र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे
२९ साउन २०७८
•
३ मिनेट पाठ
र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे
सोमबारदेखि युएईबाट काठमाडौंसम्म उडान भरिरहेको एअर अरेबियाले बिहीबारबाट दुवैतर्फ यात्रु बोक्न थालेको छ। नेपालको विमानस्थलमा र्‍यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा एअर अरेबियाले सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्रै ओसारिरहेको थियो।  




साउदी अरेबियन वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै पहलमा अल्फा डाइग्नोस्टिक प्रालिसँग मिलेर त्रिभुवन विमानस्थलनजिकै कोरोनाको र्‍यापिड पिसिआर परीक्षणको व्यवस्था मिलाएर बिहीबारदेखि यात्रु लैजान थालेको हो। उक्त कम्पनीको उडान नम्बर जी९५३८ को जहाज बिहीबार राति ८ बजे एक सय ६७ नेपाली बोकेर सारजहाँ गएको छ। स्वास्थ्य मन्त्रालयबाट स्वीकृत अल्फा डाइग्नोस्टिकले विमानस्थलनजिकै ल्याब सञ्चालन गरी र्‍यापिड परीक्षण रिपोर्ट दिन थालेको छ। यसअघि एअर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीलेले विमानस्थल परिसरमै गरिएको  र्‍यापिड टेस्टलाई मात्र मान्यता दिने भन्दै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको परीक्षण रिपोर्टलाई मान्यता दिएको थिएन । विमानस्थल स्रोतका अनुसार गौशालास्थित पशुपति भिजन टावरमा ल्याब सञ्चालनमा ल्याएको अल्फाले २१ सय रूपैयाँ लिएर परीक्षण गरिरहेको छ। सारजहाँमा एअर अरेबियाको बेस भएकाले युएईले एअर अरेबियालाई विशेष उडान अनुमति दिएको विमानस्थल कार्यालयले जनाएको छ। तर नेपाल वायुसेवा निगम, हिमालय एअरलाइन्स र फ्लाई दुबईले भने अझै यात्रु बोक्न पाएका छैनन्। एअर अरेबियाले नेपालबाट सारजहाँ र अबुधाबी उडान भर्दै आएको छ।

स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ।  

एअर अरेबियालाई निजी ल्याबसँगको सहकार्यमा उडान अनुमति दिए पनि नेपाली विमान कम्पनीलाई सरकारी अस्पतालको परीक्षण रिपोर्टका आधारमा समेत यात्रु बोक्न नदिनुमा अन्य कारण हुन सक्ने स्रोतको दाबी छ। अन्यत्र सरकारी अस्पतालको रिपोर्टलाई बढी विश्वासिलो मान्ने गरिए पनि युएईको सिभिल एभिएसन अथोरिटीले नेपालका सरकारी अस्पताललाई विश्वास गर्न नसकेको देखिएको विमानस्थलका एकजना अधिकारीले बताए।

सोमबार सोही रिपोर्ट नहुँदा युएई उड्न विमानस्थल पुगेका डेढ सय नेपाली मध्यरातमा घर फर्कन बाध्य भएका थिए। विमानस्थलबाट फर्किनेमा अधिकांश दुबईबाट बिदामा आएका कामदार थिए।

विदेशी वायुसेवाले उडान युएई उडान सुरु गरे पनि निगम र हिमालय एअरलाइन्स भने युएई सरकारले कहिले साबिककै नियम लागू गर्ला र उडान सञ्चालन गरौंला भनेर पर्खिरहेका छन्। नाम गोप्य राख्ने सर्तमा विमानस्थल स्रोतले दिएको सूचना अनुसार \ र्‍यापिड पिसिआर टेस्ट मेसिन किन्न करोडभन्दा माथि खर्च हुने र केही समयपछि नै यो प्रावधान हटेको खण्डमा खर्च मात्रै हुने भन्दै विमान कम्पनीहरू पर्ख र हेरको स्थितिमा छन्। स्वदेशी विमान कम्पनीले भने स्वास्थ्य मन्त्रालयको समन्वयमा छलफल भइरहेको र चाँडै भारतबाट उक्त मेसिन ल्याउने प्रक्रिया सुरु हुने बताइरहेका छन्।

१० मिनेटमा एकजनाको रिपोर्ट स्क्यान क्षमता रहेको उक्त उपकरण हाल भारतमा प्रयोगमा छ। उक्त उपकरणको नेपाली मूल्य चारदेखि पाँच लाख रूपैयाँ पर्छ। परीक्षणका लागि एउटै विमान कम्पनीले २० वटा जति मेसिन जडान गर्नुपर्छ। युएईले सोमबारदेखि लागू हुने गरी आफ्नो मुलुक प्रवेश गर्ने नेपालीले ४८ घन्टाभित्र गरेको कोरोना भाइरसको पिसिआर नेगेटिभ र विमान चढ्नुअघिको चार घन्टाभित्र विमानस्थलमै गरेको र्‍यापिड पिसिआर टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेपछि हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सका जहाज उताका यात्रु लिन रित्तै युएई गइरहेका छन्।
अर्को समाचार
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
३२ मिनेट अघि
•
१ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्की। कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्। दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ।




सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ।

सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ। जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उनले बताए।

दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ। 'उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन्। त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ। भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ,' उनले भने। 

उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताए। दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ। 

किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखि दूधको मूल्य समायोजन हुन नसकेको बताए। उनका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ। 'दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ। हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ। यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन,' लामिछानेले भने। 

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताए। उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उनी बताउँछन्।

'किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ। उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ। किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?' अधिकारीको प्रश्न छ। रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस