माथिल्लो तामाकोसी जलविद्युत आयोजनाः विदेशी ठेकेदारका गाडी आफ्नो आदेश विना नछाड्न सिडिओको गोप्य सर्कुलर
०३ भदौ २०७८
•
४ मिनेट पाठ
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाः विदेशी ठेकेदारका गाडी आफ्नो आदेश विना नछाड्न सिडिओको गोप्य सर्कुलर
बिभिन्न समूहसहित स्थानीय प्रशासनकै अवरोधका कारण काम सकेर पनि दुई महिनादेखि फर्किन रोकिएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका विदेशी ठेकेदार कम्पनीका एउटा पनि गाडी आफ्नो आदेश विना नछाड्न जिल्ला प्रशासन कार्यालय दोलखाले आयोजनास्थलका चौकीहरुलाई गोप्य सर्कुलर पठाएको छ।  




जिल्ला स्थित उच्च सुरक्षा स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी घिमिरेले ‘प्रहरीको च्यानल’ भन्दा पनि आफूसंगको समन्वय र आफ्नो आदेश विना ठेकेदार कम्पनीका एउटा पनि गाडी बाहिर जान नदिन आयोजनास्थलका लामावगर प्रहरी चौकी र गोंगर प्रहरी चौकीलाई सर्कुलर पठाएका छन्।  

आयोजनामा काम गरिरहेका विदेशी ठेकेदार कम्पनीहरुका निजी गाडी, उपकरण तथा सरजाममा विभिन्न समूहको नाममा अवरोध भईरहेका बेला प्रमुख जिल्ला अधिकारी घिमिरेले समेत बिशेष चासो सहित सर्कुलर पठाएका हुन्। यसको पुष्टी गर्दै आयोजनाका एक उच्च अधिकारीले ‘सिडिओ’को आदेश विना गाडी निस्किन नदिने जवाफ चौकीहरुबाट पाएको बताएका छन्। ‘हाम्रा कर्मचारीले चौकीसंग समन्वय गर्दा सिडिओले मेरो आदेश विना केही नछाड्नु भनेर आदेश दिएको जवाफ आईरहेको छ’, ति अधिकारीले भने।  

दुई महिना अघि आयोजनाको काम सकाएर फर्किन खोजेको चिनिया ठेकेदार कम्पनी सिनो हाईड्रोलाई आफ्ना उपकरण, गाडी र सरजाम सहित फर्किन विभिन्न समूह साथै स्थानीय प्रशासनले समेत अवरोध पुर्‍याएको भन्दै गृह मन्त्रालयमा समेत उजुरी परेको छ। आयोजनास्थलमा चार ओटा विदेशी ठेकेदार कम्पनीले काम गरेका थिए।  

आयोजनास्थलको प्रहरी चौकीका एक प्रहरीले प्रमुख जिल्ला अधिकारीको आदेश विना गाडी नछाड्न निर्देशन आएको पुष्टी गरे। ‘सिडिओ साप को आदेश विना केही पनि बाहिर नपठाउनु भन्ने आदेश आएको छ’, उनले भने। दुई सातादेखि आयोजनास्थलमा रोकिएका ठेकेदार कम्पनीका दुई ओटा ट्रक सोमबार प्रमुख जिल्ला अधिकारीकै आदेशमा बाहिर पठाईएको उनले बताए।  

आयोजना सम्पन्न भएर ठेकेदार कम्पनी फर्किनै लाग्दा उसका निजी सम्पत्तीमा समेत सबैले आँखा लगाएर फर्किन अवरोध गरेकाले ठेकेदार कम्पनीले आयोजनालाई आफूलाई सुरक्षित रुपमा फर्किने वातावरण मिलाईदिन अन्यथा क्षतिपूर्ती दिनुपर्ने दबाब दिईरहेको आयोजनाका एक अधिकारीले बताए। ‘काम सकिएको ६ महिना भित्र ठेकेदार कम्पनीले आयोजनास्थल ‘क्लियर’ गरेर पहिला जस्तो थियो त्यस्तै बनाईदिनुपर्छ भन्ने सम्झौतमा उल्लेख छ’, उनले भने, ‘तर उ फर्किन नपाएकाले क्षतिपूर्ती दाबी गर्ने चेतावनी दिईरहेको छ।’  

आयोजनाका कवाडीलाई लिएर ठेकेदार कम्पनीसंग विभिन्न समूहका नाममा चर्को बार्गेनिङ चलिरहेको छ। ‘तामाकोसी आयोजनाको आफ्नै कवाडी लिलामको टेण्डर निकालेर बिक्री गरिन्छ, त्यता कसैको चासो छैन’, उनले भने, ‘तर असाध्यै धेरै सामान हुने ठेकेदार कम्पनीका सामान लिन पाईन्छ कि भनेर विभिन्न समूहका नाममा उसलाई बार्गेनिङ गरेर अवरोध पुर्‍याउन थालिएपछि गृह मन्त्रालयमा उजुरी दिएका हौं।’ ठेकेदारको सामान स्थानीय तहमा प्रक्रिया पुर्‍याएर उसले बिक्री गर्न सक्ने वा लैजान सक्ने सम्झौता रहेको ति अधिकारीले सुनाए।  

आयोजनामा ठेकेदार कम्पनीको सम्पती र आयोजनाको सामन प्रष्ट रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए। ‘आयोजनाको स्वामित्व रहने कवाडी छुट्टै छ, त्यसको प्रक्रिया आयोजनाले लिलामी निकालेर टेण्डर गर्छ’, उनले भने, ‘यहाँ ठेकेदार कम्पनीको आफ्नो सामान लैजान पाउनुपर्ने जो माग दाबी उसले गरेको छ, उसका सामान र निर्माण उपकरण साथै मेसिनहरु परामर्शदाताले चेकजाँच गरी उसको सिफारिसमा आयोजनाले पुनः प्रमाणित गरेर लैजाने अनुमति दिन्छ।’ त्यसका निम्ती आयोजनाले सबै प्रक्रिया पूरा गर्दै आएको उनले बताए।  

‘कुनै अवरोध छैन, जुन बेला भन्यो त्यही बेला सुरक्षा दिन्छौं’  

यता जिल्लाका प्रहरी प्रमुख डिएसपी भेषराज रिजालले जिल्ला प्रशासन कार्यालयले ठेकेदारको सामान लैजाने बिषयमा सहजताका लागी समन्वय गरिरहेको भएपनि प्रमुख जिल्ला अधिकारीले त्यसरी सर्कुलर नगरेको दाबी गरे।  

‘कुनै समस्या आउँदा प्रशासनले चासो त स्वभाविक दिई हाल्छ’, उनले भने। उनले आयोजना र त्यहाँ कार्यरत ठेकेदार कम्पनीहरुलाई सुरक्षा दिएर सल्टाउन खोज्दा प्रशासनलाई अस्वभाविक ‘ईन्ट्रेष्ट’मा मुछ्न खोजिएको भन्दै असन्तुष्टी व्यक्त गरे।  

यस अघि जिल्ला प्रशासन कार्यालयले तामाकोसी आयोजना भित्र कार्यरत चार ओटै विदेशी कम्पनीका उपकरण र सवारी साधन बाहिर लैजाने बिषयमा ४ घण्टासम्म सर्वपक्षीय बैठक गरी अन्तिममा कानुन र नियम बमोजिम पठाउन दिने भनेर निर्णय गरेको थियो।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
१ घण्टा अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५० मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस