एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै
२८ साउन २०७८
•
४ मिनेट पाठ
एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै
साउदी अरेबियाको वायुसेवा कम्पनी एअर अरेबियाले आफ्नै तजबिजमा नेपालको निजी अस्पतालसँगको सहकार्यमा विमानस्थलमै र्‍यापिड टेस्टको व्यवस्था गरेर दुबई उडान सुरु गरेको छ। संयुक्त राज्य इमिरेट्स (युएई) ले यही अगस्ट ७ देखि बोर्डिड पास लिनुअघि सबै यात्रुले विमानस्थलमा कोरोनाको र्‍यापिड टेस्ट गर्नुपर्ने नियम लागू गरेको थियो।




नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए। एअर अरेबियाले निजी अस्पतालसँग सहकार्य गरेर  र्‍यापिड टेस्टको व्यवस्था गरेपछि बिहीबारदेखि यात्रु उडाउने तयारी गरेको छ। तर नेपालबाट युएईमा उडान भर्दै आएका नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सले कुनै व्यवस्था गर्न सकेका छैनन्। एअर अरेबियाले नेपालबाट युएई अन्तर्गतको एउटा सहर सारजहाँ र राजधानी आबुधावी उडान भर्दै आएको छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीका अनुसार एअर अरेबियाले आफ्नै तजबिजमा विमानस्थलमै र्‍यापिड टेस्टको व्यवस्था गरेको हो। उक्त सेक्टरमा उड्ने अन्य विमान कम्पनीको हकमा भने कति मेसिन चाहिन्छ, कति लगानी लाग्छ, जनशक्ति लगायत विषयमा प्रक्रियागत रूपमा छलफल भइरहेको उनको भनाइ छ। पिसिआर परीक्षण जस्तै जुनसुकै सरकारी अस्पतालमा परिक्षण गर्दा नहुने भएकाले विमानस्थलमै कति संख्यामा मेसिन सञ्चालनमा ल्याउन सकिन्छ भन्नेबारे छलफल अघि बढेको उनले बताए।

दुबई जाने यात्रु उडाउन नसकेका दुई कम्पनीमध्ये एक नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले विमानस्थल, स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँग यस विषयमा छलफल भएको र चाँडै समस्याको समाधान खोजिने बताए। आजै (बुधबार) राति १०ः२० को उडानबाटै यात्रु उडाउने प्रयास भइरहेको समेत उनले जानकारी दिए।

हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले स्वास्थ्य मन्त्रालय, पर्यटन मन्त्रालय लगायत निकायले विमानस्थलमा र्‍यापिड टेस्टको सुविधा ल्याएपछि मात्रै हिमालयले सेवा सुरु गर्ने जानकारी दिए। ‘स्वास्थ्य मन्त्रालयबाट स्वीकृत प्राप्त संस्थाले अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट जारी गरेको परीक्षण रिपोर्ट खोेजेकाले सम्बन्धित निकायसँग सहकार्य भइरहेको छ,’ उनले भने, ‘हिमालयले उडान भर्ने १ सय ८० सिट क्षमताको विमानलाई पुग्ने गरी व्यवस्था भए मात्र उडान हुनेछ।विमान कम्पनीले यात्रु उडाउन नपाउनु आफैंमा समस्या भएको भन्दै उनले आर्थिक समस्या भोग्दै आएको विमानलाई एकोहोरो उडानमा अझै समस्या थपिएको गुनासो गरे। उनले चाँडै समस्याको समाधान हुने विश्वास पनि व्यक्त गरे।

एअर अरेबियाले टेस्टको व्यवस्था गरेपछि वैदेशिक रोजगारीबाट बिदामा आएका नेपाली कामदार काममा फर्किने बाटो खुलेको छ।र्‍यापिड टेस्टको व्यवस्था नहुँदा गत सोमबार दुईवटा वायुसेवा कम्पनीका एक सय ५० यात्रु मध्यरातमा विमानस्थलबाट फर्किन बाध्य भएका थिए। एअर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीलेले सोमबारदेखि लागू हुने गरी आफ्नो मुलुक प्रवेश गर्ने नेपालीले ४८ घन्टाभित्र गरेको कोरोना भाइरसको पिसिआर नेगेटिभ र विमान चढ्नुअघिको चार घन्टाभित्र विमानस्थलमै गरिएको र्‍यापिड टेस्टको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्ने नियम लागू गरेको छ। यसको अभावमा वायुसेवा कम्पनीहरू उड्न भनेर आएका यात्रुलाई मध्यरातमा फर्काउन बाध्य भएका थिए। यात्रु उडाउन नपाएपछि सोमबार राति हिमालय एअरलाइन्स र नेपाल वायुसेवा निगमका जहाज रित्तै उताका यात्रु लिन दुबई गएका थिए।  

हवाई भाडा बढाए

नेपालबाट यात्रु बोक्न नपाएपछि एकतर्फी उडान भर्दै आएका वायुसेवा कम्पनीले भाडा बढाएको यात्रुले गुनासो गरेका छन्। पहिले सरदर १७ देखि २० हजार रूपैयाँसम्म लिने उक्त सेक्टरमा अहिले ३५ हजार रूपैयाँसम्म भाडा लिन थालेको यात्रुको आरोप छ। पहिले नै टिकट काटिसकेको यात्रुको हकमा भने पुरानै मूल्य कायम छ।

यता सरकारले वैदेशिक रोजगारीका लागि युएई जाने नेपालीले विमानस्थलमा गर्नुपर्ने र्‍यापिड टेस्टको व्यवस्थामा ध्यान नदिँदा उक्त गन्तव्यमा उडान भर्ने नेपाली कामदारले सास्ती बेहोर्नुपरेको छ।विमान कम्पनीहरूले सोमबार र मंगलबार केही यात्रुलाई होटलमा लगेर राखे पनि उडान सेवा सुनिश्चित नभएको भन्दै घर फकाइसकेका छन्। स्रोतका अनुसार नेपाल वायुसेवा निगमले ४५ र हिमालय एअरलाइन्सले ५३ यात्रुलाई दुई दिनसम्म होटल राखेका छन्।

टिकट लिएर उड्न नपाएका यात्रुलाई सरकारले एन्टिजेन परीक्षणको व्यवस्था गरेपछिको पहिलो उडानमा प्राथमिकता दिने भन्दै ती यात्रुलाई घर फर्काएका हुन्। हाल निगमले सातामा दुई र हिमालयले सातामा तीनवटा काठमाडौं–दुबई–काठमाडौं उडान गर्दै आएका छन्।

निगमले विमानस्थलमा कम्तीमा पनि १० वटा र्‍यापिड पिसिआर टेस्ट मेसिन आवश्यक पर्ने दाबी गरेको छ। घर बिदामा आएका कामदार बेलैमा फर्किन नपाएपछि आक्रोशित भएका छन्। उनीहरूले तुरुन्तै विमानस्थलमा र्‍यापिड परीक्षण गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

युएईले पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्थान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ। नयाँ नियम यी मुलुकबाट आउने व्यक्तिका लागि हो। कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागू गरेका नियमबाट वैदेशिक रोजगारीमा जानेलाई समस्या भएको छ। 
अर्को समाचार
वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ। हवाई क्षेत्रको नियामक निकाय क्यानले राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगमको कार्यसम्पादनमा कमजोरी औंल्याउँदै स्पष्टीकरण सोधेको हो।




निगमको आन्तरिक अडिट कमजोर रहेको उल्लेख गर्दै क्यानले युरोपेली युनियन (ईयु) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका समस्या हटाउन निगमले गरिरहेको कामबारे स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

सात दिनको समय राखेर स्पष्टीकरण सोधेका बताउँदै उपमहानिर्देशक निरौलाले चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुने बताए। यस्तै क्यानले निगमको ए ३२० जहाजको इन्जिन पटक–पटक बिग्रिने र समयमै इन्जिन प्राप्तिको योजना बनाउन नसकेको बारेमा पनि प्रश्न उठाएको छ।

पाँच वर्षदेखि ट्विनअटर जहाज ‘नाइन एन–एबिएक्स’ मर्मत नगरेको जनाउँदै त्यसलाई थन्क्याइएको बारेमा समेत स्पष्टीकरण सोधेको छ। साथै ट्विनअटर जहाजमा भीएचएफ जडान नगरिएको र लेखा परीक्षणबाट देखिएका कमजोरी सुधारको कार्ययोजना पेस गर्न नसकेको विषय समेत समेटिएको छ।

यसैक्रममा अव्यवस्थित ह्यांगर व्यवस्थापनबारे पनि क्यानले निगमसँग स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदाधिकारीहरू जहाजका पार्टपुर्जा र उपकरण खरिदमा केन्द्रित हुने तर आफ्नो दायित्व तथा कर्तव्य पालनामा ध्यान नदिएको प्राधिकरणले जनाएको छ। 

उपमहानिर्देशक निरौलाका अनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको जनाउँदै निगमले हवाई उडान सुरक्षामा हेलचेक्र्याइँ गरेको पाइएको बताए। उनले अब चित्तबुझ्दो जवाफ नआए ‘नागरिक उड्डयन नियमावली २०५८’ अनुसार कारबाही हुने बताए।

यस्तै निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएकोमा पनि प्रधिकरणको असन्तुष्टि छ। प्राधिकरणले ‘कन्टिनुइङ एयर वर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारेमासमेत प्रश्न गरेको छ। तोकिएको समयमा अनिवार्य मर्मत गरिनुपर्ने जहाज नगरिएको र बारम्बार यस्ता समस्या दोहोरिएको भनेर निगमले प्राधिकरणसँग स्पष्टीकरण सोधेको छ।

यस्तै उडान सुरक्षामा देखिएका कमजोरी, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने, निगमको मेन्टिनेन्स संगठन कमजोर देखिएको, इन्जिन प्राप्त गर्ने उचित योजनाविना नै जहाज इजरायलमा राखिएकालगायतका २७ बुँदे स्पष्टीकरण निगमलाई प्राधिकरणले सोधेको छ। क्यानले निगमलाई सात दिनभित्र जवाफ फर्काउने गरी उक्त स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले वायुसेवा कम्पनीका कार्यकारी प्रमुखलाई एकाउन्टेवल म्यानेजरको जिम्मेवारी तोक्ने गरेको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा राष्ट्रिय ध्वजाबाहक कम्पनीको हवाई उडान कमजोरी भएको प्राधिकरणको बुझाइ छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस