिवेदनमा उल्लेख छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवको मिलोमतोमा सुराकी र शान्ति सुरक्षाका नाममा २३ लाखभन्दा बढी रकम नीतिगत भ्रष्टाचार गरिएको छ। महालेखाको प्रतिवेदनले शान्ति सुरक्षाको नाममा गरेको यस खर्चको औचित्यमाथि प्रश्न उठाएको छ।
यसअघिका वर्षहरूमा समेत महालेखापरीक्षकको कार्यालयले यस्ता कार्यमा खर्च नगर्न सरकारलाई सुझाव दिएको थियो। तर त्यसको कुनै मतलब राखिएन। प्रदेश मन्त्रिपरिषद्को २०७५ जेठ १० को निर्णयअनुसार आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवलाई भैपरी आउने शान्ति सुरक्षाको काममा खर्च हुने गरी मन्त्रीलाई प्रतिपटक ३० हजार र सचिवलाई १० हजारका दरले प्रतिमहिना पाँचपटकसम्म खर्च गर्न सक्ने व्यवस्था नै गरिएको छ।
यस खर्चका लागि बिल भर्पाइसमेत पेस गर्नु नपर्ने मन्त्रिपरिषद्बाटै निर्णय गरिएको छ। गत आर्थिक वर्षमा तत्कालीन आन्तिरक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई १८ लाख र सचिवलाई ५ लाख ५० हजार गरी जम्मा २३ लाख ५० हजार भुक्तानी दिइएको छ। महालेखाले यस्तो खर्चको औचित्य पुष्टि गर्न सरकारलाई निर्देशन दिएको छ।