मेलका बोटमा फले नास्पाती!
०४ साउन २०७८
•
२ मिनेट पाठ
मेलका बोटमा फले नास्पाती!
डोटीको सानागाउँमा मेलका बोटमा कलमी गरेपछि फलेको नास्पाती। तस्बिरः नागरिक
बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बनाउने डोटी सानागाउँका किसान भने अहिले त्यसलाई सम्पत्ती मान्दै जोगाउन थालेका छन्।  




दस वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटमा कलमी गरेर नास्पाती बनाएका थिए। कलमी बनाइएका मेलका बोटमा गत वर्षदेखि नास्पाती फल्न थालेका छन्। बारीका डिलमा दाउरा काट्न प्रयोग हुने मेलमा अहिले नास्पाती फल्न थालेको भन्दै स्थानीय कृषक सिद्धराज जोशीले भने,‘दस वर्षअघि मेलको बोटमा नास्पाती कलमी गरिएको थियो, यसपालि भने फलेर लटरम्मै भएको छ।’  

हिजोसम्म बारीमा ठिङ्गरिङ रहेका मेलका बोटहरु अहिले नास्पाती बनेर फल्न थालेपछि भने सानागाउँका कृषकलाई सम्पत्ती जस्तै प्यारो लाग्न थालेको छ। सानागाउँका कृषकका बारीमा रहेका मेलका बोटलाई कलमी गरी नास्पाती फल्न थालेपछि उनीहरुलाई मेलका बोट सम्पत्ती बनेका हुन्।  

मेलका बोटमा लटरम्म नास्पाती फल्न थालेपछि गाउँमै ४० रुपैयाँ केजीसम्ममा बेचिन थालेको भन्दै स्थानीय अर्का कृषक मंगली खड्काले भनिन्,‘बारीका डिलमा आफै उम्रिएका मेललाई कलमी गरेपछि अहिले नास्पाती बोटभरी लटरम्म फलेका छन्।’ पहिले नास्पाती तराईबाट किनेर खाने गरेको स्मरण गर्दै उनले भनिन्,‘अहिले आफ्नै बारीमा जत्ति पनि नास्पाती छन्।’ मेलका बोटमा नास्पाती फलेपछि बेचेर घरखर्च चल्न थालेको उनले बताइन्। अहिले कृषकहरु मेलको बोटलाई कलमी गरेर नास्पाती फल्न थालेपछि हौसिएका छन्। ‘आफ्नो बारीमा कति मेलका बोट थिए भन्ने  हेक्का समेत नराखेका सानागाउँका कृषकहरु अहिले नास्पाती फल्न थालेपछि भने गन्न थालेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउँदले बताए। उनले भने,‘गाउँमा किसानका बारीमा भएका मेलमा नास्पाती फल्न थालेपछि उनीहरु खुसी छन्।’  

खेर रहेका मेलका बोटहरुलाई दस वर्षअघि नास्पाती कलमी गरेको बताउँदै कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने,‘मेलका बोटमा नास्पाती फल्न थालेपछि कृषकको आयआर्जनमा वृद्धि हुने विश्वास गरिएको छ।’ आफूले दस वर्षअघि मेलका बोटलाई कलमी गरेपछि नास्पाती फल्छ भनेर भन्दा नपत्याएका किसान अहिले भने चकित परेको उनले बताए। ‘म त्यतिबेला तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रमुख रहँदा मेलका बोटमा नास्पाती कलमी गरेको थिएँ,’ निर्देशक जोशीले दस वर्ष अघिको कुरा सम्झँदै भने,‘त्यसबेला मेलमा नास्पाती कलमी गर्दा फल्छ भन्दा किसानले पत्याएका थिएनन्, अहिले फलेपछि भने दंग छन्।’  

आफै उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फलस शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने उनले बताए। उनले भने,‘तर यसको गुणस्तर र प्रमाणिकरण गर्न सके विश्व बजारमा अर्गानिक नास्पाती भनेर ब्राण्ड दिन सकिन्छ।’ दस वर्षअघि डोटीको सानागाउँ र खातीवाडाका किसानका बारीमा उम्रिएका मेलमा नास्पाती कलमी गरिएको थियो भने डोटीकै बुडरस्थित डिलासैनी सामुदायिक वन उपभोक्ता समूहमा रहेको २ हेक्टर जमिनमा आफै उम्रिएको मेलको जंगलमा पनि नास्पाती कलमी गरिएको थियो। अहिले त्यो जंगलमा नास्पाती लटरम्म फलेको छ।
अर्को समाचार
कलमीपछि मेलका बोटमा फले नास्पाती !
०६ साउन २०७८
•
२ मिनेट पाठ
कलमीपछि मेलका बोटमा फले नास्पाती !
बारीका डिलमा उम्रिएका मेलका बोट काटेर दाउरा बाल्ने डोटी सानागाउँका किसान अहिले त्यसलाई सम्पत्ति मान्न थालेका छन्।  




दस वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मेलका बोटलाई कलमी गरेर नास्पाती बनाएका थिए। ती मेलका बोटमा गत वर्षदेखि नास्पाती फल्न थालेका छन्। स्थानीय कृषक सिद्धराज जोशी भन्छन्,‘दस वर्षअघि मेलको बोटमा नास्पाती कलमी गरिएको थियो, यसपालि लटरम्मै फलेको छ।’  

मेलका बोटमा फलेको नास्पाती गाउँमै ४० रूपैयाँ केजीसम्ममा बिक्री हुन थालेको स्थानीय मंगली खड्काले बताइन्। ‘बारीका डिलमा आफैं उम्रिएका मेललाई कलमी गरेपछि अहिले नास्पाती लटरम्म फलेका छन्,’ उनले भनिन्।

पहिले नास्पाती तराईबाट किनेर खाने गरेको स्मरण गर्दै उनले भनिन्, ‘अहिले आफ्नै बारीमा जति पनि छ।’ मेलका बोटमा नास्पाती फलेपछि बेचेर घरखर्च चल्न थालेको उनले बताइन्। मेलको बोटलाई कलमी गरेर नास्पाती फल्न थालेपछि कृषक हौसिएका छन्। ‘आफ्नो बारीमा कति मेलका बोट थिए भन्ने हेक्का समेत नराखेका सानागाउँका कृषकले नास्पाती फल्न थालेपछि गन्न थालेको पूर्वीचौकी गाउँपालिकाका कृषि सेवा केन्द्र प्रमुख उदयराम साउँदले बताए।  

मेलका बोटलाई दस वर्षअघि नास्पाती कलमी गरेको जानकारी दिँदै कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले भने, ‘मेलका बोटमा नास्पाती फल्न थालेपछि कृषकको आय वृद्धि हुने विश्वास गरिएको छ।’ आफूले दस वर्षअघि मेलका बोटलाई कलमी गरे नास्पाती फल्छ भन्दा नपत्याएका किसान अहिले चकित परेको उनले बताए। ‘म त्यतिबेला तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रमुख रहँदा मेलका बोटमा नास्पाती कलमी गरेको थिएँ,’ निर्देशक जोशीले दस वर्षअघिको कुरा सम्झँदै भने, ‘त्यसबेला मेलमा नास्पाती कलमी गर्दा फल्छ भन्दा किसानले पत्याएका थिएनन्, फलेपछि दंग छन्।’  

आफैं उम्रिएका मेलका बोटलाई कलमी बनाउँदा यसबाट फल्ने फल शुद्ध अर्गानिक भएकाले विश्व बजारमै राम्रो बजार पाउन सक्ने उनले बताए। उनले भने, ‘तर यसको गुणस्तर र प्रमाणीकरण गर्न सके विश्व बजारमा अर्गानिक नास्पाती भनेर ब्रान्डिङ गर्न सकिन्छ।’ दस वर्षअघि डोटीको सानागाउँ र खातीवाडाका बारीमा उम्रिएका मेलमा नास्पाती कलमी गरिएको थियो भने डोटीकै बुडरस्थित डिलासैनी सामुदायिक वन उपभोक्ता समूहमा रहेको २ हेक्टर जमिनमा आफैं उम्रिएको मेलको जंगलमा पनि नास्पाती कलमी गरिएको थियो। अहिले त्यो जंगलमा नास्पाती लटरम्म फलेको छ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४१ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस