फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट सुविधा दिने भएको छ । कोरोना भाइरबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाख रुपैयाँसम्मको क्रेडिट सुविधा दिने भएको हो ।
कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले समृद्धि फाइनान्ससँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । जसका लागि फेवाबजार र समृद्धी फाइनान्सबीच सम्झौता भएको उनले बताए ।
सम्झौता पत्रमा फेवाबजारको तर्फबाट यसका कार्यकारी निर्देशक सुजन आचार्य र समृद्धी फाइनान्सका तर्फबाट कर्जा विभाग प्रमुख सुभाष श्रेष्ठले हस्ताक्षर गरेका छन् । फेवाबजारका अनुसार क्रेडिट सुविधा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ । क्रेडिट सुविधा लिन क्रेडिट कार्डसमेत नचाहिने फेवाबजारका कार्यकारी निर्देशक आचार्यले स्पष्ट पारे ।
उनका अनुसार क्रेडिट सुविधा अन्तर्गत अर्डर भएको २ दिन भित्रमा सामान ग्राहकको घरमा पुग्ने छ भने त्यसरी लिइएको क्रेडिट सुविधा ३ वर्षसम्मका लागि हुनेछ । फेवाबजारले कोरोनाबाट अन्य क्षेत्रपनि प्रभावित भएकाले कर्मचारीहरुलाई पनि शिक्षक र विद्यार्थीलाई जस्तै क्रेडिट सुविधा दिने गरेको जनाएको छ ।
फेवाबजारको यो सुविधासँगै कोरोनाबाट प्रताडित शिक्षक र विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउँदै आएको जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमा समेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए ।
फेवाबजारले होम डेलिभरी सेवा कोरोना कहरका बाबजुद जारी राखेको छ । फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका खाद्यान्न, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ ।