नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन बोर्ड गठन प्रक्रियाप्रति आपत्ति जनाएको छ। लोक कल्याणकारी विज्ञापन शब्दमा टेकेर सबै सरकारी विज्ञापनलाई एकद्वार प्रणालीमा ल्याउन ऐनमा विवादास्पद दफा खडा गरी पुनः विज्ञापन व्यवसायलाई शाही कालमा जस्तै भागबन्डा, मनोमानी प्रणालीतिर लैजान खोजिएको आनले आनको छ।
नियामक निकाय नै विज्ञापन वितरक तथा कारोबारीका रूपमा प्रस्तुत हुन खोज्दा भविष्यमा यसले ठूलो जटिलता निम्त्याउन सक्ने विज्ञप्तिमा उल्लेख छ। बोर्डको गठन तथा पुनर्गठन हुँदा समेत विज्ञापन व्यवसायका विज्ञलाई स्थान दिनुको सट्टा संघको संस्थागत प्रतिनिधित्वलाई समेत अस्वीकार गर्दै कार्यकर्ता भर्तिकेन्द्र बनाउन खोजिएको भन्दै आनले यस गठन प्रक्रियाबाट विज्ञापन व्यवसायको प्रवद्र्धन, विकास, विस्तार र व्यवस्थित हुन्छ भन्नेमा आम विज्ञापन व्यवसायीमा गम्भीर आशंका उत्पन्न भएको जनाएको छ।
विज्ञापन क्षेत्रको मर्म र औचित्य बुझेका विज्ञको सहभागिता हुनुपर्नेमा अन्य क्षेत्रको प्रतिनिधित्वले विज्ञापन क्षेत्रलाई अस्तव्यस्त बनाउने र क्रमशः अधोगतितिर लैजाने भन्दै आनले आपत्ति जनाएको छ। ‘अमुक सञ्चार माध्यमका सञ्चालकहरूको प्रतिनिधित्वले आम विज्ञापन व्यवसायको प्रतिनिधित्व हुन्छ भन्ने सरकारको बुझाइ गलत छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विज्ञापन व्यवसायको बहुआयामिक विशेषता हुने भएको हुँदा यस क्षेत्रको बोर्डमा सहभागिता हुनु अनिवार्य हुन्छ।