असार मसान्तसँगै गाउँपालिका सुनसान
०७ साउन २०७८
•
२ मिनेट पाठ
असार मसान्तसँगै गाउँपालिका सुनसान
सुनसान बनेको बडिकेदार गाउँपालिका । तस्बिरः पुष्पराज/नागरिक
असार पहिलो सातादेखि चहलपहल रहेको डोटीको बडिकेदार गाउँपालिका असार मसान्तमै सुनसान बनेको छ। साउन १ गतेदेखि बडिकेदार गाउँपालिकामा जनप्रतिनिधिदेखि कर्मचारीसम्म घर बिदामा हिँडेका छन्।  




साउन १ गतेदेखि गाउँपालिका सुनसान बनेको छ। गाउँपालिकामा एक हप्तादेखि अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, प्रशासन अधिकृत, लेखापाल, प्राविधिक, सूचना अधिकृत लगायतका १४ जना कर्मचारी कार्यालय छोडेर बाहिर गएका छन्। ‘एक हप्तादेखि न त जनप्रतिनिधि छन्, न त कर्मचारीहरु नै,’ स्थानीय रतन बोहराले भने,‘कार्यालयमा आउँदा कोही पनि कर्मचारी भेटिएनन्।’  

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्द र उपाध्यक्ष इन्द्रा बोहरा भाट धनगढीमा छन्। जनप्रतिनिधिहरु गाउँपालिकामा नभएपछि त्यहाँका कर्मचारीहरु पनि बेपत्ता भएका छन्। अहिले गाउँपालिकाको कार्यालय तीन जना कर्मचारीले चलाइरहेका छन्। गाउँपालिकाका अहिले शिक्षा अधिकृत विवेक देउवा, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाही र स्वास्थ्य शाखा उप प्रमुख खड्कबहादुर धामीले कार्यालय खोलेर सञ्चाल गरिरहेका छन्। 

प्रमुख प्रशासकीय अधिकृत महेशदत्त भट्ट साउन १ गते नै आफ्नो घर अत्तरिया गइसकेका छन्। उनी साउन ७ गतेसम्म पनि काममा फर्केका छैनन्। यस्तै योजना अधिकृत चित्रराज जोशी कैलालीको गौरीगंगा, प्रशासन अधिकृत पाँचौं दीपकराज जैसी धनगढी, सव इञ्जिनियर दानबहादुर पछेरा श्रीमती भेट्न नेपालगन्ज, स्टोर किपर छविराज जोशी अत्तरिया, लेखापाल युवराज भट्ट धनगढी, कानुनी परामर्शदाता हर्कबहादुर चन्द कैलालीको चौमाला, पशु सेवा शाखाका प्रमुख तिलमसिंह साउँदा बोगटान, प्राविधिक सहायक चक्र ऐर धनगढी, महिला तथा बालबालिका शाखा प्रमुख चक्रबहादुर कलेल देवली, खानेपानी तथा सरसफाई टेक्निसियन चक्र देउवा धनगढी, असिस्टेन्ट सव इञ्जिनियर दीपेन्द्र खड्का सिलगढी र स्रोत शिक्षक नवराज जोशी पनि घर बिदामा छन्।  

‘सरहरु बिदामा बाहिर गएका छन्,’ सूचना अधिकारी टोपबहादुर चन्दले भने,‘म भने अफिसको कामले धनगढी गएको थिएँ, त्यहाँ काम नभएर पुनः सिलगढी पुगेको छु।’ उनले आफू सामाजिक सुरक्षा भत्ताको कामले धनगढी गए पनि त्यहाँ काम नभएपछि सिलगढी फर्केको बताए। 

असार मसान्तपछि नेताहरु बजेटको पहल कदमी गर्न बाहिर गएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत भट्टले भने,‘कर्मचारीहरु केही काम विशेषले धनगढी तथा नेपालगन्ज गएका छन् भने केही घर बिदामा छन्।’
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस