पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर
२९ असार २०७८
•
३ मिनेट पाठ
पहिलोपटक फ्लाइओभर बनाउन टेन्डर
सरकारले पहिलोपटक कोटेश्वर–कंलकी सडक खण्डको ग्वार्काेमा फ्लाइओभर निर्माण गर्ने भएको छ। सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्काे चोकमा फ्लाइओभर निर्माणको लागि सोमबार टेन्डर आह्वान गरेको हो। फ्लाइओभर निर्माणमा सहभागी हुने ठेकेदार कम्पनीले आगामी साउन २६ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्।  




तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा कंलकी–कोटेश्वर सडक खण्डको विभिन्न तीन ठाउँमा फ्लाइओभर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेका थिए।  

अर्थमन्त्रीले चालु आर्थिक वर्षको बजेटमा समावेश गरेकोमध्ये एउटा मात्रै खण्डमा फ्लाइओभर निर्माणको लागि टेन्डर आह्वान भएको हो। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले ग्वार्काे चोकको फ्लाइओभर (ओभरपास) इन्जिनियरिङ प्रोक्योरेमेन्ट कन्सट्रक्सन (इपिसी) मोडलमा बनाइने बताए।

‘चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएको योजनालाई मूर्त रूप लिन टेन्डर आह्वान गरिएको हो,’ उनले भने, ‘फ्लाइओभर नेपालकै पहिलो परियोजना हो। फ्लाइओभरभन्दा पनि ओभरपास निर्माण गर्न लागिएको हो।’ महानिर्देशक थापाले पूर्वाधार विकासमा फ्लाइओभरको निर्माणले ठूलो अर्थ राख्ने दाबी गरे।  

‘विदेशी मुलुकमा पर्याप्त मात्रामा फ्लाइओभर बने पनि नेपालमा अहिलेसम्म बनेको छैन। त्यसैले पनि नेपाली इन्जिनियर तथा नेपाली जनताको लागि फ्लाइओभर सपना निकै ठूलो देखिएको छ,’ उनले भने, ‘फ्लाइओभर निर्माणले नेपालको पूर्वाधार क्षेत्रमा ठूलो फड्को पार्ने अपेक्षा राखेका छौं।’  

केन्द्रले करिब ३० करोड लागतमा फ्लाइओभर निर्माण हुने जनाएको छ । सडक विभागका अनुसार ग्वार्काे चोकमा बन्ने फ्लाइओभर चक्रपथको चारैतर्फ फैलिनेछ। यो फ्लाइओभर करिब पाँच सय मिटर लम्बाइको हुनेछ।  

विभागले ठेकेदार कम्पनीले चार महिनाभित्र डिजाइन तयार पारेर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। महानिर्देशक थापाले एकान्तकुना र सातदोबाटो सडक खण्डमा पनि दुईवटा फ्लाइओभरको टेन्डर आह्वान गर्ने तयारी भइरहेको जनाए। तत्कालीन अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७७/७८ को बजेटमा काठमाडौंको तीनकुने–कोटेश्वर–जडीबुटी खण्डमा सम्भाव्यता अध्ययन पूरा गरी फ्लाइओभर र सुरुङमार्ग निर्माण प्रारम्भ गर्ने घोषणा गरेका थिए। तर कोभिड–१९ का कारण दातृ निकायका टोली नआउँदा फ्लाइओभरको पूर्वसम्भाव्यता अध्ययन कार्यले गति लिन सकेको छैन।  

चालु आवकै बजेटमा तत्कालीन अर्थमन्त्री खतिवडाले बानेश्वरमा अन्डरपास र त्रिपुेश्वरदेखि माइतीघरसम्म सवारी सहज गर्न उपयुक्त विकल्प पहिचान गरी निर्माण कार्य सुरु गर्न बजेट व्यवस्था गरेको बताएका थिए। तर घोषणा गर्ने, कार्यान्वयन नगर्ने प्रवृत्तिले त्यो कागजमा मात्रै सीमित छ। सडक विभागका महानिर्देशक थापा दातृ निकायले आश्वासन दिने, काम नगर्ने कारणले अन्डरपास तथा फ्लाइओभरको काम प्रभावित भएको दाबी गर्छन्। ‘दातृ राष्ट्रसँग कुराकानी हुन्छ, सकारात्मक ढंगले नै अघि बढेपछि बजेट तथा नीति तथा कार्यक्रममा पनि समावेश गरिन्छ,’ उनले भने, ‘दुवै पक्षबीच केमा कुरो मिल्दैन, अनि रोकिन्छ।’  

महानिर्देशक थापा कोभिड महामारीले गर्दा पनि दातृ निकाय आएर फ्लाइओभर र अन्डरपासको अध्ययन गर्न समस्या भएको बताउँछन्। अहिले ग्वार्काेमा निर्माण हुन लागेको फ्लाइओभरको सम्भाव्यता अध्ययन नेपाली कम्पनीले नै गरेका हुन।

आर्थिक वर्ष ०७६/७७ को बजेटमा पनि नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाइओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण प्रारम्भ गरिने भनिएको थियो। तर त्यसो भनेको दुई वर्ष बित्दासमेत कामको सुरसार छैन। पूर्वअर्थमन्त्री खतिवडाले आर्थिक वर्ष ०७७÷७८ को बजेटमा फेरि पनि काठमाडौं कलंकी खण्डको तीन स्थानमा नेपालमै पहिलोपटक फ्लाइओभर निर्माण गर्ने घोषणा गरे। उपत्यकामा सवारी साधनको अत्यधिक चाप भएसँगै धेरै स्थानमा फ्लाइओभर आवश्यक भइसकेको छ।

त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वर, कोटेश्वर, चाबहिल, महाराजगन्ज, सहिदगेट, भद्रकाली, रत्नपार्क, कालीमाटी, गौशाला, पुरानो बसपार्क, गोंगबु, ग्वार्कोे, सातदोबाटो, एकान्तकुना, जडीबुटी लगायत स्थानमा फ्लाइओभर आवश्यक देखिएको छ। 
अर्को समाचार
सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण
१७ साउन २०८०
•
२ मिनेट पाठ
सुरु भएन सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण
ग्वार्कोमा सँगसँगै पूर्वसम्भाव्यता अध्ययन भएका थप दुई चोकमा ‘फ्लाइओभर’ निर्माण अघि बढ्न सकेको छैन।




सडक विभागले ग्वार्को चोकसँगै सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरेको थियो। ती दुई स्थानमा रकम सुनिश्चित हुन नसकेकाले निर्माण अघि बढाउन नसकिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर बनाउन सम्भाव्यता अध्ययन भइसकेको भए पनि तत्काल निर्माण अघि बढ्ने नदेखिएको केन्द्रका इन्जिनियर रवीन्द्र श्रेष्ठले बताए। उपत्यकामा ग्वार्कोसँगै दुई चोक गरी जम्मा तीन चोकमा अध्ययन भएको थियो। 

“पहिलो चरणमा ग्वार्को चोकमा निर्माणमा गरिएको हो अब दुई ठाउँमा पनि निर्माण गर्नुपर्छ।” उनले भने।

यी दुई चोकमा फ्लाइओभर निर्माणका लागि अर्थ मन्त्रालयबाट सहमति मागिएको उनले बताए। सहमति भएमा ठेक्का यही वर्ष पनि ठेक्का हुनसक्ने उनले बताए।

यी दुवै चोकमा प्रारम्भिक अध्ययन भइसकेको भए पनि विस्तृत अध्ययन हुन बाँकी छ। ग्वार्को चोकमा जस्तै त्यसमा पनि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन ९इपिसी० मोडलबाट अध्ययन हुने इन्जिनियर श्रेष्ठले बताए। यो विधिबाट ठेक्का गर्दा डिजाइन निर्माण कम्पनीले गर्ने उनले जानकारी दिए।

संरचना निर्माणका लागि गत वर्ष नै विभागले बजेट सहमतिका लागि अर्थ मन्त्रालय पठाएको थियो। त्यहाँबाट स्वीकृत नभएकाले गर्न नसकिएको र यो वर्ष हुनसक्ने उनको भनाइ छ। विभागले एकान्तकुना र सातदोबाटोमा दुवै चोकमा एकसाथ निर्माण गर्ने गरी रकम माग गरेको उनको भनाइ छ। उनले भने, “एउटै वा दुवै निर्माण गर्ने भन्ने बजेट जसरी विनियोजन हुन्छ त्यसरी नै गरिनेछ।”

सरकारले चालु आर्थिक वर्षको बजेटमा ग्वार्को फ्लाइओभर सम्पन्न गर्नेसँगै एकान्तकुना, सातदोबाटो र बानेश्वरमा ‘फ्लाइओभर’, ‘अन्डरपास’ निर्माण गर्ने उल्लेख छ। अहिले बानेश्वरमा ‘अन्डर पास’ निर्माणका लागि केन्द्रले सम्भाव्यता अध्ययन गरिरहेको छ।

अध्ययन सकिएर बजेटको विषयमा कुरा हुने उनले बताए। बानेश्वरमा अहिले तत्काल निर्माणमा जाने योजना बनिनसकेको उनको भनाइ छ। चीन सरकारको सहयोगमा खसीबजारबाट कलङ्कीमा निर्माण भएको जस्तै नै ‘अन्डर पास’ निर्माण गरिने योजना रहेको छ। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस