अपुताली जग्गा बिक्री प्रकरणः अख्तियारद्वारा छानबिन सुरु
०७ भदौ २०७८
•
२ मिनेट पाठ
अपुताली जग्गा बिक्री प्रकरणः अख्तियारद्वारा छानबिन सुरु
बढैयातालको अपुताली जग्गा बिक्री प्रकरणको बारेमा अख्तियार अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय बर्दियाबाट कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। सम्पर्क कार्यालय कोहलपुरको अख्तियारको टोलीले मालपोत कार्यालयमा आएर कागजात नियन्त्रणमा लिएको हो। लामो समयदेखि बढैयातालको अपुतालीको जग्गा हकवाला नभएको भन्दै पास पारित नभएको जग्गा बिक्री गरेपछि मिलिमत्तोमा जग्गा बिक्री गरेको तथ्य बाहिर आएको थियो।




बढैयाताल गाउँपालिकाका  चिरकु तेलीको नाममा रहेको २ बिघा ६ कठ्ठा जग्गा मिलिमत्तोमा बिक्री भएको उजुरी परेपछि आयोगको सम्पर्क कार्यालय कोहलपुरले अनुसन्धान सुरु गरेको हो। अपुतालीको जग्गा भनिएको जग्गा बिक्रीको लागि पुर्‍याएका प्रक्रियाको अनुसन्धान सुरु गरेको सम्पर्क कार्यालय अख्तियारका प्रमुख कृष्ण निरौलाले बताए। ‘अपुताली भनिएको बढैयाताल जग्गाको बिस्तृत अनुसन्धान आयोगको सम्पर्क कार्यालय कोहलपुरले सुरु गरेको छ,’ उनले भने,‘पहिलो चरणको अनुसन्धानका लागि मालपोत कार्यालयबाट कागज पत्र नियन्त्रणमा लिएका छौं।’  

बढैयातालको ६ जना स्थानीयले अपुतालीको २ बिघा ६ कठ्ठा मिलिमत्तोमा व्यक्तिको नामसारी गरेको भन्दै अख्तियार अनुसन्धान आयोगको सम्पर्क कार्यालय, कोहलपुरमा उजुरी दर्ता गरेका थिए। उजुरीपछि आयोगले बिक्री प्रक्रियाको सोधपुछ गरेको हो। जग्गा बिक्री वा हकवालालाई पासपारित गर्दा प्रमाणका लागि राखिएका वा संलग्न सम्पूर्ण कागज नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने प्रमुख निरौलाले जानकारी दिए। 

चिरकुको तेलिको नाममा २ बिघा ६ कठ्ठा जग्गा भएको मालपोतको रेकर्डमा देखिन्छ। २०४३ सालमा चिरकुको मृत्यु पश्यात लामो समय हकवाला नभएको उजुरी परेपछि रोकिएको जग्गा पछिल्लो समय जग्गा बिक्री भएपछि जग्गा बिक्री प्रक्रिया रहस्मय बन्दै गएको छ।  

आयोगमा गरिएको उजुरीमा अपुतालीको जग्गा नक्कली हकवाला कायम गरेर खुलाएको छ। विपक्षीमा बढैयातालका गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायत पूर्व प्रजिअ, दलका नेता र मालपोत अधिकृत भिमबहादुर केसीको नाम खुलाएर मिलिमत्तो र किर्ते गरेको उजुरीमा दाबी गरेको छ। उजुरीमा गैरनागरिक चिरकुको कुनै पनि आफन्त नभएको व्यहोरा खुलाएको छ। चिरकुको नाममा भएको जग्गाा सोतह सरकारको नाममा पासपारित हुनु पर्ने ऐन मिचेर नक्कली हकवाला खडा गरेको उजुरीमा उल्लेख छ।  

२०६८ सालमा जिल्ला प्रशासन कार्यालयले मुद्दा फर्छ्याैट गर्दा हकवाला खुलाएर नियम अनुसार गर्न मालपोत कार्यालयलाई नामसारी गर्न आदेश दिएको छ। तर मालपोत कार्यालयले वडाको सिफारिस र प्रशासनले गरेको मुद्दा फर्छ्याैटको आधारमा हकवाला जैनव तेलीलाई नामसारी गरेको दाबी गर्दे आएको छ। हकवाला जैनव तेलीको नागरिकता प्रमाण पत्र नं. २२२२२ राखी किर्ते काम गरेको समेत उजुरीकर्ताले दाबी गरेका छन्। 

फर्जी तरिकाले सरकारी नाममा आउन पर्ने जग्गा व्यक्तिको नाममा गएको हुन सक्ने आशंका गरेका छन्। आयोगले तथ्यसत्य छानबिन गरेर सरकारको नाममा जग्गा फिर्ता गर्नुपर्ने स्थानीयको माग छ।
अर्को समाचार
हत्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग
२३ मंसिर २०७८
•
१ मिनेट पाठ
हत्या घटनाको सत्यतथ्य छानबिन गर्न युवासङ्घको माग
सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी ३३ वर्षीय राजन (राजु) श्रेष्ठको हत्या घटनालाई पारदर्शी र प्रभावकारी ढङ्गले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन युवासङ्घ नेपालले माग गरेको छ।




युवासङ्घ नेपाल भक्तपुर जिल्लाले मध्यपुरथिमिमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सङ्घका केन्द्रीय अध्यक्ष किरण पौडेलले विभत्स हत्याको अनुसन्धानलाई प्रहरीले औपचारिकता मात्रै दिन खोजे आन्दोलन चर्काउने बताए। ‘घटनामा अरु को–को संलग्न छन् त्यसको तथ्यरूपमा छानबिन गरी बाहिर ल्याउनुपर्छ’, अध्यक्ष पौडेलले भने।

युवासङ्घका जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको मङ्सिर २१ गते राति आफ्नै साथी सूर्यविनायक नगरपालिका–२ बालकोट निवासी २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ घर भई बालकोट बस्ने मजदुर ३० वर्षीय प्रेम विश्वकर्माले कुटपिट गरी हत्या गरेको अभियोगमा दुवै जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

पत्रकार सम्मेलनपछि युवासङ्घले हत्यारालाई कारबाहीको माग गर्दै मध्यपुरथिमि अरनिको राजमार्ग शङ्खधर चोकमा प्रदर्शन गरेर चक्काजामसमेत गरेको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस