सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाईयो
०१ भदौ २०७८
•
३ मिनेट पाठ
सवारी चालक अनुमतिपत्र परीक्षा खुकुलो बनाईयो
सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ। यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो। 




परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो। सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा.लोकनाथ भुषालले बताए। लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ। वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा.भुषालले बताए। 

कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ। कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने उनले बताए। नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ।

पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ। परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो।

उनले भने, 'लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको छ।' प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने मापदण्डमा व्यवस्था छ। प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता डा भुषालले बताए। 

पहेँलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने व्यवस्था छ। उनले भने, 'उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ।' भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा  हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ।

अरु देशमा ६०/७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५/३० प्रतिशतको हाराहारीमा मात्रै सहभागी पास भएको पाइन्छ। नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ। चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा भुषालले बताए। परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनले बताए।

दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ। चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ। उनले भने, 'कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ।' विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ। मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको थियो।

नयाँ प्रणालीअनुसार पास दर कम्तीमा ५० प्रतिशत पुग्ने अपेक्षा

अहिले पास दर कम हुँदा गैरकानूनी बाटोबाट अनुमतिपत्र लिन खोज्ने प्रवृत्ति रहेकामा त्यसलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। सेवाग्राहीले केही गरेर पास गर्न सकिएन भने अलिअलि खर्च गरेर भए पनि पास गरौँ भन्ने सोचाइमा विकल्प खोज्ने प्रवक्ता डा भुषालले बताए।  

त्यस्तै, पटकपटक एकै जना व्यक्ति परीक्षा दिन जानुपर्दा यातायात कार्यालयमा सधैँ भीड भइरहेको छ। पास हुने दर बढ्दा बजारमा सवारी चालकको कमी हुने छैन। एउटै सेवाग्राहीले उही सेवा सधैँ दिनुपर्दा कार्यालयलाई झन्झट भएको र सवारी साधन चलाउछु भन्नेले चलाउन नपाएको प्रवक्ता डा भुषालले बताए। उनले भने, 'सकेसम्म जोखिम नहुने गरी जनताको इच्छा पूरा गर्नु पनि राज्यको कर्तव्य हो।' यसअघि विभागले लिखित परीक्षामा सहभागी सेवाग्राहीले प्रयोगात्मक परीक्षामा एक पटक उत्तीर्ण नहुँदा अर्को दुई पटक सहभागी हुन पाउने व्यवस्था गरेको थियो। नयाँ मापदण्डमा पनि यसलाई निरन्तरता दिइएको छ। 
अर्को समाचार
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
१५ माघ २०८०
•
५ मिनेट पाठ
भ्रष्टाचार नियतले २८ हजार लाइसेन्स बिनाविवरण दर्ता
यातायात व्यवस्था विभागले अवैध ढंगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको मात्र देखिएको छैन, भविष्यमा कुनै पनि बेला जोकोहीका नाममा जारी हुन सक्ने गरी २८ हजार ४ थान लाइसेन्सको नम्बर मात्र इन्ट्री गरेको पाइएको छ।




अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कुनै नाम, थर, ठेगाना नखुलाई लाइसेन्सको नम्बर मात्रै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा इन्ट्री गरिएको पाइएको हो। लाइसेन्स वितरणमा भएको अनियमितताका विषयमा यतिखेर अख्तियारले छानबिन गरिरहेको छ।

२०७२ भदौदेखि २०८० भदौसम्मको विवरण छानबिन गर्दा २८ हजारभन्दा बढी लाइसेन्सको नम्बर मात्रै फेला परेको अख्तियार स्रोतले बताएको छ। सो अवधिमा महानिर्देशक भएका १० जनाको पालामा १२ हजारभन्दा बढी नम्बर इन्ट्री हुँदा निमित्तका पालामा झनै बढी संख्यामा नम्बर इन्ट्री भएको पाइएको छ।

१० जना महानिर्र्देशकका पालामा १२ हजार ३८९ थान लाइसेन्स विनाविवरण इन्ट्री गरिएको  थियो। साथै सोही अवधिमा महानिर्देशकहरू सरुवा भई गएको र अर्को आएर जिम्मेवारी नसम्हालेको अवस्थामा १५ हजार ६ सय १५ थान लाइसेन्सको नम्बर इन्ट्री भएको रहेछ,’ अख्तियार उच्च स्रोतले भन्यो। स्रोतका अनुसार यसरी सफ्टवेयरमा इन्ट्री भएको लाइसेन्स नम्बर जोकोहीको नाममा जारी  गर्न सकिन्छ ।

‘२०७२ भदौदेखि अहिलेसम्म यातायात कार्यालयमा जिम्मेवारी लिएका महानिर्देशकहरूको पालामा १२ हजार बढी वटा नम्बर मात्रै इन्ट्री भएको देखियो, त्यसबाहेक पनि १५ हजार बढी नम्बर इन्ट्री भएका छन्,’ अख्तियार स्रोतले भन्यो।

सोही विवरण विभागका उपसचिव मुकेश रेग्मीको प्रतिवेदनमा पनि उल्लेख छ। ‘हामीले तयार गरेको प्रतिवेदनमा पनि नम्बर मात्रै सफ्टवेयरमा इन्ट्री भएको विवरण राखेका थियौं,’ विभागका एक कर्मचारीले भने। ती कर्मचारीका अनुसार विभागले तयार पारेको प्रतिवेदन यतिबेला अख्तियारले छानबिनमा छ।

अख्तियारले अध्ययनका लागि विभागबाट प्रतिवेदनका अतिरिक्त अन्य कागजात मगाएको छ। नागरिक दैनिकलाई प्राप्त विवरणअनुसार चन्द्रमान श्रेष्ठ महानिर्देशक भएको बेला १० वटा नम्बर इन्ट्री भएको थियो। श्रेष्ठ २०७२ भदौ ७ देखि २०७३ फागुन २० सम्म यातायात व्यवस्था विभागको महानिर्देशक भएका थिए। त्यसपछि गएका रूपनारायण भट्टराईको कार्यकालमा ६८९ वटा नम्बर इन्ट्री भएका छन्। उनी २०७३ फागुन २१ बाट २०७५ जेठ ११ सम्म महानिर्देशकको जिम्मेवारीमा थिए।

२०७५ साउन १४ देखि २०७५ फागुन ११ सम्म विभागको जिम्मेवारी सम्हालेका लावण्य ढकालको पालामा ४०५ वटा नम्बर इन्ट्री भएका थिए। २०७५ फागुन २७ देखि २०७६ साउन २६ सम्म महानिर्देशक भएका कुमारप्रसाद घिमिरेको समयमा ३५५ वटा नम्बर इन्ट्री भएका थिए। २०७६ मंसिर ९ देखि २०७७ फागुन २० सम्म जिम्मेवारी सम्हालेका गोगनबहादुर हमालको कार्यकालमा १ हजार २५४ नम्बर इन्ट्री भएको देखिन्छ।

त्यसैगरी सबैभन्दा बढी ५ हजार ५५९ वटा नम्बरचाहिँ नवराज घिमिरे महानिर्देशक भएका बेला इन्ट्री भएको पाइएको छ। उनले २०७७ चैत २ देखि २०७९ असार १९ सम्म यातायात विभागको जिम्मेवारी सम्हालेका थिए। सुरेश राउत विभागको महानिर्देशक हुँदा १४३ वटा नम्बर इन्ट्री भएका थिए।

राउतले २०७९ असार २० देखि २०७९ भदौ १९ सम्म विभागको जिम्मेवारी लिएका थिए। त्यसैगरी टोकराज पाण्डेले जिम्मेवारी सम्हालेका बेला १ हजार ९०५ वटा नम्बर इन्ट्री भए। उनी २०७९ भदौ २० देखि २०७९ माघ २४ सम्म महानिर्देशकको जिम्मेवारीमा थिए।

यस्तै तुलसीनाथ गौतमले जिम्मेवारी सम्हालेको बेलामा १ हजार ९१६ नम्बर इन्ट्री भए। उनी ०७९ माघ २५ देखि २०७९ फागुन २४ सम्म मिहानिर्देशकको जम्मेवारीमा थिए। साथै नारायणप्रसाद भट्टराईले जिम्मेवारी लिएको बेलामा १५३ वटा नम्बर इन्ट्री भएका थिए। उनी २०७९ फागुन २६ देखि २०८० भदौ १० सम्म जिम्मेवारीमा थिए।

उनीहरूबाहेक निमित्तको जिम्मेवारीमा विभाग रहेको बेला १५ हजार ६१५ नम्बर इन्ट्री भएको अख्तियारको पछिल्लो छानबिनमा देखिएको स्रोतले जनाएको छ। यसरी इन्ट्री भएको लाइसेन्स भने अपराध कर्ममा समेत प्रयोग हुने गरेको बुझिएको छ।

‘नाम, थर, ठेगाना नखुलाई नम्बर मात्रै इन्ट्री भएका लाइसेन्स नम्बरहरू २ लाखदेखि ५ लाख रूपैयाँसम्म बिक्री हुने गरेका छन्,’ विभाग स्रोतले भन्यो। लाइसेन्स नभई दुर्घटनामा परेका, लामो समय विदेशमा अलपत्र परी नेपाल भित्रन कुनै न कुनै प्रमाण आवश्यक परेकालाई बिचौलियामार्फत लाइसेन्स बिक्री–वितरण गर्ने गरिएको स्रोतको दाबी छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले कसको पालामा के भयो भन्नेबारे सबै विवरण उल्लेख गरेको प्रतिवेदन नै अख्तियारमा दिइएकाले आफूलाई केही थाहा नभएको बताए। ‘हामीले छानबिन गरेर प्रतिवेदन उतै (अख्तियारमा) पठाएका छौं। सबै कुरा कण्ठ हुँदैन। त्यसकारण के–के थियो भन्नेबारे म केही बताउन सक्दिनँ,’ रिजालले भने।

विभागमा अझै पनि समस्या रहेको बताउँदै त्यसलाई सफा गर्न आफू लागिपरेको उनले बताए। ‘छानबिन यसै गरिएको होइन नतिजा आउन बाँकी छ। दोषीहरू कारबाहीको दायरामा आउँछन्। अहिले नै हतार नगरौं, काम हुँदैछ,’ रिजालले भने।

यसैगरी नक्कली र शंकास्पद सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सबैभन्दा बढी रूपनारायण भट्टराईको समयमा जारी भएको पाइएको छ। इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा शंकास्पद रूपमा भण्डारण भएका तथ्यांकहरूको छानबिन गर्न गठित समितिले यसको पुष्टि गरेको छ।

समितिले यस्ता लाइसेन्स जारी गर्ने १० पूर्वमहानिर्देशकको नामावलीसमेत आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। प्रतिवेदनअनुसार पूर्वमहानिर्देशक भट्टराईका पालामा नक्कली र शंकास्पद गरी ३१ हजार ६ सय ६२ वटा लाइसेन्स जारी भएको पाइएको हो। यसैगरी भट्टराईपछि यस्ता लाइसेन्स जारी गर्नेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः गोगनबहादुर हमाल र नमराज घिमिरे छन्। यी महानिर्देशकका पालामा क्रमशः १० हजार ५३५ र ८ हजार २०० लाइसेन्स जारी भएका छन्।

यसैगरी पूर्वमहानिर्देशक लावण्यकुमार ढकालको कार्यकालमा ७ हजार ३९४ र कुमारप्रसाद दाहालका पालामा ३ हजार ५४९ वटा शंकास्पद र नक्कली लाइसेन्स जारी भएका छन्।

यसैगरी पूर्वमहानिर्देशकहरू चन्द्रमान श्रेष्ठ, तुलसीनाथ गौतम, टोकराज पाण्डे, नारायणप्रसाद भट्टराई र सुरेश राउतको कार्यकालमा क्रमशः १४५९, ११३६, १०८४, ६९७ र ३५० वटा शंकास्पद तथा नक्कली लाइसेन्स जारी भएको पाइएको छ। यी सबै विवरणबारे अख्तियारको छानबिन जारी छ।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस