स्थानीय तहको बजेटः नयाँ योजना र कार्यक्रम नगन्य
१३ असार २०७८
•
४ मिनेट पाठ
स्थानीय तहको बजेटः नयाँ योजना र कार्यक्रम नगन्य
कोभिड–१९ को महामारी चलिरहेका बेला स्थानीय सरकारले नयाँ भन्दा पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै आउँदो आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। केही स्थानीय तहले चाहिँ चुनौती झेलेर नयाँ कार्यक्रम ल्याएका छन्। तर, ज्यादै थोरै संख्यामा।  




स्थानीय तह गठन भएको करिब ३ वर्ष नयाँ कार्यक्रम र योजना ल्याउन स्थानीय सरकारबीच प्रतिस्पर्धाझैं चलेको थियो। तर, आउँदो वर्षका लागि ल्याइएको बजेटमा नयाँ योजना र कार्यक्रम नगन्य छन्। सबै स्थानीय तहले पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन्।  

असार ५ मै साढे ८५ करोड रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गरेको देउमाई नगरपालिकालाई नगरसभाले ‘अपांगमैत्री’ घोषणा गर्‍यो। अपांगता भएर पनि भत्ता नपाउने पहेंलो कार्ड भएका व्यक्तिलाई नगरले मासिक ५ सय रुपैयाँ भत्ता व्यवस्था गरेको छ। नगरले तेस्रोलिंगी र ४५ वर्षभन्दा माथिका अविवाहित व्यक्तिलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने कार्यक्रम ल्याएको छ। कोभिड संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने र सिद्धिथुम्काको खान्द्रुङ माध्यमिक विद्यालयमा विज्ञान पठनपाठनको कार्यक्रम ल्याएको नगरले जनाएको छ।  

मेयर सूर्य पोख्रेलले आउँदो वर्षलाई नयाँ कार्यक्रमको संख्या बढाउनेभन्दा पुरानैलाई निरन्तरता दिएको बताए। ‘एकातिर कोभिड–१९ को महामारी छ, अर्कातिर नगरमा निरन्तरता दिनुपर्ने धेरै योजना छन्,’ उनले भने, ‘त्यसैले आउँदो वर्षलाई नयाँ योजना थोरै छन्, पुराना धेरैलाई निरन्तरता दिइएको छ।’

जिल्ला सदरमुकामसमेत रहेको इलाम नगरपालिकाले आउँदो वर्षका लागि १ अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट पारित गरेको छ। नगरले आउँदो वर्षदेखि कृषि क्याम्पस सञ्चालन गर्ने भएको छ। स्नातक तह (बिएस्सी) एग्रिकल्चर पढाइ हुने क्याम्पसका लागि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिने प्रक्रिया सुरु भएको नगरले जनाएको छ। पर्यटन प्रवर्द्धनका लागि पुवाखोलामा बञ्जी जम्प निर्माण गर्ने नयाँ योजना ल्याइएको छ। कृषि क्षेत्रको उन्नति र विकासका लागि नगरले ‘१ वडा १० कृषि स्नातक’ कार्यक्रम पनि ल्याएको छ।  

मेयर महेश बस्नेतले नगरको दायित्व धेरै भएपनि स्रोत कम भएको बताए। ‘तर, कोभिड महामारी जारी नै रहेपनि नागरिकमा आशा सञ्चार गर्नेखालको नीति, कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘नयाँ कार्यक्रम थोरै भएपनि पुरानाकै निरन्तरताले इलाम नगरलाई आउँदो वर्ष एउटा खुट्किलो माथि पुर्‍याउने आशा छ।’  

पूर्वीपहाडकै ठूलो सूर्योदय नगरपालिकाले १ अर्ब २९ करोड ९१ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम ल्याएको छ। मेयर रणबहादुर राईले कृषि, पर्यटन र पूर्वाधार बजेट केन्द्रित रहेको बताए। ‘ऐतिहासिक करफोक विद्यामन्दिरलाई नगरको शान बनाउने लक्ष्यअनुसार आउँदो वर्षमै ४ करोड रुपैयाँभन्दा बढी लगानी गरिनेछ,’ उनले भने, ‘भौतिक र शैक्षिक सुधार गरी करफोकलाई नगरका सबै विद्यार्थीको आकर्षणको केन्द्र बनाइनेछ।’ आउँदो आर्थिक वर्षमा गुरुयोजनाअनुसार नगरका १ सय ५८ वडास्तरीय र नगरस्तरीय सडक स्तरोन्नति/कालोपत्रे गर्ने योजना रहेको उनले जनाए। नगरले यसअघि सुरु भएका ठूलो लगानीका महत्वपूर्ण योजनालाई निरन्तरता दिएको जनाएको छ।  

माई नगरपालिकाले आउँदो वर्ष स्नातक तहसम्मको शिक्षा नै निःशुल्क गरेको छ। स्थानीय गरुवा बहुमुखी क्याम्पसलाई नमुना क्याम्पस बनाउँदै यहाँ अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क शिक्षा दिने नगरले जनाएको हो। वार्षिक २ सय मन (प्रतिमन ४० किलो) धान तथा १ सय मन मकै उत्पादन गर्ने किसानलाई २० हजार नगदसहित पुरस्कृत गर्ने र सजिवनलाई पकेट क्षेत्र बनाएर खेती प्रवर्द्धन गर्ने कार्यक्रम पनि नगरको छ। मेयर दीपक थेबेले पशु र बाली बिमाको कार्यक्रम पनि ल्याएको जनाए। नगरले आउँदो वर्षका लागि ६७ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको छ।  

सन्दकपुर गाउँपालिकाले ४० करोड ४६ लाख रुपैयाँको बजेट ल्याउँदा खासै नयाँ योजना र कार्यक्रम नराखेको अध्यक्ष उदय राईले बताए। ‘यो वर्ष नयाँ योजना र कार्यक्रमको प्रस्ताव नै आएन,’ उनले भने, ‘पुराना योजना नै सञ्चालन गरी अघि बढ्छौं।’  

चुलाचुली गाउँपालिकाले ४८ करोड ५१ लाख रुपैयाँको बजेट ल्याउँदा कृषिलाई प्राथमिकता दिएको छ। अध्यक्ष प्रदीपचन्द्र राईले किसानलाई सहयोग गरी खाद्यान्न उत्पादन बढाउने कार्यक्रममा जोड दिएको बताए। माङसेबुङ गाउँपालिकाकाले ४० करोड ५१ लाख र माइजोगमाई गाउँपालिकाले ४६ करोड ८ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम ल्याएका छन्। यो वर्ष कोरोना महामारीको चपेटामा परेका कारण नयाँ योजना र कार्यक्रम ल्याउन नसकेको जनप्रतिनिधि बताउँछन्। 

चालू वर्षमा कोरोनाका कारण दर्जनौं योजना र कार्यक्रम स्थगित गरेका स्थानीय तहले तिनै योजना कार्यान्वयनमा आउँदो सालको बजेट लगानी गर्दैछन्।
अर्को समाचार
हिमालयन क्यापिटलको नयाँ योजना
२९ पौष २०७८
•
१ मिनेट पाठ
हिमालयन क्यापिटलको नयाँ योजना
हिमालयन क्यापिटल लिमिटेडले नयाँ वर्षको अवसरमा विशिष्टकृत लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ।




कम्पनीले नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन अल्फा र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन सिग्मा नामक लगानी व्यवस्थापन योजना विकास गरेको  जनाएको छ।

हिमालयन अल्फा योजनामा ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई सोही अवधिमा नेप्सेले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, हिमालयन सिग्मा योजनामा ग्राहकको लगानीमा वार्षिक रूपमा सिर्जना गरेको प्रतिफललाई लगानीकर्ताले सुरुमा हस्तान्तरण गरेको धितोपत्रको पोर्टफोलियोले प्रदान गरेको प्रतिफलसँग तुलना गरिने जनाइएको छ ।
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस