ताप्लेजुङबाट आर्थिक वर्ष २०७७/०७८ मा साढे ५४ करोड बढी रकम फ्रिज (खर्च हुन नसकी सरकारको केन्द्रीय खातामा फिर्ता) भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल दुर्गाप्रसाद थापाका अनुसार ५४ करोड ४९ लाख ७८ हजार ४ सय ८३ रुपैयाँ फ्रिज भएको छ। उनका अनुसार सबैभन्दा धेरै पुँजीगततर्फ फ्रिज भएको छ।
पुँजीगततर्फ ३१ करोड ८८ लाख ५ हजार ४ सय ६० रुपैयाँ फ्रिज भएको छ। यो मध्ये संघतर्फ १७ करोड १५ लाख ९१ हजार ४२ रुपैयाँ तथा प्रदेशतर्फ १४ करोड ७२ लाख १४ हजार ४ सय १७ रुपैयाँ फ्रिज भएको छ। पुँजीगततर्फ प्रदेशको बजेटको आधा भन्दा कम (४८.६५ प्रतिशत )मात्र खर्च भएको छ।
२८ करोड ६६ लाख ६१ हजार रुपैयाँ बजेट रहेकोमा १३ करोड ९४ लाख ४६ हजार ५ सय ८२ रुपैयाँ मात्र खर्च भएको कोलेनिकाले जनाएको छ। संघतर्फ भने पुँजीगत बजेट करिव ७६ प्रतिशत खर्च भएको छ। संघको पुँजीगततर्फ ६८ करोड ८८ लाख ७० हजार रुपैयाँ कूल बजेट रहेकोमा ५१ करोड ७२ लाख ७८ हजार ९ सय ५८ रुपैयाँ मात्र खर्च भएको छ।
यस्तै चालूतर्फ संघ र प्रदेश गरी कूल २२ करोड ६१ लाख ७३ हजार २४ रुपैयाँ बजेट फ्रिज भएको छ। चालूतर्फ संघीय बजेट १४ करोड ९१ लाख २३ हजार ८ सय ५४ रुपैयाँ र प्रदेशको बजेट ७ करोड ७० लाख ४९ हजार १ सय ७० रुपैयाँ बजेट फ्रिज भएको छ। चालूमा संघतर्फ ९६.३१ प्रतिशत र प्रदेशतर्फ ७८.१२ प्रतिशत बजेट खर्च भएको पाइएको छ। संघीय बजेटको चालुतर्फ ४ अर्ब ८ करोड ९४ लाख ७ हजार ८० रुपैयाँको बजेट रहेकोमा ३ अर्ब ८९ करोड १८ लाख २३ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ।
यस्तै प्रदेशतर्फ ३५ करोड २१ लाख ५७ हजार बजेट रहेकोमा २७ करोड ५१ लाख ७ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको कोलेनिकाले जनाएको छ।