क्षतिग्रस्त मेलम्ची आयोजना : दुई महिनापछि मात्र काम सुरु हुने
०८ साउन २०७८
•
६ मिनेट पाठ
क्षतिग्रस्त मेलम्ची आयोजना : दुई महिनापछि मात्र काम सुरु हुने
सरकारले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको काम दुई महिनापछि सुरु गर्ने कार्ययोजना तयार परेको छ।




मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त पहुँचमार्ग तयार भएको खण्डमा असोज दोस्रो सातादेखि मेलम्चीको हेडवक्र्स क्षेत्रमा ढुंगा, गिट्टी, बालुवा माटो लगायत गेग्रान हटाउने काम सुरु गर्ने तयारी गरेको छ। अहिले मेलम्ची नदीको बहावमा कमी नआएको र आयोजनाको हेडवक्र्स अम्बाथानसम्म जाने पहुँचमार्ग समेत नहुँदा यो आयोजनाको भविष्य नै अन्योलमा धकेलिएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल पूर्ण रूपमा क्षतिग्रस्त बनाएकाले पहुँचमार्ग निर्माण नगरेसम्म हेडवक्र्स पुग्नै नसकिने बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको आठ किलोमिटर पहुँचमार्ग क्षतविक्षत बनाएको छ,’ उनले भने, ‘अहिले हेलिकप्टर चढेर वा आठ किलोमिटर हिँडेर मात्रै आयोजनामा पुग्न सक्ने अवस्था छ । मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रको काम गर्नको लागि सुरुआती चरणमा आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल तयार पार्नुपर्ने अवस्था छ।’  

कार्यकारी निर्देशक श्रेष्ठले सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर आयोजनाको एकीकृत कार्ययोजना बनाएर तत्कालै काम सुरुआत गर्नुपर्ने आवश्यकता देख्छन्। ‘अहिले मेलम्ची आयोजनामा देखिएको समस्या एउटा निकायले मात्रै समाधान गर्न खोज्दा धेरै समय लाग्न सक्छ। त्यसैले सरकारले विभिन्न सरकारी निकायलाई छुट्टाछुट्टै जिम्मेवारी दिएर राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘सबै निकाय मिलेर अघि बढ्ने हो भने आगामी माघसम्म मेलम्चीको पानी उपत्यकामा खसाल्न सकिन्छ होला।’  

समितिले तयार पारेको कार्ययोजनामा असोजको पहिलो साताबाट पहुँचमार्गको काम सुरु गर्ने उल्लेख छ। समितिले असोजको दोस्रो साताबाट हेडवक्र्स क्षेत्रको ढुंगा, गिट्टी, बालुवा र माटो हटाउन थाल्नेछ। मेलम्ची नदीमा गत जेठ मसान्तमा बाढीपहिरोसँगै आएको बालुवा, गिट्टीसहितको ग्रेगानको कारणले हेडवक्र्समा रहेका संरचनाहरू करिब १५ मिटरभन्दा धेरै पुरिएको छ। मेलम्ची आयोजनाको पहुँचमार्गमा रहेका दुई र हेडवक्र्ससँगै रहेका तीन गरी पाँचवटा पुलमा क्षति पुगेको छ। मेलम्ची नदीको पानी पथान्तरणको लागि प्रयोग गरिएको अस्थायी बाँधसमेत बाढीपहिरोबाट पूर्ण रूपमा क्षति भएको छ।

आयोजनाको हेडवक्र्समा रहेको अस्थायी बाँधदेखि अम्बाथान पोर्टलसम्मको करिब दुई किलोमिटर नदी खण्डमा १० मिटरभन्दा धेरै क्षेत्रफल ढुंगा, गिट्टी तथा ग्रेगानले भरिएको छ। अम्बाथान पोर्टलदेखि तल मेलम्ची बजारसम्मको भागमा ढुंगा, गिट्टी, बालुवा र माटो थुप्रिएको छ। समितिले आगामी कात्तिक दोस्रो सातादेखि अम्बाथान पोर्टल खुला गरी टनेल डिवाटरिङ गर्ने कार्ययोजना तयार पारेको छ। त्यसैगरी, पुस दोस्रो सातासम्म बाढीपहिरोले क्षतिग्रस्त अस्थायी बाँध पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ । समितिले सोचेअनुसार काम भएको खण्डमा अस्थायी बाँधबाट आगामी माघमा मेलम्चीको सुरुङमा पानी पथान्तरण गर्ने कार्यतालिका छ। त्यसको १५ दिनपछि पानी उपत्यका खसाल्न सकिनेछ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठ बाढीपहिरोबाट क्षतिग्रस्त भएको आयोजना एउटा निकायको पहलकदमीले मात्रै तत्कालै सञ्चालनमा ल्याउन नसकिने बताउँछन्। ‘अन्तरसरकारी निकायबीच समन्वय भएको खण्डमा मेलम्ची नदीको पानी छिट्टै उपत्यकाबासीको धारामा ल्याउन सकिन्छ,’ उनले भने। बाढीपहिरोले भत्किएको आठ किलोमिटर पहुँचमार्ग र पाँचवटा पुल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले निर्माण गर्नुपर्नेछ। मेलम्ची नदी नियन्त्रण तथा रोकथामको काम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र सिँचाई विभागले गरेको खण्डमा आयोजनालाई सहज हुनेछ। बाढीप्रभावित आयोजना क्षेत्रमा वर्षा मापन केन्द्र, पूर्वसूचना प्रणाली स्थापना जल तथा मौसम विज्ञान विभागले गरिदिएको खण्डमा आयोजनाको कामले गति लिन सक्ने समितिले जनायो। मेलम्चीको क्षतिग्रस्त वस्तीमा खानेपानी सुविधा पु¥याउने काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्नेछ।

पुनःस्थापनाको लागि एक अर्ब ८८ करोड आवश्यक  

मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोले क्षतिग्रस्त आयोजना पुनस्र्थापनाको लागि एक अर्ब ८८ करोड रूपैयाँ बजेट आवश्यक पर्ने जनाएको छ। कार्यकारी निर्देशक श्रेष्ठले बाढीपहिरोेले क्षतिगस्त संरचना पुनः निर्माणको लागि एक अर्ब ८८ करोडमध्ये तत्कालै पहुँचमार्ग निर्माणको लागि ५० करोड रूपैयाँ आवश्यक पर्ने बताए। 

आयोजनाले बाढीको कारणले क्षति पुगको स्थानीय तहलाई राहतस्वरूप हेलम्बु गाउँपालिका र पाँचखाल थाङ्पाल गाउँपालिकालाई एक करोड ५० लाखको दरले राहत रकम उपलब्ध गराएको छ। त्यसैगरी, मेलम्ची नगरपालिकालाई ५० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । आयोजनाले ह्याल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रमबाट हेलम्बु गाउँपालिकालाई एक करोड ५० लाख र मेलम्ची नगरपालिकालाई थप ८६ लाख रूपैयाँ सहयोग गरेको छ। स्थानीय तहको समन्वयमा पहुँचमार्ग खोल्ने काम भइरहेको छ। बाढीको कारणबारे अध्ययन समेत गर्ने तयारी छ । रिभर रिस्टोरेसन एवं संरचना पुनर्निर्माणको लागि विस्तृत सर्वेक्षण कार्य भइरहेको छ।

यस्तो छ क्षति

भीषण बाढीपहिरोले मेलम्ची आयोजनामा कार्यरत चार कामदारको ज्यान लियो, त्यत्तिकै संख्यामा बेपत्ता बनाएको छ। बाढीपहिरोले मेलम्ची बजारदेखि अम्बाथान हेडवक्र्ससम्मको २१ किलोमिटर सडकमध्ये ८ किलोमिटर तहसनहस बनाएको छ। मेलम्ची बजारदेखि मेलम्ची आयोजनाको दोस्रो खण्डमा निर्माण गरिने भनिएको यांग्रीतर्फको ६ किलोमिटर सडक पनि ध्वस्त भएको छ। आयोजनाका अनुसार बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवक्र्स क्षेत्रमा रहेका स्थायी संरचनामा पनि ठूलो क्षति पुर्‍याएको छ। 

बाढीपहिरोसँगै आएको बालुवा, गिट्टीसहितको ग्रेगानले हेडवक्र्समा रहेका संरचनाहरू करिब १५ मिटरभन्दा धेरै पुरिएका छन्। ‘यस क्षेत्रमा जम्मा भएका ढुंगा, गिट्टी, बालुवा र माटो सफा नभएसम्म वास्तविक क्षति यकिन गर्न सकिने अवस्था छैन,’ कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘अहिले करिब आठ किलोमिटर हिँडेर आयोजनासम्म पुग्न सकिएको छ।’ अब सैनिक हेलिकप्टरको सहायता लिएरै भए पनि एस्काभेटर लगेर आवश्यक काम सुरु गर्ने कि भन्ने सोचमा पुगेको उनले जानकारी दिए। मेलम्ची नदीमा पानीको बहाव कम नभएकाले अझै पनि आयोजनाका संरचना कटान हुने क्रम रोकिएको छैन। हेडवक्र्स क्षेत्रमा अझै पनि लेदो थुप्रिने क्रम जारी छ।

सरकारले निर्देशन दिए सडक र पुल बनाउन तयार छौं : सडक विभाग

सडक विभागका उपमहानिर्देशक शिव नेपाल मेलम्ची पुल बजारदेखि अम्बाथानसम्मको सडक तथा पुल निर्माणको लागि सरकारबाट कुनै पनि निर्देशन नआएको बताउँछन्। ‘बाढीपहिरोले मेलम्चीको पुलबजारदेखि मेलम्ची आयोजनाको मुख्य हेडवक्र्स क्षेत्रसम्म सडक तथा पुल भत्किएर ठूलो क्षति भएको छ,’ उनले भने,‘पाँचखालदेखि मेलम्ची बजारसम्मको सडक मर्मतसम्भारको जिम्मेवारी सडक विभाग मातहत पर्छ। तर मेलम्ची पुल बजारदेखि अम्बाथानसम्मको सडक विभाग मातहत पर्दैन। त्यसैले यो आवमा विभागसँग कुनै पनि कार्यक्रम, बजेट र योजना नभएकाले कुनै योजना बनेको छैन।’ उपमहानिर्देशक नेपालले सरकारबाट निर्देशन आएको खण्डमा आफूहरू योजना तथा कार्यक्रम अघि बढाउन तयार रहेको बताए। 
अर्को समाचार
मेलम्ची बाढी: प्रभावित अझै अस्थायी टहरामै
०१ असार २०८०
•
४ मिनेट पाठ
मेलम्ची बाढी: प्रभावित अझै अस्थायी टहरामै
विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित भए।




बाढीले क्षति पुर्‍याएको दुई वर्ष बिते पनि प्रभावित अस्थायी टहरामै बसिरहेका छन्। उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन्। मेलम्ची बाढीले घरखेत बगाएर बेसहारा बनेकी हेलम्बु-२ च्युरीखर्ककी जुकमाया थापामगरका आँखा अझै ओभाएका छैनन्। बाढीले उनको घरसहित भएको थोरै जमिनसमेत बगर बनेपछि सुकुम्बासी बनेकी छिन्। सरकारले घर बनाइदिने भनेको दुई वर्ष बितिसक्दासमेत अस्थायी टहरामै बस्न बाध्य उनलाई दैनिक गुजारा चलाउनसमेत धौधौ परेको छ।

हेलम्बुकै डेलिङ थापा वृद्ध दम्पती दुई वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाच्नै गाह्रो भएको बताउँछन्। बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन्।

विसं २०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको आज दुई वर्ष पूरा भएको छ। असार १ र त्यसपछिका पटकपटकका बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो। नदी तटीय क्षेत्रका सयौं घर र खेतीयोग्य जमिन बगर बने भने हजारौं नागरिक विस्थापित भए।
नदी तटीय क्षेत्रका बासिन्दाको कथा पनि उस्तै छ। नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्ची सिमखेतकी शान्ता चालिसेले गुनासो गरिन्। उनले बाढी आउँदा बालबच्चा बोकेर माथितिर भाग्नुपरेको दुखेसो सुनाइन्।

बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्। मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ७१ लाभग्राहीमध्ये दुई सय ४५ जनाले पहिलो, २८ जनाले दोस्रो र एकजनाले मात्र अन्तिम किस्ता पाएका छन्।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामा समेत एक सय ७९ जना लाभग्राहीमध्ये जम्मा २६ जनाले मात्र पहिलो किस्ता लिएका छन्। जिल्लामा बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपबाट प्रभावित बनेका एक हजार पाँच सय ७९ लाभग्राहीमध्ये हालसम्म सात सय ७६ जनाले पहिलो, ६८ जनाले दोस्रो र मात्र सात जनाले अन्तिम किस्ताबापत्को रकम पाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

बाढीका कारण विस्थापित भएका स्थानीयको स्थायी आवास पुनःनिर्माण प्रक्रियामा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबीच आपसी तालमेल नहुँदा निर्माण कार्य सुस्त बनेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पा बताउँछन्।

बाढीका कारण हेलम्बु गाउँपालिकामा मात्रै तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म दुई सय ७५ जनाले मात्र पहिलो किस्ता पाएका छन्।
उनले गाउँपालिकाले हाल्नुपर्ने १० प्रतिशत रकम खातामा जम्मा गरिसकेको बताए। घर बनाउन दिने पाँच लाख रुपैयाँ  कम भएका कारण स्थानीयले घर बनाउन आँट गर्न नसकेको शेर्पाले बताए। पाँच लाख रुपैयाँ घर बनाउन अपुग भएको छ।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ। यस्ता प्राकृतिक विपद्को पूर्वसूचनाले ठूलो क्षति हुनबाट रोक्न सकिने अनुभव मेलम्ची बाढीले सिकाएकाले सोको पूर्वतयारी अवस्थामा राखिएको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालको भनाइ छ। उनले पूर्वसूचना प्रणाली जडान, वडास्तरीय विपद् समितिलाई तालिम दिइएको तथा उद्धार अभ्यास पनि गरिएको, वर्षा मापन केन्द्र स्थापना गरिएको बताए।

२०७८ साल असार १ गतेको बाढीले हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो। पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २६ जनाको ज्यान गएको थियो।

प्राकृतिक विपद्का हिसाबले देशकै उच्च जोखिममा रहेको यस जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद्मा पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवं सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ।
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ  पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए। हेलम्बुको चनौटेमा बेलीबृज जडान भइसकेको छ भने मेलम्ची नदीमा जडान गर्न थालिएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। 
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ८ सेकेन्ड अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस