काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी
२० साउन २०७८
•
३ मिनेट पाठ
काठमाडौं–रक्सौल रेलमार्ग अध्ययनः मन्त्री नियुक्तिपछि समझदारी
सरकार फेरिएसँगै काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर रोकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले समयमै भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त गर्न नसक्दा समझदारीपत्रमा हस्ताक्षर पछि धकेलिएको हो। अघिल्लो मन्त्रिपरिषद्को गत फागुन २५ गते सम्पन्न बैठकले काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्ग निर्माणको आवश्यक काम अघि बढाउन नेपाल र भारत सरकारबीच हुने समझदारीपत्र स्वीकृत गरिसकेको छ।  




उक्त बैठकले काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको थियो। रेल विभागका महानिर्देशक दिपक भट्टराईले विभागीय मन्त्री नहुँदा हस्ताक्षर हुन नसकेको बताए। ‘सरकार परिर्वतन भएसँगै विस्तृत सम्भाव्यता अध्ययनको समझदारीपत्रमा हस्ताक्षर रोकियो,’ उनले भने, ‘विभागीय मन्त्री आएसँगै हस्ताक्षर गर्ने तयारी गरेका छौं । केही समयभित्रै विभागीय मन्त्री आउने आशा गरेका छौं।’  

उनले विभागको तर्फबाट आवश्यक तयारी भइरहेको बताए। सरकारले गत आर्थिक वर्षमा रेल मेट्रो, तथा मोनोरेल विकास आयोजनाको लागि ८ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। आर्थिक वर्षको ११ महिनासम्म तीन अर्ब ७५ करोड रुपैयाँ बजेट खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिमा ४२.१३ प्रतिशत मात्रै बजेट खर्च भएको हो।  

काठमाडौं–रक्सौल रेलमार्गको औसत दुरी १३६ किलोमिटरको हुने प्रारम्भिक अध्ययनले देखाएको छ। उक्त रेलमार्ग वीरगन्जको सुक्खा बन्दरगाहबाट सुरु भएर जितपुर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, चण्डिका पुल, सिस्नेखोला हुँदै चोभारमा आएर टुंगिनेछ । रेल विभागले यो खण्डमा पहाडै पहाड र नदीनाला भएकाले विस्तृत सम्भाव्यता अध्ययन गर्न एकदेखि डेढ वर्ष लाग्ने अनुमान गरेको छ। विभागका अनुसार यो खण्डमा ४२ किलोमिटर सुरुङमार्ग र ४० देखि ४५ वटा ठूला पुल निर्माण गर्नुपर्छ। अहिले भारतीय रेल अहिले वीरगन्जको सुक्खा बन्दरगाहसम्म आउँछ। भारत सरकारले काठमाडौं–रक्सौल रेलमार्गको डिपिआर खर्च समेत आफैंले बेहार्ने जनाएको छ । विभागका अनुसार यो रेलमार्गको डिपिआर तयार गर्न ७० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

चीन पनि रेलमार्ग बनाउन इच्छुक

केरुङ–रसुवा–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको लागि सरकारले चीन सरकारलाई अनुरोध गर्दै आएको छ। कोभिड–१९ को कारण यो रेलमार्गको डिपिआर अध्ययन हुन सकेको छैन। विभागका महानिर्देशक भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं–रसुवा रेलमार्गको डिपिआर अध्ययन गर्न चीन सरकारलाई अनुरोध गरिरहेको बताए। ‘मन्त्रालयले केही समयअघि पनि यस विषयमा पत्राचार गरिसकेको छ,’ उनले भने, ‘कोभिड–१९ का कारण चिनियाँ अधिकारीहरू अध्ययनका लागि आउन सकेका छैनन्। ’काठमाडौं–रसुवा रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ। अधिंकाश भू–भाग पहाडी भएकाले सुरुङमार्ग पनि बनाउनुपर्ने विज्ञ बताउँछन्।  

चालु आवमा आधा दर्जन रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सरकारले चालु आर्थिक वर्षको बजेटमा आधा दर्जनभन्दा धेरै स्थानमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने भन्दै रकम छुट्ट्याएको छ। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमा रणनीतिक हिसाबले महत्वपूर्ण मानिएका उत्तरी र दक्षिणी छिमेकी मुलुक जोड्ने रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने उल्लेख छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा रक्सौल–काठमाडौं तथा केरुङ–काडमाडौं–पोखरा रेलमार्गको डिपिआर तयार पार्ने घोषणा गरेको छ। सरकारले आगामी आर्थिक वर्षमा रेलमार्ग निर्माण, डिपिआर र सम्भाव्यता अध्ययनको लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 
अर्को समाचार
भाषण सुन्ने मान्छे नभएपछि देउवा भन्छन्: कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्छ
२६ माघ २०८०
•
१ मिनेट पाठ
भाषण सुन्ने मान्छे नभएपछि देउवा भन्छन्: कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्छ
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।




शुक्रवार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए। उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय उनले व्यक्त गरे। उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए। उहाँले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ। एक जना बसेको हुन्छ। अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो। माइक मैले दिएको हो भन्ने बेला छ। एउटा कुरा सबैलाई चित्त दुखेछ सरोज बाँगेलाई टिकट दिएन भनेर क्या। यहाँ राष्ट्रिय सभामा। अब टिकट पायो भने जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पाउनुभयो र जिताउनु होला नि फेरि है। अब उहाँले टिकट पायो भने हराउनु भयो भने। हराउनु भयो भने नि? राष्ट्रिय सभा किन प्रत्यक्षमै जिताउन लाग्नुस् न। अब जिताउन लाग्नुस् न। जिताउन सकिँदैन भनेर राष्ट्रिय सभा भनेको जस्तो छ है विचार गर्नुस् । जिताएर छोड्नुस्।’
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस